आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भीम रावललाई अर्को झट्का, सबैले साथ छाडेपछि खाना रुच्न छोड्यो

प्रकाशित
1.7K
SHARES

काठमाडौ। नेकपा एमालेका नेता भीम रावल आफ्नै सुदूरपश्चिम प्रदेशमा कमजोर भएका छन् । केही समयअघिसम्म माधवकुमार नेपालसँग लागेर राजनीति गर्दै आएका उनी अचानक ओलीसँग लागेपछि कमजोर भएका छन् । नेपाललाई पार्टी विभाजन गर्नुपर्छ उचाल्ने प्रमुख पात्रका रुपमा रावल नै चिनिन्थे ।

अन्त्यमा आएर ओलीको आश्वासनमा परेपछि उनी एमालेमै रहेका छन् । रावलले अछाम –१ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका हुन् । एमालेको उपाध्यक्षसमेत रहेका रावललाई एक समयमा ओलीले पार्टी एकता भएपछि कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएका थिए ।

रावल सरकारबाहिर हुँदा राष्ट्रवादको चर्को नारा लाउने नेतामध्येकै एक हुन् । उनी मन्त्रीको जागिर खाइरहँदा देश र जनताको बारेमा केही बोल्दैनन्, मन्त्रीको जागिर खुस्केपछि उनीभन्दा राष्ट्रवादी अरु कोही पनि भएजस्तो लाग्दैन ।

रावल पार्टीको बीचको धारमा बसेर फाइदा खोज्ने मान्छे हुन् । सुदूरपश्चिमका उनी एमालेमै फर्के पनि उनले एकजना सांसदबाहेक कसैलाई लान सकेनन् । रावललाई प्रकाश बहादुर शाहले मात्र समर्थन गरे ।

सुदूरपश्चिममा रहेका ५३ सांसदमध्ये नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १३ सांसदले हस्ताक्षर गरेका छन् । २५ सांसद रहेको एमालेका अब १२ सांसदमात्र रहेका छन् । एमाले कमजोर भएपछि रावलको अस्तित्व पनि गुमेको छ ।

रावलले आफू जता गयो त्यतै सबै जाने भनेर दाबी गरे पनि एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट दिक्क भएका सांसदले अन्तिममा नेपाल नै रोजेका हुन् । आफ्नो पार्टीको बहुमत भएपछि यो प्रदेशमा नेपालको पार्टीले सरकार मागने सम्भावना छ ।

नेपालले मुख्यमन्त्री पाए यहाँ पूर्वमन्त्री दीर्घबहादुर सोडारी र तारा लामा तामाङमध्ये एक मुख्यमन्त्री हुन सक्ने पार्टीले जनाएको छ । यो प्रदेशमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् ।

भट्टले जेष्ठ २५ गते संसदमा विश्वासको मत पाएका थिए । भट्टले विश्वासको मत पाएपछि रावलले उनलाई बधाई दिएका थिए । नेपाल पक्षका सांसदले पनि उनलाई मतदान गरेका थिए ।

यसै गरि, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न नहुने अडान् दोहो¥याएका छन् । नेपाललाई सिध्याउन एमसीसी छिराएको भन्दै उनले यसलाई जसरी पनि रोक्नपर्ने बताएका छन् । उनलाई एमसीसीका प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिएको पनि चित्त बुझेको छैन् ।

एमसीसी प्रतिनिधि मण्डलले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन् ।

रावलले भनेका छन्, ‘हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ! हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !रावल एमसीसी परियोजना कुनै हालतमा पास गर्नु हुँदैन भन्ने पक्षमा शुरुदेखि नै छन् ।

यसै गरि , अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौं ओर्लिए लगत्तै भारतलाई छटपटी शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट भारतीय जनता पार्टीका नेता राम माधव पनि सुटुक्क काठमाडौँ आइपुगेका हुन्।

भाजपा विदेश मामिला विभाग प्रमुख विजय चौथाइवाले आएको एक महिना नबित्दै अर्को उच्चस्तरीय भ्रमण भएको हो। चौथाइवाले ६ भदौमा काठमाडौं आएर चार दिनसम्म राजनीतिक भेटघाटपछि फर्किएका थिए। एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा बाँडिएका बेला सत्तारुढ कांग्रेसकै निमन्त्रणमा पूर्व महासचिव माधव काठमाडौं उत्रिएको स्रोतले जनाएको छ।

भदौ २४ गते बिहीबार नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानबाट भाजपाका नेता राम माधवसहित दुई जना १५÷५५ बजे काठमाडौं उत्रिएका हुन्। काठमाडौंको गोकर्ण रिसोर्टमा बसिरहेका उनको भेटघाट तालिका खुल्न सकेको छैन। पछिल्लो समय दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेका बेला भाजपासम्बद्ध राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्य पनि रहेका माधवको भ्रमणलाई अर्थपूर्ण भनिएको छ।

भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएयता भारतप्रति नेपाली जनसाधरणसम्म आक्रोश बढेको छ। त्यस्तै दार्चुला सदरमुकामस्थित नेपाली आकाशमा भारतीय हेलिकोप्टर बिनाअनुमति उडाएको प्रकरणले पनि चिसोपना बढाएको छ।

यी दुवै घटनालाई लिएर गत शुक्रबार सरकारले भारतलाई कूटनीतिक नोट लेखिसकेको छ। नेपालले पठाएको कूटनीतिक नोटबारे हालसम्म भारतले कुनै जवाफ दिएको छैन। यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक माधवको भ्रमण तनावपूर्ण स्थितिलाई साम्य पार्न भएको अनुमान पनि कतिपयले गरेका छन्।

अमेरिकाले करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुने एमसीसीबारे निर्णायक छलफल नेपालमा थालिसकेको छ। एमसीसी उपाध्यक्ष फातिमा सुमारले बिहीबारै एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट फुटेर गएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरिसकेकी छन्।

राम माधवले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तयारी छ। तर उनले भेटघाट तालिकाबारे केही बताइएको छैन। एक महिना नबित्दै भाजपा नेताको यो दोस्रो उच्चस्तरीय भ्रमण नेपालको राजनीतिमा केही न केही प्रभाव छाडेर जानु आँकलन गर्न थालिएको छ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला विश्व महाशक्ति अमेरिकी टोली र भाजपा नेता एकै दिन काठमाडौं उत्रिएका छन्। एमसीसीबारे कांग्रेस जस्ताको तस्तै पास गर्ने पक्षमा उभिएको छ। तर माओवादी र एकीकृत समाजवादी भने कुनै हालतमा संशोधन गरी पास गर्ने पक्षमा छैनन्।

राम माधवले यसभन्दा पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालमा २०७५ सालमा नेपालको भ्रमण गरेका थिए। त्यसबेला उनले नेपाललाई लिएर विवादित टिप्पणी गरेका थिए। उनले नेपालले दक्षिण नीति नै अपनाउनुपर्ने टिप्पणी त्यसबेला गरेका थिए। ‘नेपालले सामुद्रिक मार्गमा सहज पहुँच र फाइदाका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाओस्, उनले भनेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ