आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बामदेब गौतमले एक्कासी गरे यस्तो घोषणा, नेपाल समूहमा रुवाबासी

प्रकाशित
1.5K
SHARES

काठमाडौँ।  यतिबेला बामदेब गौतम माधब नेपालको पार्टीमा गएको विषय चर्चामा छ । बामदेब गौतम एक ठाउँमा स्थिर हुने नेतामा पर्दैनन । उनी ओलीतिर नै जान्छु भने पनि माधब नेपालतिर खुलेका छन । तर बामदेब गौतम कुन पक्षमा छन भन्ने यकिन भएको छैन । बामदेब गौतमले बजारमा आएको हल्ला गलत भएको बताएका छन ।

बनिनसकेको,विधान,घोषणापत्र हेर्न पाइनसकेको स्थितिमा सो पार्टीलाई आफ्नो समर्थन रहे पनि आज भोलि नै प्रवेश गरिहाल्ने भन्ने बाहिर चलेजस्तो चर्चा र परिचर्चामा सत्यता नभएको वामदेवको भनाई छ । बाहिरको हल्ला निराधार भएकाले माधब नेपालको पाटीैले उठाएका एजेण्डा मन नपरेमा ओली तिर नै फर्कनेतर्फ बामदेब गौतमले संकेत गरेका छन ।

फुटतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउने अन्तिम तयारीमा लागेका माधव नेपाललाई साथ दिन लागेको खबर बाहिरियो । उहाँ नेतृत्वको एकता अभियानले पनि हिजै यसनिम्ति म्याण्डेट दियो तर गौतमका अनुसार माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादीलाई आफ्नो पूर्ण समर्थन रहे पनि अहिल्यै सो पार्टीमा प्रवेश गरिहाल्ने बारे केही निर्णय भइसकेको छैन ।

निश्चय पनि केपी ओलीभन्दा माधव ठीक हुन् तर नयाँ पार्टीमा आफ्नो समूहको वैचारिक र राजनीतिक व्यवस्थापन कसरी गर्ने , अगाडिको कार्यक्रम के हुन्छ ती तमाम बिषय तय हुन बाँकी नै रहेको र आफ्नो एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली,सांसदबाट मन्त्री बन्न नपाउने,विज्ञ मात्र मन्त्री बन्ने,पूर्ण सामानुपातिक निर्वाचन प्रणाली,व्यक्ति वा पार्टी निर्वाचनमा लड्ने,संघीयता,न्यायपालिका,संद परिमार्जन गर्ने,त्यसका हकमा के गर्ने निर्क्यौल भइनसकेको कारण आफू पर्ख र हेरको रणनीतिमा रहेको वामदेवले सुनाए।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका नेताहरुमा माधवकुमार नेपाल खेमाका भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,रघुजी पन्त,बेदुराम भुसाल,घनश्याम भुसाल,भीम आचार्य,गोकर्ण बिष्ट,योगेश भट्टराई,सुरेन्द्र पाण्डेहरु एमालेभित्रै तेश्रो धार निर्माण गर्दैछन् ।

माधवको साथमा लागेका ९५ केन्द्रीय सदस्यको सूचि पल्टाउँदा वामदेव आफूले पनि मान्ने र वामदेवलाई पनि मान्ने मुकुन्द न्यौपाने,विरोध खतिवडा,राजेन्द्र पाण्डे लगायत छन् । पार्टीमा सात जना उपाध्यक्ष रहने भनिएको छ । संरचना कस्तो बन्ने टुंगिसकेको छैन ।

यसै गरि ,  नेपालमा एमसीसीको चौतर्फी विरोध भइरहेका बेला नयाा तरिकाबाट एमसीसी पास गर्ने भन्दैं अमेरिकाबाटै मैदानमा उत्रिएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले एमसीसीका अनुमोदनका लागि वैकल्पिक तरिका खोजी गरिने बताएका हुन्।

राजदूत खतिवडाले अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिला विभागकी उपसहायक सचिव लौरा स्टोनसँगको भेटका क्रममा एमसीसी सम्झौताको वैकल्पिक तरिका खोजी गरिनेमा आफू आशावादी भएको बताएका छन्।

एमसीसीका अधिकारीको नेपाल भ्रमणको एक साताअघि भएको स्टोनसँगको भेटमा नेपालमा सरकार परिवर्तन भए पनि विदेश नीतिमा परिवर्तन नहुने बताएका छन्। उनले भने, सरकारको परिवर्तनको बावजुद नेपालको आधारभूत परराष्ट्र नीतिमा परिवर्तन हुँदैन।

नेपाल अमेरिकासँग लामो समयदेखिको मैत्रीपूर्ण र सहकार्यको सम्बन्धलाई सुदृढ बनाउन चाहन्छ। उनले नेपाल सरकार एमसीसी कम्प्याक्टलाई मैत्रीपूर्ण र सहकार्य सम्बन्धको समान भावनाका साथ अगाडि बढाउन प्रतिबद्ध रहेकोसमेत बताएका छन्।

उनले भने, एमसीसीको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेपाल भ्रमणले कम्प्याक्टको बारेमा रहेका शंकाहरु र भ्रमहरुलाई हटाउँदै परियोजनालाई अगाडि बढाउनको लागि सहयोगी हुनेछ। दुबै पक्ष सहमत भएमा कम्प्याक्टको पुनस् समीक्षा वा अनुमोदनको वैकल्पिक तरिका खोज्‍न सहयोगी हुनेमा विश्‍वास व्यक्त गर्दछु।

उपसहायक सचिव स्टोनले राजदूत खतिवडासँग एमसीसीको नेपाल भ्रमणका क्रममा हुनसक्‍ने सुरक्षा खतराबाट जोगिने सुनिश्‍चितताबारे प्रश्‍न गरेकी थिइन्। उनले नेपाल सरकारलाई एमसीएका स्टाफ र पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न र कम्प्याक्टका विषयमा फैलिएका गलत सूचनाको अभियान रोक्न आग्रह गरेकी हुन्।

यसै गरि , सत्ता साझेदार नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदसँग आग्रह गरेको हो ।

वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘एमसीसी लगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्वीकार गर्न सकिँदैन ।

नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरु नसच्याइ पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।’ गत भदौ १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईसीएल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ।

त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताए । वाईसीएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ।

प्रतिक्रिया