आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्री शर्मा र फतिमा सुमारबीच गोप्य बार्ता, राजनीतिमा बेग्लै तरङ्ग

प्रकाशित
784
SHARES

काठमाडौ। मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेट भएको हो ।

बिहीबार काठमाडौं आएकी सुमारले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादव लगायतसँग भेट गरेकी थिइन् ।

शनिबारको भेटमा उपाध्यक्ष सुमारले संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको बताएका छन् ।

यसै गरि , नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिएकी छन् ।

एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो ।

भेटमा सुमार नेतृत्वको टोलीले चार वर्षदेखि एमसीसी सम्झौताबारे प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक ठानेर आएको बताएको छ । नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेको एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ । ‘लामो समय नेगोसिएसन भएर टुंगिएको विषय हो यो । यहाँ जुन खालको विवाद आयो, नहुनुपर्थ्यो जस्तो लाग्छ भन्ने उहाँहरुको भनाइ थियो,’ भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भनेका छन् ।

उनका अनुसार जवाफमा एमाले अध्यक्ष ओलीले भने आफू सरकारमा रहँदा सम्झौता अगाडि बढाउन खोजेको तर, सभामुखसहितका केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । अहिले आफूहरु प्रतिपक्षमा रहेको र सरकारले यसबारे कुनै प्रस्ताव नल्याएको भन्दै उनले भनेका छन्, ‘सत्तारुढ दलहरुले के गर्न चाहेको छ भन्ने थाहै नभई यसो गर्ने भन्ने अवस्थामा हामी छैनौं ।’

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : पहिले सरकारको धारणा आओस्

एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए ।

नेता गंगालाल तुलाधर भन्छन्, ‘उहाँहरुले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग हुँदै होइन । जे हल्ला भएको छ, यो हल्ला मात्र हो भन्नुभयो ।’नेपालको अर्थ मन्त्रालयले पठाएका प्रश्नहरुमा एमसीसीले दिएको जवाफ भन्दा बढी नै प्रष्ट पार्न खोजेको उनले बताए ।

‘उहाँहरुले जति जति कन्फ्युज छ, त्यसलाई हटाउने प्रयास गर्नुभयो,’ तुलाधर भन्छन्, ‘यो भ्रम हामीले छरेको होइन, तपाई‌ंहरुकै आधिकारिक मान्छेले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग भनेकाले नेपाली जनता सशंकित भएका हुन् भन्यौं ।’

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने बताएका छन् ।‘उहाँहरुले कुनै पनि सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट पार्न खोज्नुभयो,’ भेटमा सहभागी नेता तुलाधरले भने,

‘अमेरिकासँग भएका सम्झौताहरु ल्याएका छौं । त्यो हेर्नुस् र मन पर्‍यो भने अनुमोदन गर्नुस् ।’ एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।

यसै गरि , अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको टोली नेपालमा छ । उनीहरु होटल मेरियन्टमा बसिरहेका छन् । होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालको संसदबाट एमसीसी पास गराउनका लागि दवाव दिन आएकी उनले विभिन्न दलका शिर्ष नेताहरुसँग भेटघाट गरिरहेकी छन्य। हिबीच गएराती फतिमाले निदाउन नपाएको पाइएको छ । उन्नत लोकतन्त्र पार्टीका दर्जनौँ कार्यकर्ताहरु होटलमा प्रबेश गरेर होहल्ला गरेपछि उनी निदाउन नपाएको श्रोतको भनाई छ ।

उन्नत लोककन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले समााजिक संजाल मार्फत आफूहरुले होटलमा पसेर एमसीसी फिर्ता लिन सुझाव दिएको बताए । नेपालले दर्जनौँको संख्यामा उन्नत उक्त पार्टीका मानिसहरु होटल मेरियन्टमा छिरेको र उनीहरुले दवाव दिएको उनको दावि छ ।

एमसीसी उपाध्यक्ष सुमारलाई त्यहिबाट एमसीसी खारेज भएको घोषणा गर्न पनी उनीहरुले चेतावनी दिएका छन् । होटल मेरियन्ट पहिलेनै बुक गरेको भन्दै अध्यक्ष नेपालले तत्काल एमसीसी खोरेज गर्न भनेका छन् । अमेरिका लोकतान्त्रिक देशको हो भने हाम्रो शान्तिपूर्ण प्रस्ताव उहाँले स्वीकार गर्नुहुनेछ ।’ नेपालले भनेका छन् ।

उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘फातिमा सुमार बसेको होटेल मेरिओटमा हामी दर्जनौंको संख्यामा प्रवेश गरिसक्यौं हामीले पनि सो होटेल उहाँले जस्तै पहिल्यै बुक गरेका थियौं ।’

उनले भनेका छन्, ‘हामी उहाँलाई तत्काल एमसीसी प्रस्ताव खारेज भएको घोषणा गर्न आग्रह गर्दछौं । उहाँ लोकतान्त्रिक देशको हो भने हाम्रो शान्तिपूर्ण प्रस्ताव उहाँले स्वीकार गर्नुहुनेछ ।’ उन्नत लोकतन्त्र पार्टीले विगत लामो समय देखि एमसीसीको विरोधमा आन्दोलन गर्दै आइरहेको छ ।

बिहीबार मात्रै पनि एमसीसी उपाध्यक्ष सुमार सहितको टिमालाई विरोध गर्न एयरपोर्ट पुगेका बेला अध्यक्ष नेपाल सहितका दर्जनौँ कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया