आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिवानको नाम लिदैं चीनले फेरि गर्यो यति ठूलो घोषणा, हल्लियो अमेरिका

प्रकाशित
1.4K
SHARES

काठमाडौँ। अफगानिस्तानबाट तालिवानहरुले अमेरिकालाई लखेटेपछि नयाँ सरकार गठन गरेको छ । नयाँ सरकार गठनपछि चीनले तालिवानलाई ब्याक टु ब्याक सहयोगको घोषणा गरिरहेको छ चीनले ।

चीनले अफगानिस्तानका लागि सहयोगको घोषणा गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । सत्ता कब्जा गरेको तालिबानले अन्तरिम सरकार घोषणा गरेको अर्को दिन चीनले अफगानिस्तानलाई मानवीय सहायता र कोरोनाभाइरसविरूद्धको सहयोग दिने घोषणा गरेको हो।

बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो। सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ।

विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन्। अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो।

गत अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल भएको छ। अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनु पर्ने र अफगान भूमिलाई आतंकवादी समूहको आश्रयस्थल बनाउन नहुने बताएका छन्।

तालिबानहरूले अन्तरिम सरकारमा महिलालाई समावेश नगरेको र अधिकार माग्दै प्रदर्शन गरिरहेका महिलामाथि दमन गरिरहेकाले पश्चिमा मुलुकले अब अफगानिस्तानमा कसरी सहायता दिन्छन् भन्ने एकिन भइसकेको छैन।

उता, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ। अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामिज अलाकबारोभले एक महिनामै तीन अफगानमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने बताएका हुन्।

‘मानवीय हिसाबले अफगानिस्तानको अवस्था अहिले निकै तनावपूर्ण छ,’ अलाकबारोभले अघिल्लो साता भनेका थिए ,‘अहिले पनि देशका आधाभन्दा बढी बालबालिकाले अर्को छाक खानका लागि संघर्ष गरिरहेका छन्।’

अलाकबारोभका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले अर्को छाक खान पाउनेरनपाउने टुंगो हुँदैन। संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले केही साताअघि खाद्यान्न ल्याएर लाखौं मानिसलाई बाँडेको थियो।

विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने अलाकबारोभको भनाइ छ। त्यसपछि थप खाद्यान्न ल्याउन २० करोड डलर रकम तत्काल चाहिने अलाकबारोभले बताए।

उक्त पैसाको जोहो भने भइसकेको छैन। अलजजिरा टेलिभिजनका अनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा बजार मूल्य आकासिएको छ। खाद्यान्नको मूल्य ५० र पेट्रोलियम पदार्थको मूल्य ७५ प्रतिशतसम्म बढेको छ। सरकारी कर्मचारीहरूले तलब पाउन सकेका छैनन्।

यसै गरि , अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन्।

दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन्।

उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन्। बीबीसीका एक जना दक्षिण एशिया सम्वाददाताले उनले प्रतिक्रिया जनाउन निकै ढिला भइसकेको बताउँदै अफगान नागरिकहरूले गनीलाई माफ गर्न नसक्ने बताएका छन्।

अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन्। उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए। अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्। उनलाई तालिबानले सधैँ अमेरिकाको “कठपुतली” का रूपमा चित्रित गर्ने गरेको छ।

तेस्तै :  अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानले सरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् ।

मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब हुनेछन् भने मुल्लाह अब्दुल सलाम सेकेण्ड डेपुटीको रुपमा रहनेछन्।

त्यस्तै गृहमन्त्रीमा सराजुद्दिन हक्कानी रहेका छन् । उनी हक्कानी नेटवर्क नामक चरमपन्थी संगठनको प्रमुख पनि हुन् । उनी अमेरिकाको एफबीआईको वान्टेडको सूचीमा छन् । अमेरिकाले हक्कानी नेटवर्कलाई पनि आतंकवादी संगठन मान्दै आएको छ ।

तालिबानका प्रवक्ता मुजाहिदले अहिले गठन गरिएको सरकार अन्तरिम सरकार रहेको बताएका छन् । उनले अबको केही समयमा पूर्ण सरकार पनि गठन हुने बताएका छन् । यद्यपि अहिले यो सरकार अफगानिस्तानको कार्यकारी सरकार हुनेछ ।

यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गरिने बताए पनि मंगलबार घोषणा गरेपछि नयाँ अनुहारलाई भने अहिले घोषणा गरिएको सरकारमा समावेश गरिएको छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया