आज : गते

ताजा शिर्षकहरु

एमसीसी रोक्न चीन सक्रिय, प्रचण्डलाई दियो यस्तो कडा चेतावनी

प्रकाशित
500
SHARES

काठमाडौ।  एमसीसी रोक्न चीन मैदानमा उत्रिएको छ । एमसीसी पास नगर्न खुमलटारलाई चीनले चेतावनी दिएको छ । नेपालका लागि चीनका राजदूत होउ यान्छी खुमलटार पुगेकी हुन् । खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।

कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका सक्रिय भएको छ । एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढेको छ । यस्तोमा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय भएकी हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच ०९ः२० देखि ०९ः५० बजेसम्म भेटवार्ता भएको हो । सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।

यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् ।यद्यपि प्रचण्डले भने सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए । एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई चिनियाँ दबाब छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ