आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुख सापकोटालाई एमालेको दुई सर्त- पदबाट राजीनामा वा सूचना टाँस

प्रकाशित
460
SHARES

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई दुई वटा सर्त राखेको छ । नेकपा एमालेले १४ सांसदको कारबाहीको सूचना टाँस्नुपर्ने या सभामुखले मार्गप्रशस्त गरिदिनुपर्ने शर्त राखेका छन् ।

सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाृको भएपनि नेकपा एमाले सहभागी नहुने जानकारी गराइसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । अबैध दल नेकपा एस सहभागिता हुने बैठकमा भाग नलिने जानकारी गराइसकेको भट्टराईले बताउनुभयो।

यसै गरि, नेकपा एमालेले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध दायर गरेको रिटमा आज दुबै पक्षको छलफल हुँदैछ ।सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध एमालेले दायर गरेको रिट निवेदनको गत भदौ २२ मा प्रारम्भिक सुनुवाइपछि छलफलका लागि दुबै पक्षलाई आज बोलाउने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले आदेश दिएको थियो ।

आज सो मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुनेछ । अदालतले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेको मिले वा नमिलेको विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो ।

गत भदौ २२ को आदेशमा विपक्षीहरुको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेशी तोक्न भनिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले भदौ १६ गते सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

एमालेले १४ जना आफ्ना दलका प्रतिनिधिसभा सदस्यलाई गत साउन २५ को निर्णयले निष्काशन गरेको र कार्यान्वयका लागि सङ्घीय संसद् सचिवालयमा भदौ १ गते सूचना तथा निर्णय दर्ता गराइएकोमा कानून बमोजिम गर्नुपर्ने कार्य नगरेको रिट निवेदनमा उल्लेख छ ।

दलले निष्काशन गरेका दुई लुम्बिनी प्रदेशसभा सदस्य बिमलाकुमारी खत्री वली र अजय शाहीलाई यथावत राख्ने गरी भएको निर्णय बदर गरी गैरकानूनी कार्य नगर्न परमादेशको आदेशको माग गरिएको छ ।

यसै  गरि , संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ। प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि हिजोको बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलिसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहनु भएको हो । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो साढे २ बजे नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बस्नेछ ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरी सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गर्दै आएको छ । भदौ २३ गते सुरु भएको संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

कारबाही सिफारिस गरिएका १४ जना सांसदमाथि कारबाही हुनु पर्ने एमालेको अडान छ । सभामुखले कारबाही प्रक्रिया रोकिदिँदा उनीहरु एमालेबाट फुटेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका छन् ।

सभामुख अग्नि सापकोटाले अवरुद्ध संसद बैठक खुलाउन बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा सोमबार झण्डै साढे २ घण्टा बसेको बैठकमा प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकमा कुनै सहमति नजुटेको नेताहरुले बताएका छन् । बैठकमा नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव समेत दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको बताए । ‘कुनै निचोडमा पुगेको छैन । यो सभामुख र प्रमुख प्रतिपक्षको कुरा हो, उहाँको उपस्थितिबिना कुनै परिणाम आउदैन’ अध्यक्ष ठाकुरले भने, ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् । ‘उहाँ सभामुखले प्रयास गर्दै हुनुुहुन्छ । उहाँले त्यहीँ भन्नुभएको छ । प्रतिपक्ष नै नआएसम्म निष्कर्षमा पुगिँदैन भन्ने नै रह्यो ।

त्यही भएर प्रतिपक्षलाई समेत सहभागी गराएर बैठक गर्न अनुरोध गरेका छौ’, पौडेलले सहभागी राजनीतिक दलका प्रतिनिधिले दिएको सुझावबारे बताइन् । उनले बैठकअघि सभामुख र कानुन मन्त्रीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा सो पार्टीका अध्यक्षले नै आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको सभामुखले ब्रिफिङ गरेको पनि जानकारी दिइन् ।

उनले बैठकमा सहभागी दलका नेताहरुले सदनलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न प्रतिपक्ष सहभागी हुनैपर्ने भन्दै कानुन अनुसार नेकपा एकीकृत समाजवादी गठन भएकाले समाजवादी पार्टी सहभागी बैठकमा आउँदिन भन्नु हठ र इगोमात्रै भएको प्रतिक्रिया दिइन् ।

‘सदनमा प्रतिपक्षको मुख्य भुमिका हुन्छ । छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । कानुन अनुसार एकीकृत समाजवादी बनेको अवस्थामा हठ र इगो लिएर प्रतिपक्षको भुमिका निश्कृय गराउन मिल्दैन । विधि प्रक्रिया अनुसार जानुपर्छ र निकास दिनुपर्छ’, बैठकपछि पौडेलले भनिन् ।

प्रतिक्रिया