आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसदहरुलाई ओलीको निर्देशन, ‘अवरोध जारी राख्नु, माइकले कसैलाई नहान्नु’

प्रकाशित
315
SHARES
g]skf Pdfn]4f/f ;:yfks k'iknfn >]i7sf] $#cf}{ :d[lt lbj;sf] pknIodf nlntk'/sf] Rof;ndf cfof]lht sfo{qmdnfO{ ;Djf]wg ub}{ cWoIf s]kL ;df{ cf]nL . t:jL/M k|bLk/fh jG

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज पनि अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन।एमालेको संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिसभा बैठक सुरु हुन अघि बसेको संसदीय दलको बैठकमा नाराबाजी गर्नुको विकल्प नरहेको बताएका छन।

सभामुखको खरो आलोचनामा उत्रेका ओलीले सांसदहरुलाई माइकले भने कसैलाई नहान्न समेत निर्देशन दिएका छन। यसअघिको बैठकमा एमाले सांसद रेखा झाले गृहमन्त्री बालकृष्ण खाँडको माइक खोसेर सभामुखलाई हान्ने प्रयास गरेकी थिइन्। अध्यक्ष ओलीले व्यक्तिगत आक्रमणमा नउत्रन र सभ्य हुन सांसदहरुलाई निर्देशन दिए।

यसअघिको प्रतिनिधिसभा बैठकमा सांसदहरु बुइँ चढेर रोष्टम उक्लने प्रयास पनि गरेका थिए। अध्यक्ष ओलीले त्यसो नगर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। एग्रेसिभ भएर सभामुख र सत्तापक्ष आउँदा आउँदा चर्को आवाजमा नारा लगाउनु पर्ने र वेलमा जानेभन्दा बाहिर अरु केहि गर्न नहुने अध्यक्ष ओलीको भनाई छ।

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदद्वारा नाराबाजी

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए। उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन ।

एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।

यस गरि , नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् ।

साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन्। आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन।

प्रतिक्रिया