आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गंगा चौधरीबाट बाल बाल बचे सभामुख सापकोटा

प्रकाशित
1K
SHARES

काठमाडौ। नेकपा एमालेकी सांसद गंगा चौधरी फेरी भाइरल भएकी छन् । सभामुखमाथि प्रश्न उठाउँदै रोष्टममै उक्लि खोजेपछि भाइरल भएकी हुन् ।यसअघि जनता समाजवादीकी सांसदहरुले हिन्दा भाषणा गर्दा रगत उम्लिने अभिव्यक्ति दिएपछि भाइरल भएकी थिइन् । संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।

यसै गरि ,  सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिन खोज्दैं सभामुख माथि नै झम्टिन खोजेकी छन् । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे ।

बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् । तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् ।

त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए । चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई ९बैठक अघि बढाउन० रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।

तस्तै गरि , नेकपा एमालेले आजको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुखविरुद्ध नाराबाजी गरेका छन् । उनिहरुले सभामुखकै अगाडि सभामुख मुर्दावाद भन्दैं नाराबाजि गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजका लागि आह्वान गरेको संसदको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएका छन् । त्यसपपछि बैठकको सुरुवात गरेरसँगै एमालेले संसद्को बैठक अबरुद्ध पारेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठकमा हंगामा मच्चाएको छ । एमाले सांसदहरू उठेर अवरोध गरेपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए ।

उनले सरकारले दल फुटाउ अध्यादेश ल्याउनका लागि संसदको जारी अधिवेशन अन्त्य गरेको, एमाले फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको र सभामुखले एमाले फुटाउनका लागि सारथीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यसको जवाफ नआउादासम्म संसदको बैठक चल्न नसक्ने बताएका थिए । त्यसपछि सभामुख बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नारा लागेपछि सभामुख सापकोटा झनक्क रिसाएका छन् । आजको बैठकमा सभामुख अग्नी सापकोटा निकै अमर्यादित रुपमा प्रस्तुत भएका थिए । माइक नै फुट्ने गरि सभामुख चिच्चाएको दृश्य निकै भद्दा देखिन्थो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले पठाएका प्रश्नहरुको जवाफ पठाएको छ । जवाफमा अमेरिकाले एमसीसी सम्झौताभन्दा नेपालको संविधानमाथि रहेको स्पष्ठ पारेको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसीको उपाध्यक्ष फतिमा सुमारले नेपालको संविधान नै माथि रहेको जवाफ फर्काएकी छन् ।

नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपाल सरकारलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ।’ ‘सबै एमसीसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन्,’ अर्थ मन्त्रालयलाई लेखिएको पत्रमा एमसीसीले भनेको छ ।

‘अन्य देशको अनुभवको आधारमा कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाइबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चितता गर्नका निम्ती कम्प्याक्टको सीमित पाँच वर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेष रुपमा महत्वपूर्ण हुन्छ ।’ उत्तरमा भनिएको छ । यस्तो छ एमसीसीले नेपाललाई पठाएको जवाफको पूर्णपाठ, पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसै गरि नेकपा (एकीकृत समाजवादी) की सांसदका रामकुमारी झाँक्रीले संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिएकी छन्। बुधबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले एमालेको चरित्र र औकात अनुसारको व्यवहार संसद्‌मा देखाएको आरोप लगाइन्।

‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन’, उनले भनिन् ‘उहाँहरुको औकात अनुसार काम गर्नु भएको छ।’ बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको टिप्पणी छ। उनले भनिन्,‘खड्कप्रसाद ओलीको चाहनाले त यत्तिको उभिनु पनि दिनु हुने थिएन। उहाँको चाहनाले मात्रै नहुँदो रहेछ।’

विधिसंगत तरिकाले सभामुखले सदन चलाउने उनले बताइन्। ‘उहाँहरुले संसद्‌मा प्रस्तुत गरेको चरित्र गैरराजनीतिक चरित्र हो’, झाँक्रीले थपिन् ‘खड्गप्रसाद ओलीलाई लागेको भए हामीलाई धर्तिमा बाँच्न नदिने थियो होला नि ! त्यो सम्भव छ र ?’ सरकारमा कहिले जानेरु भनी सोधिएको प्रश्नमा उनले आजदेखि संसद्‌मा सत्तापक्षको रोमा बसेको र सरकारका जाने कुरा पार्टीले निर्णय लिने बताइन्।

प्रतिक्रिया