आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डले निकाले गोजीबाट मन्त्रीहरुको नाम लिस्ट, देउबा तिनछक

प्रकाशित
1.4K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठकमा छिटो मन्त्रीहरुको नाम दिन भनेपछि गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । देउवाले सोमबार जसरी पनि मन्त्रीपरिषद् विस्तार हुने भनेपछि नेताहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्रीका लागि यथाशीघ्र नाम सिफारिस गर्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट मन्त्री बन्नेहरुको लिष्ट बालुवाटार पठाएका छन् ।

जसपा र एकीकृत समाजवादीका नेताले भने अहिलेसम्म कुनै निश्कर्ष निकाल्न सकेकाछैनन् । आफ्ना जनप्रतिनिधिको टुंगो निर्वाचन आयोगले आइतबारसम्म लगाउने भएकाले उनीहरु आयोगको निर्णय कुरेर बसेका छन् । कांग्रेसका एक नेताले पनि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा रहेको बताए ।

गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्री र मन्त्रालय संख्याबारे पनि छलफल भएको उनले जानकारी दिए । देउवाको नेतृत्वमा सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । कांग्रेसबाट प्रधानमन्त्रीसहित ४ जना (एक राज्यमन्त्री) र माओवादी केन्द्रबाट २ जना मन्त्री छन् ।

एमालेका तत्कालीन १४ सांसदका विषयमा भएको निर्णयलाई लिएर सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाले पनि मन्त्रिपरिष्द विस्तारमा ढिलाइ भएको एक नेताले बताए । ‘सरकारमा नजाने भए पनि हाम्रो दलले मन्त्रिपरिषद् विस्तार छिटो हुनुपर्छ भनिरहेको छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।

उनका अनुसार गठबन्धन दलको बैठकमा नेताहरूले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भएको भेटबारे ब्रिफिङ पनि गरेका थिए । बैठकमा संसद्मा पेस भएका र पेस गर्नुपर्ने अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको थियो ।

गठबन्धनको बैठक शुक्रबार साँझ पनि बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने काठमाडौं बाहिर रहेकाले बैठकमा सहभागी थिएनन् । उक्त दलबाट नेताद्वय राजेन्द्र पाण्डे र विरोध खतिवडा सहभागी थिए ।

खतिवडाका अनुसार साँझको बैठकमा एमसीसी सम्झौताका विषयमा छलफल भएको जानकारी दिए । ‘अब एमसीसीलाई कुनै दलले चाहेर एक्लै पास गर्ने वा कसैले चाहँदैमा फिर्ता गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सबैले आफ्नो दलभित्र छलफल गर्ने र त्यसपछि एक–दुई दिनमै सामूहिक बसाइ गरेर टुंगोमा पुर्‍याउने भन्ने कुरा आएको छ ।’

शुक्रबार बिहानको बैठकमा कांग्रेसबाट सभापति देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

शुक्रबार बेलुका प्रचण्डले देउवालाई बुझाएको लिष्टमा देबेन्द्र पौडेल, सुदन किराती, शशी श्रेष्ठ, शिवकुमार मण्डल मन्त्री, महेश्वर गहतराज (अथक)को नाम परेको बुझिएको छ ।

यसै गरि , नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको भूमिका मर्यादा बाहिर भएको बताएकी छन्। शुक्रबार संसद बैठकपठि सञ्चारकर्मीसँग उनले सभामुखले यो भूमिका १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ खेलेको बताउँदै यसले संसदीय मर्यादाको धज्जी उडेको बताइन्।

सांसद चौधरीले भनिन्,‘सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ, संसदीय मर्यादा भनेको एउटा सांसद सदन भित्र उठ्यो भने त्यसलाई अवरोधको संज्ञा दिइन्छ, तर संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ।’

रोस्टममा जान खोजेको पत्रकारको प्रश्नमा सांसद चौधरीले अर्थमन्त्रीलाई बजेट पेश गर्नबाट रोक्नका लागि रोस्टममा जाने ध्येय रहेको बताइन्।उनले प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको आरोप लगाइन्।

यसै गरि , यस्तै यता उज्यालोका नायक बनेका विद्युत प्राधिकरणको महाप्रबन्धक कुलमान अर्को कमाल गर्ने तयारीमा जुटेका छन् । कमाल गर्नका लागि कुलमानको टोली यतिबेला भारत दौडाहामा रहेको हो ।

माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले पूर्णक्षमता ४६५ मेगावाटमा व्यवसायिक उत्पादन शुरु गर्न लागेपछि वर्षायामको बिजुली खेर जाने अवस्था आउन नदिन भन्दै प्राधिकरणको टोली भारतका विभिन्न ऊर्जासम्बद्ध निकायमा छलफलका लागि पुगेको हो । विद्युतको बजार खोज्दै भारत पुगेको टोलीले लामो समयदेखिको व्यवसायिक सम्बन्धका आधारमा भएपनि विद्युत ब्यापारको ढोका खोलिदिन आग्रह गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका सम्भावनाकाबारेमा भारतीय अधिकारीहरुसँग छलफल गरेको छ । विद्युत् प्राधिकरणले आफ्ना सहयायक कम्पनी र जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत वर्षायाममा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको हो ।

टोलीले भारतको विद्युत् मन्त्रालय तथा केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुसँग भेट गरेको छ । त्यसबाहेक बिहार स्टेट पावर होल्डिङ कम्पनी लि। र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनी लगायतका भारतीय कम्पनीहरुसँग छलफल गरेको छ ।

नेपालमा खपत हुन नसक्ने विद्युत् भारत र बंगलादेशमा बिक्रीका लागि भारतीय अधिकारीहरुसँगको सकारात्मक छलफल भएको घिसिङले बताए । प्राधिकरणका अनुसार नेपालले बिहारमा नेपालबाट बिजुली लैजान र भारतको प्रतिस्पर्धी बजारमा बिजुली बिक्रीका लागि छिटो अनुमति दिन आग्रह गरेको हो ।

तत्कालको अवस्थामा निर्यातको उचित प्रबन्ध गर्न नसकेमा वर्षायाममा बिजुली खेर जाने जोखिम छ । तामाकोशी बनेपछि सरकारले पनि देशभित्रै खपत बढाउने या सस्तोमा निर्यात गर्ने भन्ने दुई विकल्प मात्रै देखेको छ । माथिल्लो तामाकोशी आएपछि नेपालको जललिविद्युत आयोजनाको जडित क्षमता करिब १८ सय मेगावाट पुगेको छ । तर, यो सबै बिजुली नेपाली बजारमा खपत गर्न सकिने अवस्था नरहेपछि प्राधिकरणको टोलीले भारतमै पुगेर छिटो निर्यातको बाटो खोल्न आग्रह गरेको हो ।

प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत वर्षायाममा भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिक्री गर्ने प्रस्ताव गरेको थियो । त्यसका लागि माग भएको आवश्यक कागजात पठाए पनि अहिलेसम्म भारत मौन छ ।

प्रतिक्रिया