आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसी रोक्न प्रचण्ड सक्रिय, गम्भीर कदम चल्ने चे’तावनी

प्रकाशित
1.4K
SHARES

काठमाडौ। अमेरिकाले नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ फर्काएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सक्रियता बढेको छ । विहान विहानै विभिन्न दलका नेताहरुसँग प्रचण्डले भेटघाट गरेका छन् । नेपाल सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बारे उठेका प्रश्नहरुलाई समेटेर अमेरिकासँग लवाफ मागेको थियो ।

अमेरिकाले परियोजनाको सम्झाता भइसकेकाले अब परिमार्जन गर्न नसकिने जवाफ पठाएपछि प्रचण्डको दौडधुप बाग्लिएको हो। आज विहान सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।

हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन ।

त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गरिरहेका छन् । प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष काठमाडौं आउँदा नयाँ खालको विराध प्रर्दशन भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा ‘नो एमसीसी’ भन्दै नयाँ खालको विरोध प्रदर्शन भएको हो ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् । त्यसैवेला कार चढेर आएका युवाहरुले विरोध गरेपछि प्रहरीनै चकित भएको छ ।

उपाध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् ।‘नो एमसीसी’ लेखेका टि–सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा त लिएन तर कार त्यहाँबाट हटाएको थियो ।उनी नेपालमा रहदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीको नेता बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम छ ।भेटमा उनले एमसीसी पास गर्न दवाव दिने बुझिएको छ ।

यसै गरि ,  देउवा नेतृत्वको सरकारले भारतविरुद्ध बोल्न डराउछ भन्नेहरुलाई गतिलो जवाफ मिलेको छ । देउवा सरकारले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याएर ईतिहास रच्ने संकेत देखाएको हो । सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो ।

केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्ने निश्चित गरेपछि महानिर्देशक नेबललाल श्रेष्ठले भने, ‘स्थानीय तह र सरकारले वातावरण मिल्यो भने भौतिक उपस्थितिमा नै जनगणना गरिनेछ, नभए स्याटलाइट प्रविधिबाट भए पनि जनगणना गरिनेछ ।

विभागका महानिर्देशक श्रेष्ठले सो भूभागमा जनगणना गर्नु संवेदनशील रहेकाले विभाग एक्लैले गणना गर्न भने सक्दैन । ‘यो एकदमै संवेदनशील विषय हो । तथ्यांक विभाग मात्रै गएर त्यहाँ जनगणना गर्न सक्ने अवस्था छैन ।’स्थानीय, प्रदेश र केन्द्र सरकारसँग हामी निरन्तर छलफलमा छौं। के सम्भव छ, निक्र्यौल गर्छौं ।’ कोरोनाका कारण स्थगित जनगणनाको मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुनेछ।

सोभन्दाअगावै भाद्र ३० देखि असोज १८ सम्म घर तथा घरपरिवार सूचीकरण कार्य गरिने राष्ट्रिय तथ्यांक विभागले उल्लेख गरेको छ । मूल जनगणना कार्य अवधिमा अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना गर्ने श्रेष्ठले जानकारी दिए ।

गणक, सुपरीवेक्षकको समेत सर्टलिस्ट गरिसक्दा लिपुलेक–लिम्पियाधुराका लागि भने सम्भव भएसम्म समेट्ने प्रयास गरिने महानिर्देशक श्रेष्ठ जानकारी दिए । उनले विश्वका कयौं विवादित भूभागमा स्याटलाइट, जीपीएसको प्रयोग गर्दै गणना गरिएको बताउँदै कुनै सीप नलागेमा वैकल्पिक उपाय अवलम्बन गरिने बताए ।
गत जेठ २५ देखि असार ८ सम्म जनगणना गरिने प्रारम्भिक कार्यक्रम रहे पनि मन्त्रिपरिषद्ले कोरोना महामारीको असर बढेको भन्दै गत वैशाख १९ तत्कालका लागि कार्यक्रम रोकेको थियो ।

प्रतिक्रिया