आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली फेरि आ’क्रोसित, घनश्याम भुसाल र योगेशलाई एकान्त बोलाएर थर्काएपछि हंगामा

प्रकाशित
1.8K
SHARES

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसालसहितका नेताहरुलाई बोलाएर थर्काएका छन्। संसदमा भइरहेको विरोधमा सक्रिए नभएको भन्दै ओली एकान्त बोलाएर थर्काएका हुन् । उनले आफ्ना सांसदहरूलाई संसदीय सर्वोच्चताको नारा लगाउन निर्देशन दिएका थिए।

बुधवार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूमध्ये निरुदेवी पाल, महेश बस्नेत, खगराज अधिकारी र अन्य केहीले बेलमा उभिएर चर्को नाराबाजी गरिरहेका थिए । तर अन्तिम समयमा ओलीलाई नै साथ दिएका माधवकुमार नेपाल पक्षीय मध्यमार्गी नेताहरू भने चुप देखिन्थे ।

गंगा चौधरी भने रोष्ट्रममै उक्लिन खोजेकी थिइन् । योगेश भट्टराई, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका दश भाइ सांसदहरूले संसद अवरुद्ध गर्न सक्रिय सहभागिता देखाएकाथिएन् । बुधवार र शुक्रवार दुवै दिनको नाराबाजीमा उनीहरू उठे मात्र, बेल घेराउ गर्न पुगेनन् । अन्तिम अवस्थामा नेता नेपालको साथ छोडेका दश भाइ सांसदहरूको यस्तो रवैयाप्रति ओली भने आक्रोशित बनेका छन् ।

शुक्रवारको बैठकपछि बाहिर निस्किने क्रममा ओलीले भुसाल र भट्टराईलगायत केही नेताहरूसँग तपाईंहरू सक्रिय बनेको खै भनेर प्रश्न गरेका थिए । ओलीको प्रश्न सुनेका एक सांसदले भने – ‘अध्यक्षले त्यस्तो प्रश्न गरेपछि हामी एकछिन चुप भयौं ।

हामीमध्ये केही त देउवालाई प्रधानमन्त्री बनाउन परमादेश चाहिन्छ भन्दै सर्वोच्च अदालत पुगेका सांसद पनि हौँ । गरौंला नि भनेर हामी छुट्टियौ ।बुधवार सञ्चारकर्मीहरू सामू कुरा गर्दै योगेश भट्टराईले तत्कालीन एमालेकै १४ सांसदहरूलाई पदमुक्त गर्ने माग आफ्नो मनमा नआएको प्रतिक्रिया दिएका थिए ।

उनीसँग नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्री पनि सँगै थिइन् । एमालेका ओलीपक्षीय सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरिरहँदा विगतमा नेपाललाई सहयोग गरेका नेताहरू मौन बस्नुलाई अर्थपूर्ण रूपले हेरिएको छ । विभिन्न सञ्चारमाध्यमहरूमा भुसाललगायत अन्य केही सांसद एकीकृत समाजवादीतिरै फर्किने चर्चा पनि चलिरहेको छ।

संसद्‍मा एमालेको तेस्रो धार : भित्र नाराबाजी, बाहिर रामकुमारीसँग फोटो सेसन

बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको सुरुवातमै एमालेले अवरोध थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले पन्ध्र–पन्ध्र मिनेटका लागि दुईपटक बैठक स्थगित गर्नुप¥यो । एकैदिन तीनपटक बैठक बसे पनि एमाले सांसदहरुले संसदको कामकारवाही अघि बढ्न दिएनन् । तर, एमालेकै तेस्रो धारका १० सांसदहरुको भने व्यथा बेग्लै थियो ।

एमालेले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई ‘गैरसांसद’ भन्दै उनीहरुलाई कारवाही नगरेसम्म बैठक अघि नबढ्ने भन्दै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि उभिएर नारा लगाएका थिए । यसरी नारा घन्काउनेहरूको अग्र पङ्तीमा एमाले सांसद खगराज अधिकारी, निरु पाल, महेश बस्नेत लगायत थिए । तर, त्यहीबेला एमालेका तेस्रो धारका सांसदहरु भने साइड लागे ।

एमाले सांसद भीमबहादुर रावल जुलुसमा मिसिएका थिएनन् । संसदमा बिरोध भइरहेको अधिकांश समय उनी मोवाइल चलाएर बसेका थिए । त्यस्तै गोकर्ण विष्ट पनि संसद भवनको ढोका छेवैमा बसेका थिए । योगेश भट्टराई, यज्ञराज सुनुवार लगायतका पूर्व माधव नेपाल पक्षका सांसदहरु भीडबाट छेउ लागेका थिए ।

उता केपी ओलीका कट्टर समर्थक सांसदहरु भने आक्रोशित मुद्रामा नारा लगाइरहेका थिए । सभामुखको आसनलाई लक्षित गर्दै अगाडि बढेकी सांसद गंगा चौधरीलाई मर्यादापालकले छेकेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बैठक सकिएपछि सभाहल बाहिर आएका पूर्व माधव नेपाल समूहका एक सांसदले भने– ‘बिरोध गर्न दिलदेखि नै आउनुपर्यो, त्यसले मष्तिष्कलाई सन्देश दिन्छ । मष्तिष्कले अह्राएपछि मात्रै विरोधका लागि मुठ्ठी उचालिने हो । अहिले हामी त्यहाँसम्म पुग्न सकेका छैनौँ । बिस्तारै त्यो धारमा अघि बढ्दै जान्छौँ । अहिलेका लागि दिलदेखि नै त्यो कुरा सम्भव छैन ।’

सभामुखविरुद्ध एमालेको प्रत्याक्रमणका क्रममा विरोधमा उत्रिएका सांसहरुलाई हेर्दा त्यहाँ केपी ओली समर्थक र पूर्व माधव नेपाल पक्षका सांसदहरु स्पष्ट छुट्टिएको थियो । प्रतिनिधिसभाको हलमा एकैदिन ३ पटक बसेको बैठकमा नेकपा एमालेका सांसदहरु तिनै रामकुमारी झाँक्री लगायत १४ जना गैरसांसद रहेको र उनीहरु सदनमा भएसम्म सदन चल्न नदिने भन्दै नारा लगाइरहेका थिए । तर, बाहिरको दृश्यको भने फरक थियो ।

बैठक सकिएपछि संसद भवनको प्राङ्गणमा नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्री नेकपा एमालेका सांसद योगेश भट्टराई र गणेश पहाडी सञ्चारकर्मीको अगाडि सामुहिक फोटो खिचाइरहेका थिए । जसले प्रतिनिधि सभाभित्र जस्तो गतिविधि भए पनि बाहिर उनीहरुबीच ब्यक्तिगत मित्रता राम्रो छ भनेर सन्देश दिन खोजेको थियो । फोटो खिचाइसकेपछि सांसद भट्टराई विभिन्न देशहरुको उदाहरण दिँदै नेपालको संसद निकै शान्त र मर्यादित रहेको बताइरहेका थिए ।

अब भदौ २५ गते बस्ने बैठकमा एमाले सांसदहरुको भूमिक कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ । बुधबार विरोधका बीच सभामुखले अधिवेशनमा संसदको अध्यक्षता गर्ने सांसदहरुको नाम वाचन गरे भने गृहमन्त्री वालकृष्ण खाणँले राजनीतिक दलसम्बन्धी ऐन दोश्रो संसोधन २०७८ अध्यादेश पेस गरे ।

यसै गरि, राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपाल विभाजन भएपछि १७ प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् । निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ ।

आयोगका अनुसार प्रदेश २ प्रदेशसभाबाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपाका पक्षमा सनाखत गरेका थिए । उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिइएको आयोगले जनाएको छ ।

जसपा छाडेर लोसपामा सामेल भएका प्रदेश २ का प्रदेशसभा सदस्यहरूमा जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, निलमदेवी भुमिहारीन, सुरिता कुमारी साह, जयनुल राइन, अलका कुमारी झा, बबिता कुमारी, रमेशकुमार कुर्मी, बाबुलाल साह कानु, डिम्पल कुमारी, प्रह्लाद गिरी गोछामी, उपेन्द्र महतो, अभिराम शर्मा, रानी कुमारी तिवारी र जितेन्द्र कुमार सोनार छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका जसपाका दुई प्रदेशसभा सदस्यमध्ये कृष्णबहादुर चौधरीले लोसपा नेपाल रोजेकोमा उनको सनाखतलाई पनि आयोगले अनुमोदन गरेको छ ।

प्रतिक्रिया