काठमाडौ। विद्यार्थी भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी २६ वर्षीया गट्र्युड लियोनार्द किमोरो पक्राउपछि लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृत ढुक्क थिए–लागुऔषध कारोबारको नेपाल ‘नेक्सस’ अब हात लाग्नेछ । किनभने उनी लागुऔषध कारोबार नेपालमा ‘एन्टी सर्भिलेन्स’को भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानमै देखिएको थियो । तर, उनीमाथिको विस्तृत अनुसन्धानले परिणाम थप गम्भीर देखायो ।
किमोरोसँग उपलब्ध सबै सामग्री बरामद गरेर मिहिन विश्लेषण गर्दा उनी लागुऔषधबाहेक यौनधन्दामा पनि संलग्न रहेको भेटियो । उनले प्रयोग गर्ने मोबाइल र ल्यापटप ‘डिभाइस’मा यौन कारोबारका दररेट तोकिएको सन्देश भेटिए । ग्राहकको सूचीसमेत भेटियो, जसमा प्रतिष्ठित घरानादेखि व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूको नामावली ‘कोड’ भाषामा समावेश थिए ।
धन्दाका लागि ‘स्पट’ पनि ‘कोड’ भाषामै तोकिएका थिए । केही ग्राहकलाई भने उनले क्षेत्रपाटीस्थित फ्लाटमै लिएर जान्थिन् । यही प्रयोजनका लागि क्षेत्रपाटीस्थित एक भव्य घरमा प्रतिमहिना २० हजार भाडामा फ्लाट लिएको प्रहरीले जनायो ।
यही क्रममा युगान्डा, आइभरिकोस्ट र नाइजेरियाका केही महिला पनि पक्राउ परे । अनुसन्धानका क्रममा उनीहरू पनि कहीँ–कतै यौनधन्दामै सक्रिय भएको सुराक भेटिएको प्रहरी बताउँछ । पक्राउ परेकामध्ये युगान्डाकी युवतीको बाक्लो उठबस किमोरोसँग भएको देखियो । प्रहरीका अनुसार यसबीचमा ५० भन्दा धेरै शंकास्पद व्यक्ति पक्राउ परे ।
तीमध्ये कोही विद्यार्थी त कोही खेलाडीको आवरणमा नेपाल बस्दै आएका भेटिए । विद्यार्थी भिसामा नेपाल बस्ने उनीहरू कलेज भर्ना भएको त देखिन्छ, तर खेलाडीको आवरणमा बस्नेहरू नेपालका कुनै क्लबसँग आबद्ध छैनन् । क्षेत्राधिकारभन्दा बाहिर भएकाले किमोरोबाहेक सबैलाई प्रहरीले निगरानीमा रहने गरी छाड्यो ।
अफ्रिकी र दक्षिण अमेरिकी नागरिकसँग पनि उनको सम्पर्क हुने गरेको देखिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले भने, ‘लागुऔषधसँग सम्बन्धित अपराधलाई ब्युरोले मिहिन ढंगले केलाउँछ । प्राप्त प्रमाण विश्लेषण गर्नु हाम्रो ड्युटी हो । हामीले कोक– २ अपरेसनमा पनि त्यही गर्यौँ । यस क्रममा पक्राउ परेकी तान्जानियाली युवती लागुऔषध कारोबारबाहेक अन्य धन्दामा पनि संलग्न रहेको सुराक हामीले फेला पार्यौँ ।
उनीसँग सम्पर्क भएकी अन्य युवतीको धन्दा पनि शंकास्पद नै देखिन्छ । यिनीहरूलाई अब निगरानीमा राख्न जरुरी छ । नत्र ढिलोचाँडो दुर्घटना हुने निश्चित छ ।’ किमोरो गत जनवरीमा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा भर्ना भएकी थिइन् । दुई किलो नौ सय ६६ ग्राम कोकिन कारोबारका क्रममा सिन्धुलीको खुर्कोटबाट पक्राउ परेपछि विद्यार्थीको आवरणमा उनले गरेको अपराध सार्वजनिक भएको थियो ।
ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुरहाइटस्थित कासाबेल अपार्टमेन्टमा यौन धन्दा संचालन भएको पाइएको छ । प्रहरीले ६ महिना लगाएर अनुसन्धान गरेपछि यस्तो रहस्य खुलेको हो ।
अपार्टमेन्ट को ५ औं तल्लामा यस्तो धन्दा चलेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । ‘हामी प्रहरी हौं, तपाईंहरू कतै नजानुस्,’ ढोका खोल्नेबित्तिकै प्रहरीले यसो भन्दा मकवानपुरको हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया एक महिला हतार–हतार कपडा मिलाउन थालिन् । अरू पनि हस्याङफस्याङ गर्दै उठे ।
केही त अर्धनग्न अवस्थामा थिए । एक्कासि प्रहरी पुगेपछि उनीसहित ७ जनाले आफूहरू आफन्त भएको नाटक गरे, तर प्रहरी पत्याउन तयार थिएन । पूर्व सूचनाका आधारमा नै त्यहाँ छापा हानिएको थियो ।
प्रहरीले छापा हान्दा मादक पदार्थका बोत्तल र कन्डमहरू यत्रतत्र छरिएका थिए । त्यहाँ ४/५ वटा बेड पनि थियो । प्रहरीलाई त्यहाँ ललितपुरका लिला (नाम परिर्वतन)ले यौन व्यवसाय चलाउँदै आएको भन्ने सूचना थियो । त्यहाँ जानका लागि प्रहरीले उनको मोबाइल नम्बरको अनुसन्धान गरेको थियो ।
फरार अवस्थामा रहेकाले प्रहरीले उनको वास्तविक पहिचान खुलाएको छैन । प्रहरी ग्राहक बनेर अपार्टमेन्टमा छिरेको थियो । गेटमा नाम टिपाइदिनेदेखि ढोका खोल्न लगाउनेसम्मको काम तिनै महिलाले गरेकी थिइन् ।
ढोकामा अत्याधुनिक सेक्युरिटी सिस्टमको लक कोड राखिएको रहेछ । प्रहरीलाई त्यहाँ छिर्नका लागि ६ महिनासम्म अनुसन्धान गर्नुपरेको थियो । प्रहरीका अनुसार यौनधन्दा चलाउने मुख्य व्यक्ति पैसा मिटरब्याजमा लगाउने र मानव बेचबिखनमा समेत संलग्न छन् । उनी अहिले फरार छन् । प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी रहेको छ ।
उनीहरूले त्यहाँबाट फोनमार्फत ग्राहक खोज्ने र उनीहरूलाई सम्पर्क गरेर यौनधन्दा चलाउने गरेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले बताइन् ।
‘उनीहरूले त्यसलाई अफिसको रूपमा राखेका रहेछन्,’ एसएसपी बज्राचार्यले भनिन्, ‘त्यहाँबाट ग्राहक खोज्ने, बोलाउने र धन्दा चलाउने गरेको देखियो ।’ एसएसपी बज्राचार्यका अनुसार कोरोना भाइरसको संक्रमणका कारण फोनबाट सम्पर्क गर्ने र त्यसअनुसार नै व्यवस्थापन गर्ने गरेको पाइएको छ ।
उनीहरूले यौन धन्दा व्यवसायिक रूपमा चलाउँदै आएको समेत पुष्टि भएको छ । त्यसका लागि उनीहरूले एक जना लेखापाल (एकाउन्टेन) राखेका थिए । ती लेखापालले दैनिक कति ग्राहक आए ? को–को आए ? कति पैसाको यौन व्यापार आयो र कति कमिसन आयो भन्ने राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनीहरूले त्यसका लागि ३ वटा ‘डे बुक’मा पैसाको व्यवस्थापन गर्दै आएको देखिएको छ । ‘उनीहरूले को व्यक्ति आएरगए भन्ने कुरा राख्नका लागि ३ वटा डे बूक व्यवस्थापन गरेका थिए,’ एसएसपी बज्राचार्यले भनिन् । प्रहरीका अनुसार उनीहरूले एकजना ग्राहकसँग न सम्पर्क गरेबापत एक युवतीबाट २५ प्रतिशत कमिसन समेत लिने गरेका थिए ।
उनीहरूले व्यक्ति हेरेर ३ हजारदेखि १० हजारसम्म प्रतिव्यक्ति लिने गरेको देखिएको छ । ‘उनीहरूले व्यक्तिको हैसियत हेरेर रेट लिँदारहेछन्, त्यसमा विभिन्न खालका व्यापारीहरू पनि आउने गरेको देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
प्रहरीले पक्राउ परेका महिलाहरूसँग लिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले लगभग १०र१२ हजार व्यक्तिहरूसँग सम्पर्क भएको देखिएको छ । त्यसमा व्यक्तिहरू दोहोरिएका पनि छन् ।
उनीहरूले यौन सम्पर्क स्थापित गर्ने व्यक्तिहरूको नाम तथ्याङ्कमा विदेशी महिलाको नाम जस्तै राख्ने गरेको समेत पाइएको छ । प्रहरीले भदौ १ गते दिउँसो साढे ३ बजे ४ जना पुरुष र ३ महिलालाई पक्राउ गरेको थियो । उनीहरूको पहिचान समेत खुलाएर प्रहरीले सार्वजनिक गरिसकेको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया गीता खड्गी, झापा दमक नगरपालिका– ७ का ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दिया ठाकुरबाबा नगरपालिकाकी २९ वर्षीय सुनिल विष्ट रहेका छन् ।
त्यस्तै, काठमाडौं बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ की २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ का ३३ वर्षीय प्रतीक कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमा राख्न म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
यसै गरि , कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ । रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन ।
यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन् ।
अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स (एनएफएचए)को एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन् । यो महामारीको बीचमा अमेरिकामा यौन उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन् ।
एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् ‘यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग सेक्स गर्न अस्वीकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन । म आफ्नो घर गुमाउन चाहन्नथें ।’
भाडाको बदलामा सेक्सको माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन् । सेक्सको बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन् । लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ । आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन् ।
उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट, रेन्ट फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन् ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस् । एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन् । यिनैमध्येको एक भाडाको बदलामा सेक्सको पूरै तथ्यांक खोज्नु निकै कठिन छ ।
विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वेश्यावृत्तिको आरोप लाग्न सक्ने खतरा छ । बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा सेक्सको अफर गरेको पाइएको छ ।
प्रतिक्रिया