आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउबा, नेपाल समुहलाई मालामाल

प्रकाशित
1.2K
SHARES

काठमाडौ। सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर करिब ५५ अर्ब रुपैयाँ अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।

सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । काठमाडौं आएकै दिन यो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ ।

छलफलको क्रममा सुमारले एमसीसी अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नभएको बताएकी छन् । त्यस्तै आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरिएको बालुवाटार श्रोतको भनाई छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका केही नेतालाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको श्रोतको दावि छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले एमालेले कारवाही गरेका १४ नेताहरुको विषय अदालतमा रहेकाले तत्काल सरकारमा सहभागी हुन नसकिने जनाएको छ । जनमोर्चाले पहिला नै सरकारमा नजाने स्पष्ठ पारिसकेको छ ।

यसै गरि , अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौं ओर्लिए लगत्तै भारतलाई छटपटी शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट भारतीय जनता पार्टीका नेता राम माधव पनि सुटुक्क काठमाडौँ आइपुगेका हुन्।

भाजपा विदेश मामिला विभाग प्रमुख विजय चौथाइवाले आएको एक महिना नबित्दै अर्को उच्चस्तरीय भ्रमण भएको हो। चौथाइवाले ६ भदौमा काठमाडौं आएर चार दिनसम्म राजनीतिक भेटघाटपछि फर्किएका थिए। एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा बाँडिएका बेला सत्तारुढ कांग्रेसकै निमन्त्रणमा पूर्व महासचिव माधव काठमाडौं उत्रिएको स्रोतले जनाएको छ।

भदौ २४ गते बिहीबार नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानबाट भाजपाका नेता राम माधवसहित दुई जना १५÷५५ बजे काठमाडौं उत्रिएका हुन्। काठमाडौंको गोकर्ण रिसोर्टमा बसिरहेका उनको भेटघाट तालिका खुल्न सकेको छैन।

पछिल्लो समय दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेका बेला भाजपासम्बद्ध राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्य पनि रहेका माधवको भ्रमणलाई अर्थपूर्ण भनिएको छ।

भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएयता भारतप्रति नेपाली जनसाधरणसम्म आक्रोश बढेको छ। त्यस्तै दार्चुला सदरमुकामस्थित नेपाली आकाशमा भारतीय हेलिकोप्टर बिनाअनुमति उडाएको प्रकरणले पनि चिसोपना बढाएको छ।

यी दुवै घटनालाई लिएर गत शुक्रबार सरकारले भारतलाई कूटनीतिक नोट लेखिसकेको छ। नेपालले पठाएको कूटनीतिक नोटबारे हालसम्म भारतले कुनै जवाफ दिएको छैन। यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक माधवको भ्रमण तनावपूर्ण स्थितिलाई साम्य पार्न भएको अनुमान पनि कतिपयले गरेका छन्।

अमेरिकाले करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुने एमसीसीबारे निर्णायक छलफल नेपालमा थालिसकेको छ। एमसीसी उपाध्यक्ष फातिमा सुमारले बिहीबारै एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट फुटेर गएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरिसकेकी छन्।

राम माधवले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तयारी छ। तर उनले भेटघाट तालिकाबारे केही बताइएको छैन। एक महिना नबित्दै भाजपा नेताको यो दोस्रो उच्चस्तरीय भ्रमण नेपालको राजनीतिमा केही न केही प्रभाव छाडेर जानु आँकलन गर्न थालिएको छ। एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट बढिरहेका बेला विश्व महाशक्ति अमेरिकी टोली र भाजपा नेता एकै दिन काठमाडौं उत्रिएका छन्।

एमसीसीबारे कांग्रेस जस्ताको तस्तै पास गर्ने पक्षमा उभिएको छ। तर माओवादी र एकीकृत समाजवादी भने कुनै हालतमा संशोधन गरी पास गर्ने पक्षमा छैनन्। राम माधवले यसभन्दा पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालमा २०७५ सालमा नेपालको भ्रमण गरेका थिए।

त्यसबेला उनले नेपाललाई लिएर विवादित टिप्पणी गरेका थिए। उनले नेपालले दक्षिण नीति नै अपनाउनुपर्ने टिप्पणी त्यसबेला गरेका थिए। ‘नेपालले सामुद्रिक मार्गमा सहज पहुँच र फाइदाका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाओस्, उनले भनेका थिए।

प्रतिक्रिया