आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओली भन्दा झन् कडा बनेर निस्किइन् कोमल वली, हल्लियो खुमलटार

प्रकाशित
514
SHARES

काठमाडौँ । एमालेकी सांसद कोमल वली नेकपा एमालेका अध्यक्ष केपी ओली भन्दा झन् कडा बनेर निस्किएकी छन् । उनले आजको राष्ट्रियसभा बैठकमा एमालेका सांसदले सभामुख अग्नि सापकोटाको राजीनामा मागेकी हुन् ।

वलीले सभामुख अग्नि सापकोटाले राजीनामा नदिइ बैठक सुचारु गर्न नदिने अडान राखिन् । उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको जिकिर गरिन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक(२०७८ पारित गरेको छ । एमाले सांसदको अवरोधका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक भदौ ३० बिहान ११ बजे आव्हान गरेका छन् ।

प्रतिक्रिया