आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मर्यादापालकलाई टोक्ने सांसद् को हुन् , के हुन्छ अब ?

प्रकाशित
438
SHARES

काठमाडौ। शुक्रबार प्रतिनिधिसभामा एक सांसदले संसदभित्रै आन्दोलनका क्रममा एक मर्यादापालकलाई टोकेका छन्। तीन दिन भइसक्दा पनि कुनै पनि सांसदले ती मर्यादापालकलाई मैले टोकेको हो भनेका छैनन् । एक सांसदले मर्यादापालकको हात तोकेको तस्विर भाइरल भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गरिरहेका बेला सभामुख अग्निप्साद सापकोटाले संसद बैठक चलाएपछि त्यही रिसमा एमाले सांसदहरु आक्रोशित भएका थिए । गत बुधबारबाट सुरु भएको प्रतिनिधिसभा बैठक एमालेका सांसदले लगातार ३ दिनदेखि अवरोध गर्दै आएका छन् ।

एमालेले प्रतिनिधिसभाका निर्वाचित ६ र समानुपातिक ८ गरी १४ जना सांसदलाई पार्टीको ह्वीप उल्लंघन गरेको र पार्टीविरोधी गतिविधि गरेको भन्दै कारबाहीका लागि सभामुखलाई सिफारिस गरेको थियो । सभामुखले यो प्रक्रिया अघि नबढाएपछि एमाले रुष्ट भएको छ ।

एमालेले ती सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको विरुद्धमा आवाज उठाइरहेको छ । एमालेले कारबाही नभएसम्म संसद चल्न नदिने समेत चेतावनी दिएको छ । एमालेले कारबाही गर्ने भनेका ती सांसदहरुले भदौ ९ गते नेकपा ९एकीकृत समाजवादी० गठन गरिसकेका छन्।

एमालेले सभामुखले संसदीय मर्यादा कायम गर्न नसकेको, पार्टी फुटाउने काम गरेकोलगायतका आरोप सभामुखलाई लगाएको छ । एमालेको निरन्तर अवरोधका बीच सभामुखले संसद चलाइरहेका छन् । आइतबारको बैठकमा नियमित कार्यसूचीमा प्रवेश हुन पाएन ।

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बोलाइएको छ । दलहरुबीच द्धन्द्ध भएर संसद चल्न नसकेपछि सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिय तर सहमति जुट्न सकेन।

यसै गरि , पछिल्लो १, २ दिन यता संसदमा रमिता देखिदैं आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा उठाएको विषयलाई खासै वास्ता नगरिएपछि सभामुख सापकोटालाई ठूलो झड्का लागेको हो । एमालेले गरिरहेको अवरोधका बिषयमा सभामुख अग्नी प्रसाद सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकमा उनले अनेक कुरा सुन्नुपरेको खबर छ ।

एमालेलाई पेलेरै तह लगाउँछु भनेर अघि बढेका सभामुख अग्नी सापकोटलाई आजको बैठक सुखद हुन सकेन । बैठकमा सहभागी अधिकांश नेताहरुले सापकोटालाइ एमाले सँग मिलेर र संवाद गरेर नै समस्याको समाधान खोज्न सुझाव दिएका छन् ।

जे पर्छ पर्छ पेलेरै जाने भन्ने पक्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल रहे पनि आज उनीहरुले पनि खुलेर त्यसो भन्न सकेनन् । प्रचण्ड र नेपालले नै आज सभामुख सापकोटाको त्यो लाइन छाडेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतले एमाले सँग मिलेरै जानुपर्नेमा जोड दिएका थिए । राजनीतिक दलका नेताहरूले संसदको गतिरोध अन्त्य प्रमुख प्रतिपक्षी नेकपा ९एमाले लाई मनाउन अझै पहल गर्न सुझाव दिएका छन् ।

एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए । बानेश्वरमा बसेको बैठकमा एमाले भने उपस्थित भएन । एमालेलाई मनाउन राखिएको बैठकमा एमाले नै नआएपछि निष्कर्षमा पुग्न नसकिने भन्दै अझै पहल गर्न नेताहरूले सुझाव दिएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।

‘प्रतिपक्षी नेताहरू नै नआइदिएको हुनाले यो निष्कर्षमा पुग्न सकिदैन भन्ने सुझाव नेताहरूको थियो,’ पौडलेले बैठकबारे जानकारी गराउँदै पत्रकारहरुमाझ भनिन्, ‘फेरि प्रतिपक्षी नेतालाई बोलाएर बैठक राख्न सभामुखलाई अनुरोध गरियो ।’ बैठकमा एमालेलाई बैठकमा बोलाउन गरिएको प्रयत्नबारे सभामुख र कानूनमन्त्रीले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका थिए।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका राजेन्द्र लिंदेनलगायत उपस्थित थिए ।

यसै गरि , प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीबारे सभामुखले सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्नुपर्ने बताएको छ । सभामुखले जहाँबाट गल्ती गरेका हुन्, त्यहीँ फर्केर सच्याउनुपर्ने एमालेको ‘बटम लाइन’ छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । यद्यपि सभामुखलाई पत्र पठाएर एमालेले रेस्पोन्स गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले रातोपाटीलाई बताए ।

संचारकेन्द्र संग  संक्षिप्त कुराकानीमा एमाले नेता ज्ञवालीले भने, ‘हामीले उहाँहरूलाई रेस्पोन्स नगरेको होइन, पत्रै पठाएका छौँ । कि सूचना टाँस्नुस्, हैन भने अब मार्ग प्रशस्त गर्नोस् भनेर पत्र पठाएका छौँ ।’ सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको हुनाले प्रतिपक्षको विश्वास टुटेको ज्ञवालीले बताए ।

संसद्को सबैभन्दा ठुलो दल एमालेलाई पेलेरै अघि बढ्न खोजेको हो भने अघि बढेर देखाए हुन्छ भन्ने चेतावनीको भाषामा प्रवक्ता ज्ञवालीले भने, ‘प्रतिपक्षविनै सदन चलाउँछु भन्ने हो भने चलाएर देखाए भयो, यसमा हामीलाई केही भन्नु छैन।

प्रतिक्रिया