आज : गते

ताजा शिर्षकहरु

याेगेश भट्टराईले रामकुमारी झाँक्रीलाई संसदमै कोल्याप्स हानेपछि…

प्रकाशित
4.4K
SHARES

काठमाडौ। योगेश भट्टराई, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री एमाले विभाजनपूर्व माधवकुमार नेपालको समूहमा थिए। एमाले विवाद उत्कर्षमा पुग्नु केही पहिला गणेशकुमार पहाडी बालुवाटार प्रवेश गरे । उनलाई ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाए।

एमाले विवाद उत्कर्षमा पुग्दै गर्दा योगेश भट्टराई बालकोट पुगे र एमालेको अध्यक्ष केपी ओलीलाई आफ्नो साथ रहेको बताए। यता रामकुमारी झाँक्री भने माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगिन् र नेकपा (एस) दर्ता गराइन्

त्यसै पार्टीविरुद्ध पछिल्लो समय एमाले आयोगदेखि अदालत हुादै सभामुख सापकोटाविरुद्ध सडकदेखि सदनसम्म आक्रोश पोखिरहेको छ । प्रतिनिधिसभा बैठकपछि योगेश र गणेश कुराकानी गरिरहेको ठाउँमा रामकुमारी पुगिन् । जहाँ उनीहरूले तस्बिर खिचाए र पत्रकारहरूसँग कुराकानी गरे ।

प्रतिनिधिसभा बैठकमा आफूहरूलाई अनधिकृत भन्दै खगराज अधिकारीलगायतले लगाएको नाराले हाँसोसँगै रिस पनि उठेको रामकुमारीले बताइन् । योगेशले ठट्यौली गर्दै थपे, ‘कोल्याप्स गरिदिउँ लाग्यो कि क्या हो ?’ त्यसमा रामकुमारी सही थपिन, ‘हो कोल्याप्स नै गरिदिउँ जस्तो लाग्यो ।’

त्यसपछि पत्रकारहरूले प्रश्न गर्‍यौं– न त रामकुमारीहरूलाई पदमुक्त गर्न भनेर नारा लगाउनुभयो न ढ्यापढ्याप गर्नुभयो किन ? योगेशले इशारा गर्दै जवाफ दिए, ‘मनबाट आउनुपर्‍यो त्यसपछि दिमागमा सन्देश जानुपर्‍यो र हातसम्म सन्देश पुग्नुपर्‍यो । अहिले त्यस्तो मनमा नै लागेको छैन ।

’यसै गरि  सांसद रामकुमारी झाँक्रीले संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिएकी छन्।बुधबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले एमालेको चरित्र र औकात अनुसारको व्यवहार संसद्‌मा देखाएको आरोप लगाइन्।

‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन’, उनले भनिन् ‘उहाँहरुको औकात अनुसार काम गर्नु भएको छ।’ बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको टिप्पणी छ। उनले भनिन्,‘खड्कप्रसाद ओलीको चाहनाले त यत्तिको उभिनु पनि दिनु हुने थिएन।

उहाँको चाहनाले मात्रै नहुँदो रहेछ। विधिसंगत तरिकाले सभामुखले सदन चलाउने उनले बताइन्।‘उहाँहरुले संसद्‌मा प्रस्तुत गरेको चरित्र गैरराजनीतिक चरित्र हो’, झाँक्रीले थपिन् ‘खड्गप्रसाद ओलीलाई लागेको भए हामीलाई धर्तिमा बाँच्न नदिने थियो होला नि !

त्यो सम्भव छ र ?’ सरकारमा कहिले जानेरु भनी सोधिएको प्रश्नमा उनले आजदेखि संसद्‌मा सत्तापक्षको रोमा बसेको र सरकारका जाने कुरा पार्टीले निर्णय लिने बताइन्।

तस्तै। बुधबारबाट सुरु भएको संसदको नवौँ अधिवेसन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण चल्न सकेन । बैठक सुरु हुना साथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाको कार्यर्शलीको विरोध गर्दै संसद चल्न नदिने बताए । सचेतक भट्टराईले सभामुख दल विभाजको मतियार बनेको आरोपसमेत लगाए ।

उनले एमालेको अनुशासन उल्लंघन गरेका १४ सांसदलाई १ गते नै कारवाही गरी सभामुखको टेबुलमा पु¥याएर जानकारी गराएको र निर्वाचन आयोगलाई कारवाहीको सूचना पु¥याए पनि नियम विपरीत एमाले फुटाउन सभामुखको मतियारको भूमिका निर्वाह गरेको आरोप लगाए ।

एमालेले कारवाही गरेका सांसदलाई बचाउन र एमाले टुक्र्याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो ? किन सारथीको भूमिका निर्वाह गर्नुभयो, दल विभाजनका लागि तपाईं किन मतियार बन्नुभयो ?” सभाभमुखको भूमिका प्रश्न उठाउँदै एमाले प्रमख सचेतक विशाल भट्टराईले भने, “आज सम्मानीत सदनसमक्ष जोडदार रुपमा यो प्रश्न उठाउन चाहन्छौँ, यसको जवाफ हामीलाई चाहिएको छ ” भन्दै प्रश्न गरेका थिए ।

भट्टराईको प्रश्नपछि सभामुखले जवाफ दिन लाग्ने बित्तिकै एमाले सांसदहरु रोष्टम घेराउ गर्न पुगिसकेका थिए । “माननीय सदस्यहरु, तपाईंले जवाफ माग्नुभएको छ, म जवाफ दिन जाँदैछु,” सभामुख सापकोटाले भने, “माननीय सदस्यहरु, यसै बैठकमा प्रतिपक्षले उठाएको विषयमा मैले प्रचलित कानुनका आधारमा रहि निर्णय लिएको हुँ, हाल यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ ।

नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा संघीय संसदको कुनै पनि सदनमा छलफल गर्न नसकिने बन्देज गरेको व्यहोरा जानकारी गराउँछु ।” एमाले सांसदहरुले सभामुख सापकोटाको जवाफ नै नसुनि सभामुखविरुद्व ‘मुर्दावाद’ सम्मको नारा लगाए । निरन्तर एमालेले मुर्दावादको नारा लगाउँदै सदन अवरुद्व गरेपछि सभामुख सापकोटा आक्रोशित बनेका थिए ।

सभामुख सापकोटाले आक्रोशित हुँदै् ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग, र घ’का प्रावधानहरु सम्झाए । अझै एमालेले नाराबाजी कायम राखेपछि सभामुखले कारबाहीको चेतावनीसमेत थिए ।

के छ प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग, र घ मा ?
२१.छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम ः– बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नु पर्नेछ
(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,

(ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने,(घ) संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने ।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ