आज : गते

ताजा शिर्षकहरु

संसदमा फूल पावर देखाउँदै एमाले, यस्तो छ आजको तयारी

प्रकाशित
1K
SHARES

काठमाडौँ। आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउसो १ बजेका लागि बोलाइएको बैठकमा नेकपा एमालेले फूल पावर देखाउने भएको छ । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधीसभाका सदस्य महेश बस्नेतले आजको संसदमा फूल पावर देखाउने बताए । उनले अस्तिसम्म कास्टीङ मात्र देखाएको भन्दै आजबाट फूल पावर देखाउने उनको भनाई छ।

सभामुख अग्नी सापकोटा माथी निकै आक्रोसित भएका बस्नेतले सापकोटाले फुल भर्सन त देख्न बाँकी नै रहेको बताएका छन् । एमालेलाई जिस्काएर सापकोटाले ठूलो गल्ती गरको भन्दै यसको परिणाम धेरै गम्भिर हुने चेतावनी पनि उनले दिएका छन् ।

प्रेस चौतारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संसदले विकृति मात्रै जन्माउने र यसले कुनै कानुन र बिजनेस दिन नसक्ने भएकाले चाँडै चुनावमा जानु नै विकल्प रहेको बताए। हिम्मत भए अर्लि इलेक्सन घोषणा गरेर एमाले सँग भिड्न पनि बस्नेतले चुनौती दिएका छन् ।

‘एमालेको तर्फबाट के भन्छु भने, अब यो संसदले अब विकृति, विसंगति जन्माउँछ। कुनै कानुन र बिजनेस दिन सक्दैन। सरकार परमादेशले दिएको छ, बस्नेतले भने, ‘अध्यादेशले मन्त्री बन्ला। तर त्यो विकृति र भ्रष्टाचारको बाहक हुने भएकाले जतिसक्दो चाँडो चुनावमा जानुपर्छ। अर्ली इलेक्सन नै आजको विकल्प हो।’

शुक्रबार संसदमा भएको एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सी कास्टिङ मात्रै भएको उनले बताए। प्रमुख प्रतिपक्षलाई पेलेर जान खोजे संसदमा आक्रोश पैदा हुने र मुलुक द्वन्द्वतर्फ जाने उनले चेतावनी दिए। ‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षडयन्त्रमा जानुभयो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु।

नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले जुँगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक९पटक देखाउँछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो कास्टिङ मात्रै हो। हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं। हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ।’

सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नबसी र विपक्षी दलसँग सहमति र छलफल नै नगरी संसद चलाउने प्रचलनको सुरुवात गरेको नेता बस्नेतले बताए। सभामुखले एमाले र माओवादीलाई हेर्ने फरक–फरक चस्मा लगाएको भए त्यस्तो चस्मा निकाल्नुपर्ने उनले बताए।

माओवादी र जसपाले आफ्ना सांसदलाई कारवाही गरेको सूचना सभामुखले २४ घण्टाभित्रै टाँसेको तर एमाले ह्विप उल्लघंन गर्ने सांसदलाई गरेको कारवाहीको सूचना नटाँसी काइते कुरा गरेर एमालेलाई विभेद गरेको उनको आरोप छ।

‘सभामुखको पद तटस्थ हुनुपर्छ। पक्षपातपूर्ण व्यवहार गर्न पाइँदैन र राजनीतिक आबद्धतालाई त्याग्नुपर्छ,’ उनले भने, ‘अहिलेको सभामुखले एमाले विभाजन गर्ने र एमालेलाई पक्षपातपूर्ण व्यवहार गर्ने कुरामा भूमिका खेल्नुभयो। गठबन्धनको मतियार बनेर ह्विप उल्लघंन गर्ने सांसदको विषयमा न्यायाधीशको जस्तो निर्णय गर्नुभयो जुन उहाँलाई त्यो अधिकार छैन।’

एमसीसीको विषयमा बोल्दै एमाले नेता बस्नेतले गठबन्धनको सरकारले निर्णय गरेपछि मात्रै एमालेले आफ्नो धारणा बनाउने बताए। एमाले जनताको इच्छा र चाहना विपरीत जान नसक्ने भन्दै उनले पार्टीको तर्फबाट अहिल्यै धारणा बनाउन हतार हुने बताए।

यसै गरि,  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख र सत्तापक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा संसदमा अवरोध गर्नुपरेको जनाएको छ । साथै सो पार्टीले भोलि संसदमा अप्रिय घटना भए त्यसको जिम्मेवार पनि सभामुख र सत्तापक्ष नै हुने चेतावनी दिएको छ ।

शनिबार बसेको एमाले स्थायी समिति बैठकले विभिन्न प्रस्ताव पास गर्दै यस्तो चेतावनी दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले सभामुखले समस्या समाधानमा चासो नदेखाएको पनि बताए । उनले सत्तापक्ष एकलौटी ढंगले जान खोजेको र सभामुखले निष्पक्ष भूमिका निर्वाह गरेर नगएकाले भोलि त्यसले संसदलाई कहाँ पुर्याउँछ भन्न नसकिने बताए । ‘परिस्थितिलाई उत्तेजित बनाउने काम सत्तापक्ष र सभामुखबाट भएको छ ।

भोलि संसदमा कुनै अप्रिय घटना भयो भने त्यो सभामुख र सत्तापक्षले जिम्मेवारी लिनुपर्छ’ एमालेको चेतावनी छ । सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएकोमा पनि एमालेले आपत्ति जनाएको छ । एमाले नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको एमालेको भनाइ छ ।

एमालेले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको हो । ‘सरकारको तर्फबाट प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्ने काम भयो । यो असंसदीय काम भयो र सत्तापक्षको बलमिच्याई भयो भन्ने हाम्रो निष्कर्ष छ,।

शनिबारको स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ र विगतका सरकारले ल्याएका लोकप्रिय कार्यक्रम कटौती गरिएको छ’ एमाले सचिव योगेश भट्टराईले भने ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय कार्यक्रमलाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै भट्टराईले भने, ‘यसप्रति हाम्रो आपत्ति छ ।’ त्यस्तै एमालेले सभामुखको निष्पक्ष भूमिका नभएको भन्दै लगातार विरोध गरिरहेको र संसदीय मूल्य मान्यताभित्र बसेर विरोध गर्न सांसदहरुको ध्यानाकर्षण गराएको छ ।

त्यसका लागि थप स्पष्ट पार्न सो पार्टीले आइतबार १२ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै आम नागरिकले सडकमा गर्ने शान्तिपूर्ण प्रदर्शनमा सरकारको धरपकडको विरोध गर्दै प्रदर्शनमा सहभागी हुनेहरूलाई पनि शान्तिपूर्ण बनाउन पनि उक्त पार्टीले आव्हान गरेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ