आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मेयर भ्रष्टाचार का’ण्ड खाजा खर्चमै 25 लाख स्वाहा, घरमा वासिङ मेसिनदेखि फ्रिजसम्म

प्रकाशित
1K
SHARES

काठमाडौ। धनुषाको एक स्थानीय तहले मदिरादेखि खाजा खर्चमै करिब २५ लाख रुपैयाँ खर्चेको पाइएको छ। धनुषाको विदेह नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा मदिरा र खाजामा २४ लाख ९९ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

नगरपालिकाले विविध खर्च शीर्षकमा कुल ५३ लाख १३ लाख ५६९ रुपैयाँ खर्च गरेको मध्येबाट २४ लाख ९९ हजार ३ सय ५५ रुपैयाँ मदिरामै खर्चेको हो । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) अनुसार खर्चको पुष्ट्याई हुने प्रमाण, कागजात संलग्न गरेर मात्र खर्च लेख्नुपर्ने व्यवस्था छ ।

तर विदेह नगरपालिकाले खर्च गरेको रकमको बिल पेस गरे पनि खर्च गर्नुपर्ने आधार स्पष्ट पार्न सकेको छैन । विविध खर्चको उद्देश्य र खर्चको यथार्थता प्रमाणित नहुने गरी नगर प्रमुख बेचन दास तथा कर्मचारीले कुपन काटेको आधारमा भुक्तानी दिने परिपाटीमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

शहीदनगर नगरपालिकामा अनियमितताको चाङ, नगर क्षेत्रमै जाँदा भ्रमण भत्ता।
नगरप्रमुख दासले एक वर्षमा स्थानीय होटल फुलवारीलाई १२ लाख ८२ हजार २१५ रुपैयाँ, राम सेवक कोल्ड स्टोर्सलाई १० लाख ३५ हजार ९४५ रुपैयाँ र शम्भु मदिरा पसललाई १ लाख ८१ हजार १९५ रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकाले इन्धनमा दैनिक १४ हजार ९४ रुपैयाँको हिसाबले एक वर्षमा ५१ लाख ४४ हजार ३ सय ८९ रुपैयाँ खर्चेको छ ।

सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी नगर प्रमुख तथा कर्मचारीबाट कुपन काटी कतिपय कुपनमा गाडी नम्बर समेत उल्लेख नगरी मापदण्ड विपरीत सो रकम खर्च गरेको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी ऐनमा पदाधिकारीहरूको लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहे पनि विदेह नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी कर्मचारी, नगर प्रमुख तथा उपप्रमुखको सचिवालयमा करारमा भर्ना गरी १३ लाख ९७ हजार ५८० रुपैयाँ खर्च गरेको पाइएको छ ।

विदेह नगरपालिकाले प्रेस सल्लाहकारको नाममा २०७६ साउनदेखि चैतसम्ममा मासिक ३० हजार रुपैयाँका दरले तलबबापत २ लाख ७० हजार रुपैयाँ र चाडपर्व खर्चबापत ३० हजार रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, कार्यालय सहायकको नाममा वर्षभरी दैनिक ९ सयका दरले २१३ दिनको तलब बराबर २ लाख ८१ हजार ७०० रुपैयाँ, कार्यालय सहायक बबिना शर्मालाई मासिक १६ हजारका दरले १ लाख ९२ हजार रुपैयाँ, सुरक्षा गार्डको नाममा मासिक १६ हजार रुपैयाँका दरले १ लाख ९२ हजार रुपैयाँ र कानुनी सल्लाहकारको नाममा मासिक ३५ हजार ९९० रुपैयाँको दरले ४ लाख ३१ हजार ८८० रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३(६) बमोजिम प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा मितव्ययिता कायम गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ । नगरप्रमुख दासले जनकपुरधाम उपमहानगरपालिकामा २०७५ पुस १ देखि लक्ष्मीदेवी महतोसँग सम्झौता गरी घरभाडामा लिई मासिक १७ हजार रुपैयाँका दरले भुक्तानी गरेको पाइएको छ ।

नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर गई घरभाडामा लिई साउनदेखि वैशाखसम्म १ लाख ७० हजार रुपैयाँ र पानी बिजुली बापत ३३ हजार ६९५ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । घरभाडाको सम्झौतामा प्रयोजनसमेत नखुलाइएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी नगर प्रमुख दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्य बराबरका सामग्रीहरु समेत राज्यकोषको ढुकुटीबाट खरिद गरेको पाइएको छ । नगरप्रमुख दासले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिज लगायतका आवासीय प्रयोजनका सामग्रीहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन, २०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकम नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहे पनि उनले ती सबै नियम कानुनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामग्रीहरु नगरपालिकाकै खर्चबाट खरिद गरेका छन् ।

यसै गरि , भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए । गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए । गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले बताएका छन् ।

प्रतिक्रिया