आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवा एक्सनमा, यस्तो बोल्ड निर्णय गरेपछि बालकोटमा खैलाबैला

प्रकाशित
1.6K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेर बहादुर देउवा एक्सनमा उत्रिएका छन् । उनले ब्याक ब्याक बोल्ड निर्णय लिन थालेका छन् । सरकारले रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय हो । सरकारले उनलाई पदबाट हटाउने योजनाका साथ स्पष्टीकरण सोध्ने निर्णय गरेपछि र अब ओली सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने तयारी भएको कुरा बाहिरिएपछि बालकोटमा खैलाबैला मच्चिएको छ ।

यसैबीच, देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ । पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ । देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिएको थियो ।

शाक्यको कार्यमा सुधार नदेखिएपछि सोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी गराएकी थिइन् । सोही अनुसार मन्त्री भुसालले शाक्यलाई प्रधानमन्त्री देउवा समक्ष राखेर राजीनामा दिन भनेका थिए ।

यसैबीच ऊर्जा मन्त्रालयले आजै केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ ।

विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत थिए ।

सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिँचाइतर्फको सहसचिवको जिम्मेवारी दिइएको छ । यस्तै, सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रमुख रहेका सुशील आचार्यलाई सिँचाइ विभागको जिम्मेवारी दिइएको छ ।

यसै गरि , कांगे्रस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिका विपरित वडा अधिवेशन स्थगनको एक लौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

तालिका अनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ । क्रियासिल सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समुहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समुहले विपक्षी समुहमा अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भने–धेरैजसो स्थानमा निर्बिरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् । सभापति मल्लले जिल्ला अधिवेशन भाड्न खोजे पनि उनकै समुहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् ।

दुबै समुहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्वत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् । ‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएका छन्’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भन्नुभयो– ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिका अनुसार जाने हो, ब्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भातृ तथा शुभेच्छुक संगठनले हिजै विज्ञप्ती निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेसकै केही नेताहरुले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दवाव दिएका थिए । तर, समितिले कुनै व्यक्तिको निहीत स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो ।

जिल्ला सभापति मल्ल समुहले भने निर्वाचन प्रक्रियामा आफूहरुको असहमति रहेको जनाएको छ । अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ५ हजार ६ सय ४३ क्रियासिल सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

ओली सरकारको बजेटमा संशोधन, कर्णालीका गरिबका लागि ३ महिने कार्यक्रम

अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने आर्थिक विधेयक ०७८ पेस गरेका छन् । मन्त्री शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्दै आर्थिक विधेयकमार्फत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष ०७८-७९ का लागि पेस भएको बजेटमा संशोधन गरेका हुन् ।

मन्त्री शर्माले विद्यमान गरिबी न्युनिकरण गर्ने, उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, समावेशी र समाजवाद उन्मुख गणतन्त्र स्थापना गर्नेलगायत उद्देश्यले बजेटमा संशोधन गर्नुपरेको बताए । उनले कर्णालीका गरिबहरुका लागि तीन महिनाभित्र योजना तयार गरी प्रस्तुत गर्ने र समाजमा विद्यमान विभिन्न प्रकारका विभेदलाई कम गर्न प्रभावकारी कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरे ।

सरकारले चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको अध्यादेश बजेटमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु खर्चतर्फ विभिन्न शीर्षकको १० प्रतिशत बजेट कटौती गरिएको बताए ।

‘बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकनलगायत शीर्षकको खर्च विविध कार्यक्रम खर्चमा विनियोजित बजेटमा कम्तीमा १० प्रतिशत कटौती गरेको छु,’ मन्त्री शर्माले भने, ‘यसरी बचत भएको पाँच रुपैयाँ कोभिड विरुद्धको खोप खरिदमा खर्च गरिनेछ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ