आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अज्ञात सैन्य विमानद्वारा तालिबानमाथि आ’क्र’मण

प्रकाशित
1.3K
SHARES

एजेन्सी । तालिबानले अफगानिस्तानको पंजशीर प्रान्तमा आफ्नो पूर्ण नियन्त्रण कायम भएको दावी गरेको भोलिपल्ट अज्ञात सैन्य विमानहरुले पंजशीर उपत्यकामा तालिबानका अड्डाहरुमा आ’क्र’मण गरेका छन् । स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार यी सैन्य विमान कसका हुन् भन्ने खुल्न सकेको छैन ।

सोमबार तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा आउन बाँकी एक मात्र क्षेत्र पंजशीर पनि आफ्नो कब्जामा आएको दावी गरेको थियो । अफगानिस्तानमा तालिबानविरोधी रेसिस्टेन्स फोर्सको अखडा मानिएको पंजशीर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको तालिबानले बताएको थियो । ट्वीटरमा पंजशीरको गभर्नर कार्यालयमा हतियारधानी तालिबान लडाकुहरुले आफ्नो झण्डा फहराउँदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।

नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तानका प्रमुख अहमद मसुदले भने तालिबानले पंजशीर कब्जा गरेको दावीलाई अस्वीकार गरेका छन् । उनले तालिबानसँग लडिरहेको रेसिस्टेन्स फोर्स अजेय भएको र आफूहरु रगतको अन्तिम थोपा रहँदारम्म लडिरहने बताएका थिए ।

यसै गरि , इजरायलको सेनाले आइतबार गाजा पट्टीमा हवाइ आक्रमण गरेको छ। सेनाले जवाफी कारवाहीको रुपमा गाजा पट्टीमा आक्रमण गरेको बताएको छ। इजरायली सेनाका अनुसार प्यालेस्टाइनी क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण भइरहेको थियो । त्यसैको जवाफी कारवाहीस्वरुप यो हवाइ आक्रमण गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार इजरायलको कडा सुरक्षा युक्त जेदबाट ६ जना प्यालेस्टाइनी कैदहिरु फरार भएपछि दुवै पक्षबीच पछिल्ला केही दिनमा तनाव बढेको छ । यद्यपि इजरायली सुरक्षा बलले भागेका मध्ये ४ जना कैदीलाई फेरि पक्राउ गरेको छ ।

इजरायली पक्षका अनुसार भागेका मध्ये २ जनालाई शुक्रबार समातिएपछि गाजा पट्टी तर्फबाट रकेट प्रहार हुन थालेको थियो । शनिबार अन्य २ जनालाई समातिएपछि फेरि गाजा तर्फबाट रकेट प्रहार भएको थियो ।

इजरायली सेनाको तर्फबाट जारी बयानमा इजरायलको तर्फबाट जवाफी कारवाहीमा चरमपन्थी संगठन हमासका अड्डाहरुलाई निशाना बनाइएको थियो । यी आक्रमणमा के कति क्षति भयो भन्ने अहिलेसम्म प्रस्ट छैन।

यसै गरि , अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तानबाट बाहिरिन चाहनेहरुको ठूलो भीड जम्मा भएको थियो । यस क्रममा एक पटक ठूलो दुर्घटना हुन लागेको बेलायती पाइलटले खुलासा गरेका छन् ।

रोयल एयरफोर्सका विंग कमाण्डर र पाइलट केभ लेचम्यानका अनुसार २६ अगष्टमा दिन एयरपोर्टमा विष्फोटपछि जब उनी काबुल छोड्ने मानिसहरुलाई लिएर विमान उडाउन खोजिरहेका थिए त्यतिबेला तीन गाडीहरु अचानक रनवेमा आएका थिए । ‘हामी मुस्किलले बच्यौं र मानिसहरुलाई केही भएन’ उनले भने ।

स्काइ न्यूजसँग कुरा गर्दै उनले भने ‘गाडीहरु तीब्र गतिमा हामीतिर बढिरहेका थिए तर हामीले मानिसहरुको ज्यान बचाउनका लागि विमानको पर्याप्त गति नहुँदै टेकअफ गर्ने निर्णय गर्यौं ।’ विंग कमाण्डर लेचम्यानका अनुसार उनीहरु जुन विमानमा थिए त्यसको तौल त्यतिबेला २६५ टन थियो जुन त्यो विमानमा हुन सक्ने अधिकतम तौल हो ।

उनीहरुले त्यही तौलको साथमै टेकअफ गर्ने निर्णय गरेका थिए । पाइलटका अनुसार विमान रनवेमा दौडिरहेका बेला गाडीहरु सोही रनवेमा विपरित दिशाबाट विमानतर्फ आइरहेका थिए ।

विंक कमाण्डर लेचम्यानले भने ‘हामीलाई महसुस भयो कि हामीले टेकअफ रोक्न सक्दैनौं किनकि यदि मैले त्यसो गरेको भए हामी सबै खतरामा पर्ने थियौं । मैले परिणामबारे सोच्न सकें र टेकअफ गर्ने निर्णय गरें ।

सम्भावित खतराभन्दा केही सेकेण्ड पहिले उनले आफ्ना कोपाइलटसँग सामान्यभन्दा कम गतिमै टेकअफ गर्ने सल्लाह गरे किनकि त्यहाँ रोकिनु सुरक्षित थिएन । त्यसपछि उनीहरुले रोटेट स्पिडबाट करिब २० नट पहिले एयरक्राफ्ट टेकअफ गराउने कोसिस गरे र केही सेकेण्डमा उनीहरु हावामा उडे ।

पाइलट लेचम्यानका अनुसार जतिबेला विमान रनवे छोडेर हावामा उड्यो त्यतिबेला विमान र गाडीको लश्करको बीचमा केवल १० फिट दूरी थियो । टेकअफमा आएको समस्याबारे उनले भने ‘विष्फोटपछि बिजुली काटिएको थियो र रनवे लाइटले काम गर्न बन्द गरेको थियो ।’

काबुल विमानस्थलमा त्यस दिन भएको विष्फोटमा कम्तीमा १६९ अफगानी, १३ अमेरिकी सैनिक र २ बेलायती नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया