आज : गते

ताजा शिर्षकहरु

सभामुखलाई अर्को झट्का, योगेश भट्टराईले लगाए गम्भीर आरोप

प्रकाशित
1.7K
SHARES

काठमाडौँ। एमाले सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नुपरेको स्पष्ट पारेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले दलले ह्विप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले एमालेलाई फुटाउन सघाउ पुर्याएको आरोप लगाए ।

उनले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरूलाई विभिन्न ढंगले ट्रिट गर्नुभएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने, ह्विप उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्का ‘हत्यारा’को संज्ञा दिइन् । उनले संसद्का हत्याराहरूले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।

सभामुख सापकोटा झनै आक्रोशित

बुधबारबाट सुरु भएको संसदको नवौँ अधिवेसन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण चल्न सकेन । बैठक सुरु हुना साथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाको कार्यर्शलीको विरोध गर्दै संसद चल्न नदिने बताए । सचेतक भट्टराईले सभामुख दल विभाजको मतियार बनेको आरोपसमेत लगाए ।

उनले एमालेको अनुशासन उल्लंघन गरेका १४ सांसदलाई १ गते नै कारवाही गरी सभामुखको टेबुलमा पु¥याएर जानकारी गराएको र निर्वाचन आयोगलाई कारवाहीको सूचना पु¥याए पनि नियम विपरीत एमाले फुटाउन सभामुखको मतियारको भूमिका निर्वाह गरेको आरोप लगाए ।

एमालेले कारवाही गरेका सांसदलाई बचाउन र एमाले टुक्र्याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो ? किन सारथीको भूमिका निर्वाह गर्नुभयो, दल विभाजनका लागि तपाईं किन मतियार बन्नुभयो ?” सभाभमुखको भूमिका प्रश्न उठाउँदै एमाले प्रमख सचेतक विशाल भट्टराईले भने, “आज सम्मानीत सदनसमक्ष जोडदार रुपमा यो प्रश्न उठाउन चाहन्छौँ, यसको जवाफ हामीलाई चाहिएको छ ” भन्दै प्रश्न गरेका थिए ।

भट्टराईको प्रश्नपछि सभामुखले जवाफ दिन लाग्ने बित्तिकै एमाले सांसदहरु रोष्टम घेराउ गर्न पुगिसकेका थिए । “माननीय सदस्यहरु, तपाईंले जवाफ माग्नुभएको छ, म जवाफ दिन जाँदैछु,” सभामुख सापकोटाले भने, “माननीय सदस्यहरु, यसै बैठकमा प्रतिपक्षले उठाएको विषयमा मैले प्रचलित कानुनका आधारमा रहि निर्णय लिएको हुँ, हाल यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न नसकिने बन्देज गरेको व्यहोरा जानकारी गराउँछु ।”

एमाले सांसदहरुले सभामुख सापकोटाको जवाफ नै नसुनि सभामुखविरुद्व ‘मुर्दावाद’ सम्मको नारा लगाए । निरन्तर एमालेले मुर्दावादको नारा लगाउँदै सदन अवरुद्व गरेपछि सभामुख सापकोटा आक्रोशित बनेका थिए ।

सभामुख सापकोटाले आक्रोशित हुँदै् ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग, र घ’का प्रावधानहरु सम्झाए । अझै एमालेले नाराबाजी कायम राखेपछि सभामुखले कारबाहीको चेतावनीसमेत थिए ।

चार दिने नेपाल भ्रमणका लागि अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएसँगै राजनीतिक दलहरू दबाबमा परेका छन् ।

उपाध्यक्ष फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवालाई शुक्रबार फातिमाले भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

यसअघि बिहीबार दिउँसो २ बजे बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । फातिमाको काठमाडौं आगमनले राजनीति दलरू दबाबमा परेका छन् । फातिमासँग भेट्नु अघि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार अपरान्ह भेटवार्ता हुने भएको छ । ‘उहाँहरूबीच आज अपरान्ह छलफल हुने तयारी छ । समय तय भइसकेको छैन’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

यता सत्तारुढ दलहरूमध्ये कांग्रेसले एमसीसी पारित गर्नुपर्ने खुलस्त रुपमा बताइसकेको छ। बुधबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई अहित नहुने गरी ।एमसीसीबारे निर्णय लिनुपर्ने बताए थिए । सत्तारुढ दलहरुबीच नै एमसीसीबारे फरक फरक विचार रहेकाले समान धारणा बनाउन बिहीबार बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सबै दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले एमसीसीबारे अहिले धारणा बनाउने बताएका थिए ।

एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको जानकारी दिएको छ ।

एमसीसीबारे राजनीतिक दलहरूबीच नै मतभेद छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यथास्थितिमा पारित गर्न नहुने निष्कर्षमा छ । तर, यही बेला एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमणको अर्थ पूर्ण मानिएको छ । अमेरिका यही समयमा एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउने पक्षमा रहेको छ र सोही कारण फातिमाको नेपाल भ्रमण गराइएको टिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ