आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषद विस्तार माधब नेपालले अड्काएको खुलासा, यस्तो छ भित्रि रहस्य

प्रकाशित
711
SHARES

काठमाडौं। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका दलहरुबीच बैठक बसेको भए पनि मनित्रपरिषद विस्तारका बारेमा कुनै निर्णय हुन सकेन । गत साउन २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रधानमन्त्री देउवाले एक महिना बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री देउवालाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले समर्थन गरेका छन् । तर, एमालेबाट टुक्रिएर बनेको नेकपा एसको वैधताको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि नेकपा एसले सरकारमा सहभागी हुने मन्त्रीहरुको निधो दिन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार माधव नेपाल नेतृत्वको यो दललाई मन्त्रीको नाम पठाउन भनेका थिए तर पार्टीले अझै त्यसबारे छिनोफानो गर्न सकेको छैन ।

नेकपा एसलाई नयाँ दलको रुपमा दर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यसअघि दुवै पक्षलाई झिकाउन भनेपछि नेकपा एसले यसको टुंगो नलाग्दासम्म मन्त्रिपरिषद विस्तार रोकिरहेको पार्टीका नेता मेटमणि चौधरीले आइतबार बिहान संकेत गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई भोलि सोमबार बोलाएको छ ।

‘भोलि सर्वोच्च अदालतले सकारात्मक संकेत दिएमा हाम्रो तर्फबाट मन्त्रीहरुको सूची पठाइनेछ’ चौधरीले डिसीनेपालसँग कुरा गर्दै भने ‘अदालतले सकारात्मक सन्देश नदिएमा भने सरकार गठनको लागि बाटो खुला गर्नेछौं ।’ चौधरीले भोलि अदालतले आफूहरुको दल दर्तालाई वैधानिकता नदिने संकेत देखिए सरकारलाई समर्थन जारी राखेर अरु दलहरुलाई मन्त्री पद दिने र आफ्नो दावी नरहने संकेत गरेका हुन् ।

यसै गरि , प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक सञ्चालन गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताएका छन् ।

एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षड्यन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएनन् ।संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ?

भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे । यसरी कति दिन संसद चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले संक्षेपमा भने, ‘ओलीजीलाई सोध्नु’ । प्रतिनिधिसभाको आजको बैठक शुरू हुनासाथ एमाले सांसदहरुले वेल घेरेका थिए ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमतिको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया