आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाल ठुलो तनाबमा, प्रेम आले र मेटमणीले राखे यस्तो पुरा नहुने अडान

प्रकाशित
1.4K
SHARES

काठमाडौ। आयोगबाट भर्खरै मान्यता पाएको एकिकृत समाजवादीलाई सरकारमा सहभागी बाटो खुलेसँगै मन्त्रीका लागि नेताहरूबीच हानथाप सुरू भएपछि माधव नेपाललाई तनाव भएको छ । स्रोतका अनुसार मन्त्री नपाए पार्टी नै त्याग्नेसम्मको तयारी भएको छ ।

दर्जनौ सांसदहरू बालुवाटारदेखि कोटेश्वरसम्म धाउन थालेको महिनौँ बितिसक्यो। तर सरकारमा सहभागी मन्त्रीहरूको नाम अहिलेसम्म टुङ्गो छैन।  नयाँ पार्टीले मान्यता पाएसँगै बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेय, हिराचन्द्र केसी, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, तुल्सी थापा र खिमलाल देवकोटासहित थ्रुपै नेताहरू मन्त्रीका तीव्र आकांक्षी छन्।

मन्त्रीको संख्या सानो र आकांक्षी धेरै हुँदा नामै टुङ्गो लगाउन सकस परिरहेको अध्यक्ष नेपालको गुनासो छ। एमाले छाडी माधव नेपालकहाँ पुगेका कतिपय नेताहरू मन्त्रीकै लागि भागदौड गरिरहेका छन्।

लामो समयदेखि नेपाललाई साथ दिइरहेका बिरोध खतिवडा, बेदुराम भुसाल, कल्याणी खड्का, मेटमणी चौधरी र रामकुमारी झाँक्रीलाई मन्त्री बनाउनैपर्ने दबाब रहेको नेपालनिकट एक नेताले बताए।

ती नेता भन्छन्, ‘कतिपय साथीहरू मन्त्री पाउनैका लागि यहाँ आउनुभएको छ। उहाँहरू मन्त्रीको भोकमा हुनुहुन्छ। हिजो ओलीको प्रतिगमनलाई साथ दिएका कमरेडहरूको एउटै उदेश्य मन्त्री बन्ने छ। यस्ता साथीहरूलाई माधव नेपाल कमरेडले रोक्नुपर्छ। उनीहरूको कुनै भरोसा छैन।’

नेपालनिकट नेताहरूले नयाँ अनुहारलाई स्थान दिनुपर्ने सुझाव दिएका छन्। क्षणिक अवसरका लागि पार्टी वा समूह फेर्दै हिँड्ने पात्रहरू रोक्न–सके मात्रै एकिकृत समाजवादीको औचित्य पुष्टि हुने प्रायः नेताहरूको राय छ। नयाँ पार्टी दर्ता नहुँदै देउवा नेतृत्वको सरकारमा सहभागी हुन हतारिएका सांसदहरू नै मन्त्रीको सबैभन्दा अघिल्लो दौडमा छन्।

एमाले अध्यक्ष ओलीको खरो आलोचकका रूपमा चिनिएका युवा सांसद मेटमणी चौधरी आफूले मन्त्री पाउनैपर्ने अडानमा छन्। उनीसँगै मन्त्रीका लागि तत्कालीन ओली समूह छाडेका प्रेम आले र किसान श्रेष्ठले कुनै कसरत बाँकी राखेका छैनन्। आकांक्षीहरूलाई आलोपालो मन्त्री बनाउने आश्वास दिएका नेता नेपालले आफूलाई संकटमा साथ दिने सबै नेताहरूको उचित मूल्याङ्कन गर्ने बताएका छन्।

चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा नेता नेपालले पहिलो चरणमा अन्य सांसदलाई पालो दिन आग्रह गरेपछि चौधरी, आले र किसान श्रेष्ठले मन्त्री पद नपाए एकिकृत समाजवादी छाड्नेसम्मको चेतावनी दिएको नेपालनिकट एक नेताले बिएल नेपाली सेवालाई बताएका छन्।

मैले संकटमा साथ दिने नेताहरूको बारेमा सोचिसकेको छु। तपाईहरू आत्तिनुपर्दैन। तुल्सा कमरेड पनि यतै हुनुहुन्छ। उहाँलाई पनि स्थान दिनैपर्छ। पहिलो–लटमा अन्य सांसदलाई पालो दिनुहोस्, दबाब खेपिरहेका नेपालले पटकपटक आग्रह समेत उनीहरूले नमानेको ती नेताको भनाइ।

यसै गरि , शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले विस्तार हुन नसक्नुको तथ्य बाहिरिएको छ । सरकार विस्तारमा ढिलाई हुनुका विभिन्न कारण मध्ये एक कारण नेकपा एमाले पनि रहेको हो । गठबन्धनमा सहभागी नेकपा एसविरुद्धको मुद्दा किनारा नलागेसम्म देउवाले सरकार विस्तार नगर्ने भएका छन् ।

‘ओलीले मुद्दा हालेको हाल्यै छन्, विचाराधीन मुद्दामा तत्कालै अगाडि नबढौं भन्ने समझदारी नेताहरुबीच बनेको छ,’ ‘सर्वोच्चबाट मुद्दाको किनारा नलाग्दै सरकार विस्तार गर्दा भोलि अर्कै फैसला आए समस्या पर्ला कि भन्ने देउवालाई पनि लागेको छ ।’ सत्तारुढ गठबन्धन आवद्ध एक नेताले भने,

एमालेले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए ।

२२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले उक्त मुद्दामा अन्तरिम आदेश हुने वा नहुनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो ।

त्यस्तै एकीकृत समाजवादीको दर्ता कानूनविपरीत रहेको भनी ओलीले निर्वाचन आयोगविरुद्ध हालेको मुद्दा पनि विचाराधीन छ । सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

कम्तिमा भदौ २८ गतेको छलफलसम्मलाई पर्खिने अडान प्रधानमन्त्री देउवाले राखेपछि गठबन्धनका नेताहरु त्यतिबेलासम्म पर्खनलाई सहमत भएका हुन् । ‘त्यसपछि २८ गते बेलुकी नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी लगभग कुरो टुंगिएको छ,’ ती नेताले भने ।

शुक्रबार भएको सत्ता गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन आग्रह गरेका थिए । शुक्रबार साँझ पुनः बस्ने भनिएको बैठक पनि बसेन । स्रोतका अनुसार केही मन्त्रालयमा बाहेक सबै लगभग टुंगिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा जनता समाजवादी र एकीकृत समाजवादीको दावी रहेकाले त्यो भने टुंगिन बाँकी छ । यद्यपि देउवा भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका मन्त्रालय नेकपा एसलाई दिन सहमत भइसकेका छन् ।

 

प्रतिक्रिया