आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनको लागि जासुसी गरेको भन्दै भारतले नेपाली नागरिकलाई पक्राउ गर्‍यो

प्रकाशित
663
SHARES

काठमाडौं। दिल्ली पुलिसले चीनको लागि जासुसी गरेको र भारतको गोप्य सूचना चीनलाई दिएको आरोपमा एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । यसअघि दिल्ली पुलिसले शुक्रबार एक स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको बताएको थियो । पुलिसले शर्मासँग अत्यन्तै संवेदनशील दस्तावेज पाइएको जनाएको थियो ।

पुलिसले शनिबार यही केसमा एक नेपाली नागरिक र एक चिनियाँ महिलालाई पनि पक्राउ गरिएको जानकारी दिएको हो ।शुक्रबार बेलुका पुलिसले पितमपुरामा बस्ने पत्रकार राजीव शर्मालाई चीनको लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको बताएको थियो ।

पुलिसले तीनै जना विरुद्ध आधिकारिक गोपनीयता सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गरेको दिल्ली पुलिसको विशेष सेलका डिसीपी संजीव कुमार यादवले बताएका छन्। विशेष सेलले चीनको इन्टेलिजेन्सलाई संवेदनशील सूचना पुर्याइरहेका स्वतन्त्र पत्रकार राजीव शर्मालाई पक्राउ गरेको छ ।

एक चिनियाँ महिला र उनका नेपाली सहयोगीलाई उनी उनलाई ठूलो रकम दिएको पाइएपछि पक्राउ गरिएको छ । चिनियाँ इन्टेलिजेन्सले ती पत्रकारलाई ठूलो रकमको बदलामा संवेदनशील जानकारी दिनको लागि अटाएको थियो । ठूलो संख्यामा मोवाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामग्रीहरु पनि बरामद भएको छ’ यादवले भने ।

पुलिसका अनुसार शर्मा सेप्टेम्बर १४ मा संवेदनशील दस्तावेजको साथमा पक्राउ परेका थिए । शर्मालाई सेप्टेम्बर १५ मा अदालतमा उपस्थित गराइएको थियो । अदालतले उनलाई थप अनुसन्धानको लागि ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनले जमानतको लागि दिएको निवेदनमाथि सेप्टेम्बर २२ मा सुनुवाइ हुँदैछ । शर्माले यसअघि एक समाचार एजेन्सी र पंजाबबाट संचालिन एक अंग्रेजी दैनिकमा काम गरेका थिए ।

यसै गरि , न्यूयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चीनका लागि जासुसी गरेको आरोप  छ।

न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारीलाई चीनको सुराकी बनेको अभियोग लागेको छ। तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधिबारे चिनियाँ पक्षलाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ।

उनले तिब्बती समुदायभित्र पनि गुप्त सूचनाको सम्भावित स्रोतको मूल्याङ्कन गर्न सघाएको बताइएको छ। यी अङ्गीकृत अमेरिकी नागरिक सोमवार पक्राउ पर्नुअघि न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत थिए। दोषी ठहरिएमा उनलाई ५५ वर्षसम्मको जेल सजाय हुनसक्छ।

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए। उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्।

उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ। उनले न्यूयोर्क प्रहरीका वरिष्ठ अधिकारीहरूलाई औपचारिक कार्यक्रमहरूमा निम्त्याउनेगरी पहुँच बनाएको बताइएको छ।अदालतमा प्रस्तुत विवरणमा भनिएको छ: “आन्वाङले आफ्ना चिनियाँ परिचालकसँग आफू न्यूयोर्क प्रहरीभित्र बढुवा हुन खोजेको र त्यसले गर्दा उनले चीनलाई सहयोग गर्दै देशको ‘प्रतिष्ठा’ राख्न सक्ने बताएका थिए।”

उनले गलत कुरा भनेको र औपचारिक कामकारबाहीमा बाधा पुर्‍याइएको बताइएको छ। अदालतमा प्रस्तुत कागजपत्रमा उनले जनगणतन्त्र चीनबाट पठाइएको उल्लेख्य रकम धेरै चोटि लिएको उल्लेख छ। न्यूयोर्क प्रहरीका आयुक्तले एउटा विज्ञप्तिमा भनेका छन्, “उजुरीमा भनिए जस्तै बाइम्दाजी आन्वाङले देशका लागि लिएका सबै शपथको उल्लङ्घन गरेका छन्।

त्यो अमेरिकाको लागि मात्र नभएर अमेरिकी सेना र न्यूयोर्क प्रहरीविरुद्ध पनि हुनेछ।” उनी तिब्बतमा जन्मिएका थिए।मुख्य रूपमा बौद्धमार्गीहरूको विकट भूभाग तिब्बतमा चीनले स्वशासित क्षेत्रको रूपमा शासन गर्छ।बेइजिङले त्यहाँ उल्लेख्य विकास भएको दाबी गर्ने गरेको छ।

तर अधिकारवादी समूहहरू त्यहाँ बेइजिङले राजनीतिक र धार्मिक दबावहरू दिने गरेको आरोप लगाउँदै चीनले मानव अधिकार हनन जारी राखेको दाबी गर्छन्। तर चीनले त्यस्ता आरोपपहरू खण्डन गर्दै आएको छ।

प्रतिक्रिया