आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमानको अर्को चमत्कार प्रचण्ड खुसीले गदगद, भारत र चिनमा समेत तरंग

प्रकाशित
3.2K
SHARES

काठमाडौ। शेर बहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ् खुलेरै एमसीसी पास गर्न मैदानमा उत्रिएका छन् । उनले एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौँमै रहेका बेला नेपाल विधुत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले इण्डीया पुगेर एमसीसी अन्तर्गतको महत्वपुर्ण प्रोजेक्टमा हस्ताक्षर गरेका छन् ।

जनमतविरुद्ध चालिएको कुलमानको उक्त कदमको ब्याकफायर हुने पक्का छ । नेपाल विद्युत्‌ प्राधिकरण र भारतको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको हो।

भारतको राजधानी नयाँदिल्लीमा बुधबार एक कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडतर्फबाट कार्यकारी निर्देशक वाई के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल(गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो। नेपालमा अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अन्तर्गत निर्माण हुने प्रसारण लाइन बुटवलमा यही अन्तरदेशीय प्रसारण लाइनमा जोडिनेछ।

एमसीसी कार्यान्वयनका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पूर्व शर्तका रूपमा राखिएको थियो। सम्झौतामा हस्ताक्षरपछि प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०र५० प्रतिशत संस्थापक सेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको कार्यकारी निर्देशिक घिसिङले बताए।

उनले भने, “सम्झौतामा हस्ताक्षर भएसँगै प्रबन्धपत्र, नियमावली तयार गरी कम्पनी स्थापना गर्न र प्रसारण सेवा सम्झौताका लागि अगाडि बढ्न बाटो खुलेको छ।” उनले प्रसारण लाइन तीनदेखि साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेको बताए।

बुटवल९गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको लम्बाइ १२० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ २० किलोमिटर पर्छ भने भारतर्फ १०० किलोमिटर पर्छ।नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन्।

प्रसारण लाइनले करीब दुई हजार मेगावाट विद्युत्‌ प्रवाह गर्न सक्ने प्राधिकरण विद्युत्‌ व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए। “अहिले सञ्चालनमा रहेको ढल्केबर(मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल(गोरखपुर प्रसारण लाइनले झण्डै दोब्बर क्षमतामा विद्युत्‌ प्रवाह गर्न सक्छ, यो प्रसारण लाइन दुई मुलुकबीचको विद्युत्‌ व्यापारका लागि लाइफ लाइन हुनेछ,” अधिकारीले भने ।

नेपाल(भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७(२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुंगो लगाएको थियो। करीब रु।६ अर्ब लागत अनुमान गरिएको आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपूँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत्‌ बिक्रीका सम्भावनाबारे भारतीय अधिकारीसँग छलफल गरेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत्‌ आयोजनाबाट उत्पादित विद्युत्‌ बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको थियो।

टोलीले भारतको विद्युत्‌ मन्त्रालय, केन्द्रीय विद्युत्‌ प्राधिकरण, बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत्‌ व्यापार गरिरहेका भारतीय कम्पनीसँग छलफल गरेको थियो। नेपालमा जगेडा भएको विद्युत्‌ भारतमा र बाङ्लादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको घिसिङले बताए।

यसै गरि , प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० जसरी पनि पास गर्ने बताएपछि जनआक्रोश झनै बढेको छ । एमसीसीविरुद्ध आन्दोलन झनै चर्किने निश्चित छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए। यहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयोु, कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।  तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छुु, देउवाले अगाडि भने, आई विल डु दिस्, म जसरी पनि पास गर्छु।र देउवासँगको छलफलमा पनि फातिमाले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्।

भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमा सुमारले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्। अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ, उनले देउवासँगको छलफलमा भनिन्, अब हामीलाई एस, नोु मा उत्तर दिनुस्।

उनले अब अल्मलिएर बस्ने समय पनि आफूहरूसँग नभएको बताएकी थिइन्। अब अल्मलिएर बस्न सकिन्नँ उनले भनिन्, अब यो भन्दा बढी अलमल नहोस्। दलहरुले कुरा नबुझेको भन्दै देउवाले समय मागेपछि उपाध्यक्ष फातिमा सुमारले अब त्यस्तो कुराले नहुने बताएकी थिइन्। ुअब यस्तो कुराले हुँदैन, अगाडि बढाउने भए बढाउनु, नत्र हाम्रो भन्नु केही छैनु, बैठकमा उनले भनेकी थिइन्।

तर देउवाले पटक पटक दलहरूलाई बुझाएर एमसीसी पास गर्ने कुरा दोहोर्‍याएका थिए। उनले पाँच दलीय गठबन्धनमा पनि छलफल भइरहेको बताउँदै एमसीसीलाई राष्ट्रिय सहमति बनाएरै पास गर्ने विश्वास दिलाउन खोजेका थिए।

यसैबीच अर्थमन्त्रालयले दुई पक्षबीच भएको भेटबारेमा प्रेस नोट निकालेर जानकारी दिएको छ। अर्थले दुई पक्षबीच भएको शिष्टाचार भेटका क्रममा एमसीसीबाट नेपालको आर्थिक विकासमा ठूलो सहयोग हुन सक्ने लगायतका विषयमा छलफल भएको जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल सरकार एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको कुरा बताउनु भएको छु, अर्थले प्रेस नोटमा भनेको छ।

त्यस्तै एमसीसी उपाध्यक्ष फातिमा सुमारले उक्त कम्प्याक्ट छिटो भन्दा छिटो संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गर्दै कम्प्याक्टले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको पनि अर्थले उल्लेख गरेको छ।

एमसीसी नेपाली संसदमा विचाराधीन रहेको अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गराउन उपाध्यक्ष फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो। एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेको थियो।

यस्तै शुक्रबार एमसीसीको प्रतिनिधिमण्डलले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो। प्रचण्डले पनि एमसीसीलाई राष्ट्रिय सहमतिबाटै पारित गर्ने आश्वासन दिएका थिए। यसैबीच एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमणबारे शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएकी छन्।

नेपालका सत्तारुढदेखि प्रतिपक्षीसम्मका दललाई उनले एउटै भाषामा अब कुर्न नसकिने भन्दै पास गर्ने या नगर्ने उत्तर दिन आग्रह गरेकी छन्। तर नेपाली कांग्रेसबाहेक नेपालका राजनीतिक दलहरु एमसीसीलाई यथास्थितिमा पास गर्न नहुने पक्षमा उभिएका छन्।

प्रतिक्रिया