आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गैंडाकाेटमा बस र ट्रक ठाेकिए, तीन जनाकाे मृत्यु, २४ जना घाइते

प्रकाशित
877
SHARES

काठमाडौं।  नवलपुरको गैंडाकोटमा यात्रु बोकेको बस र ट्रक एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आएको ना ६ ७१२६ नम्बरको ट्रक मंगलबार विहान गैंडाकोटको २३ स्मृति पुल नजिकै ठोक्किएका हुन्।

मंगलबार विहान चार बजेतिर उक्त दुर्घटना भएको हो। बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन। घाइतेको भरतपुरमा उपचार भइरहेको छ।

यसै गरि, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् । सो दुर्घटनामा परि बसका चालक स्याङ्जा जगतदेव घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका बस्ने ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको प्रहरी उपरीक्षक तीलक भारतीले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएको न्यौपानेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइए पनि उपचारका क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुपनी र जिल्ला प्रहरी कार्यालय सप्तरी तथा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरीको टोली घाइतको उद्धारमा खटिएको थियो ।

काँकडभिट्टाबाट पश्चिम भैरहवातर्फ जाँदै गरेको लु१ख ८२१४ नंको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना८ ख५९०३ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । दुर्घटनाका कारण भने खेलेको छैन ।

 

प्रतिक्रिया