आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी फुट्दै एमाले, घनश्याम भुसाललाई माधव नेपालको विशेष अफर

प्रकाशित
1.1K
SHARES

काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई विशेष अफर घोषणा गरेका छन् । विश्वस्त श्रोतले दिएको जानकारी अनुसार भुसाललाई पार्टी महासचिव बनाउने भन्दै प्रस्ताव पठाएका छन् ।

नयाँ पार्टीको सनाखत गर्ने बेलमा माधव नेपालको साथ छाडेका भुसाललाई नेपालले एस पार्टीमा आएको खण्डमा महासचिव बनाउन सकिने प्रस्ताव पठाएका हुन् । अफरले घनश्याम भुसालको मन पग्लिएको श्रोतको भनाई छ ।

०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्काउने भनेको निर्णयलाई एमाले नेतृत्वले लत्याएपछि भुसाल चिढिंदै आएका थिए । उनले एमालेमा बस्न सक्ने बातावरण सकिएको भन्दै माधब नेपालकै पार्टी (एकीकृत समाजवादी)मा जाने तयारी गरेको स्रोतको भनाई छ ।

उनले त्यसका लागि भीम रावल, योगेश भट्टराई, गोकण विष्ट लगायतका नेताहरुसँग छलफल गरिरहेका छन् । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश अनुसार भुसालसँग पार्टी फुटाउन सक्ने संख्यामा नेताहरु रहेकाले सामुहित रुपमा पार्टी परिवर्तन गरेर एस पार्टीमा जाने विषयमा छलफल अगाडि बढेको छ ।

भुसालसँग भीम रावलसहित ५७ केन्द्रीय सदस्यहरु छन् । यो पार्टी फुटाउनका प्रयाप्त संख्या हो । ओली सुरुदेखिनै पेल्न थालेको भन्दै आगामी नेकपा एमालेको १० औं महाधिवेशन यो लाइनका नेताहरुलाई पत्तासाप गर्ने र बचेका केही नेताहरुलाई प्रतिनिधिसभाको निर्वाचनमा टिकट नदिएर सिध्याने केपी ओलीको मिसन भएको संका गर्दै यो तहको छलफलमा जुटेका हुन् ।

ओलीको बोली व्यवहार राम्रोसँग थाहा पाएका भुसाल एमाले नाम र सूर्य चिन्हका कारण एमालेतिर लागेका थिए । तर ओलीले एक दिन कार्यक्रम संचालन गर्न दिएका योगेश भट्टराईलाई त्यसपछि प्रवक्ताको जिम्मेवारी दिएनन् ।

ओलीले सुदुरपश्चिम प्रदेशमा भीम रावलाई नभएर लेखराज भट्टलाई नै इन्चार्जको जिम्मेवारी दिए । बागमती प्रदेशमा रामबहादुर थापालाई नै इन्चार्जको जिम्मेवारीमा निरन्तरता दिए । जब कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य इन्चार्ज थिइन् ।

आँफूहरुले पार्टीलाई २ जेठमा फर्काउने र १० बुँदे इमानदारी साथ पालन गराउन सक्ने भन्दै एमालेमा फर्केका नेपाल पक्षका नेताहरु अहिले भने पछुताएको सम्बन्ध स्रोतले बतायो । अरुले नमाने पनि भुसाल भने सांसद पदको माया मारेर नै नेकपा एसमा फर्केने भएका नेकपा एसका एक केन्द्रीय सदस्यले बताए ।

ती सदस्यले भने ‘उहाँलाई पहिला नै एमालेमा जानुहुन्छ भन्ने लागेको थिएन । तर जानु भयो । ओलीले के के न गर्ला भन्ने थियो तर ओली हिजो जे थिए अहिलेपनि त्यहि छन् । त्यहि भएर उहाँ छिटै हाम्रो पार्टीमा आएर महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु हुन्छ ।’ भुसाल नेकपा एसमा फर्केपछि उनीसँग भएका धेरै नेताहरु एसमा फर्कने स्रोतको दाबी छ ।

केहि सासद चुनावसम्म एमालेमा बसेपनि सांसद नभएका स्थानीय तह, प्रदेश कमिटी र केन्द्रीय कमिटीका नेताहरु फर्कने छन् । भुसाल नेकपा एसमा फर्कने भएपछि उनी निकट नेताहरु पनि फर्कने तयारीमा रहेको निकट एक केन्द्रीय सदस्यले बताए । एमाले विधिवत रुपमा भदौ ९ गते विभाजन भएको थियो ।

विभाजित एमालेबाट प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोज्ने समय २२ भदौसम्म थियो । जुन समय मंगलबार साँझ ५ बजे सकिएको छ । ४ जना प्रतिनिधि सभाका सांसदहरुको बारेमा केहि दिनमा निर्वाचन आयोगले निर्णय गर्ने बताईएको छ ।

एमालेबाट दल विभाजन गर्न दिएको निवेदनमा हस्ताक्षर नभएका एमालेका चार जना सांसदले ९ गते नेकपा एसका पक्षमा सनाखत गरेका थिए तर आयोगले अहिलेसम्म निर्णय लिएको छैन । एमालेमा विवाद २०७७ साल २८ फागुनमा अध्यक्ष खड्गप्रसाद ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी रुपमा कार्यविभाजन गरेका थिए ।

२३ फागुनमा सर्वोच्चले नेकपालाई विभाजन गराएर माओवादी केन्द्र र एमाले ब्यूताएको थियो । त्यसको पाँच दिनपछि ओलीले नेकपा हुंदा नै माधवकुमार नेपाल पक्षमा लागेका नेताहरुको जिम्मेवारी खोसेर एकलौटी रुपमा आफ्ना पक्षका नेताहरुलाई जिम्मेवारी दिए । त्यहि दिन नै २३ जना माओवादीबाट एमालेमा बसेका नेताहरुलाई केन्द्रीय कमिटीमा थपे ।

नेपाल पक्ष र ओली पक्षबीच नेकपामा भएको विवाद झन थपिदै गयो । नेपाल पक्षले ४–५ गते चैतमा ललितपुमार राष्ट्रिय भेला गरेर देशभरी समानान्तर कमिटी निर्माण गरे । एमालेको विवाद कम हुनुको सट्टा बढ्दै गयो । समानान्तर गतिविधि एमालेमा निरन्तर जारी रहे ।

जेठ ७ गते मध्यराती फेरी ओलीले संसद विघटन गरे । विघटनका विरुद्ध प्रतिपक्ष दलहरुका साथै नेपाल पक्ष सर्वोच्च अदालत गए । अन्त अदालतले पनि ओलीको दोस्रो पटकको संसद विघटन पनि उल्ट्याइ दियो ।

तर एमालेमा मात्र होइन नेपाली राजनीतिमा जालझेलमा अब्बल ओलीले एमाले मिलाउनु भन्दा पनि आफूमात्र जित्न चाहे । जसको पहिलो उदाहरण हो ६ गते जेठमा राष्ट्रिय सभाको निर्वाचन थियो । एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर थापा ।

गठबन्धनको तर्फबाट थिए खिमलाल देवकोटा । एमालेको हार निश्चित थियो । तर पनि ओलीले त्यो चुनावमा सकेसम्म आफ्नो पक्षमा पार्न २ जेठमा एमालेमा विवाद समाधान गर्न भन्दै १० सदस्यीय कार्यदल गठन गरे । तर थापाले हारे देवकोटाले जिते ।

८ गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट कार्यदल एक पक्षीयरुपमा विघटन गरे । ओलीले हरेक कुराहरु जालजेलका लागि प्रयोग गर्थे । कार्यदलपनि देवकोटा हराउनको लागि प्रयोग गर्न खोजेका थिए भएन ।

तर एमालेका दोस्रो तहका भनिएका नेताहरु कार्यदल विघटन भएपनि भेटघाटमा जुटि रहे तर केहि उपलब्धि भएन । दोस्रो संसद विघटन विरुद्ध परेको मुद्दा सर्वोच्चमा थियो । उक्त मुद्दाको फैसला असार २८ गते हुदै थियो ।

तर ओलीले फेरी आफैले विघटन गरेको कार्यदल ब्युताए । मुद्दालाई प्रभावित गर्न सकिन्छ भनेर २७ गते राती १० बुँदे प्रस्ताव पास गरे । तर २८ गते सर्वोच्चले ओलीको विघटन उल्टाइ दियो ।

त्यसपछि १० बुँदे एमालेमा एता न उताको भएको थियो । अन्तत एमाले विभाजन हुने भएपछि फेरी १० बुँदेको फण्डा झिके । १० बुँदे कार्यन्वयन गर्ने भन्दै नेपाल पक्षका दोस्रो धारका नेताहरुलाई जिम्मेवारी दिने भन्दै बैठक बोलाए । नेपाल पक्षका दोस्रो धारका १० जना नेताहरु पनि ओलीको पक्षमा लागे । तर अन्तःएमालेमा ओलीले २ जेठमा पनि फर्काएनन् । नत १० बुँदे इमान्दारी साथ लागु गरेका छन् ।

फेरी एमालेमा फर्केका १० जना दोस्रो पुस्ताका नेताहरु असन्तुष्टि प्रकट गर्न थालेका छन् । यो असन्तुष्टि केहि दिनमा पोखिने भएको छ । यसको शुरुवात भुसाल नेकपा एकीकृत समाजवादीमा फर्केर हुने भएको छ।

यसै गरि , नेकपा एमालेकी सांसद गंगा चौधरी फेरी भाइरल भएकी छन् । सभामुखमाथि प्रश्न उठाउँदै रोष्टममै उक्लि खोजेपछि भाइरल भएकी हुन् ।यसअघि जनता समाजवादीकी सांसदहरुले हिन्दा भाषणा गर्दा रगत उम्लिने अभिव्यक्ति दिएपछि भाइरल भएकी थिइन् । संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।

प्रतिक्रिया