आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?

प्रकाशित
3.7K
SHARES

काठमाडौ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति उन्मादको एक रुप भएको निश्कर्ष निकालेको छ। बुधबार एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहितका नेताहरु संसदमा उपस्थित भए संसद चल्न नदिने बताएका थिए।

ओलीको उक्त अभिव्यक्ति मिडिया खपतको विषय मात्रै भएको विश्लेषण गरेको नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले जानकारी दिए । उनले ‘माधव नेपालसहितका नेता संसदमा उपस्थित भए संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?’ भन्दै प्रश्न समेत गरे । खतिवडाले संसदको नियमावली २१ र संविधानको धारा १०५ ले अदालतमा चलेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइने छैन भन्ने स्पस्ट व्यवस्था भएपनि ओलीले अनावश्यक आरोपहरू लगाएको बताए ।

‘ओलीको यो उन्माद हो भन्ने विश्लेषण गर्यौ’ खतिवडाले आफुहरु संसदमा सहभागी हुने र संयमता अपनाउने पनि जानकारी दिए । ‘हामी संसदमा उत्ताउलो हुँदैनौ, संयमता अपनाउँछौ । संसदीय मर्यादा पालना गर्छौ तर हामी माथि आरोप लगाइन्छ भने त्यसका लागि तयार छौ’ खतिवडाको भनाइ छ ।

पार्टी दर्ता गर्न नदिन षडयन्त्र स्वरुप पार्टीबाट निकाल्ने ओलीको षडयन्त्र पनि असफल भएको बताउँदै उनले भदौ २ गते दर्ता गरेर ९ गते पार्टीको प्रमाणपत्र पाउन पनि ओलीले षडयन्त्र गरेको बताए । स्थानीय तहका २५ प्रतिशत जनप्रतिनिधि नेकपा एसमा आएपछि त्यसको प्रतिशोध स्वरुप ओलीले आज संसदमा माधव नेपालसहित १४ जना संसदमा उपस्थित भए संसद चल्न नदिने भनेको उल्लेख गरे ।

संसदमा तोकिएको स्थानमा गएर बस्ने बताउँदै सांसद खतिवडाले सभामुखको आज्ञा लिएर सत्तापक्षको तर्फबाट एमाले सांसदहरुको कुरालाई लिएर प्रतिवाद गर्ने बताए । उनले भने–‘संसद चल्न नदिने भनेर बोलिएका कुराहरु मिडिया खपतका लागि बोलिएका कुराहरु हुन् । टाँई टाँई फिस हुनेवाला कुरा हो । संसदमा हामीहरू उत्ताउलो हुँदैनौँ, हामी संयमतापूर्वक बस्छौँ ।

त्यो संयतालाई पनि उल्लंघन भयो भने हामी जस्तालाई तस्तै प्रतिवाद गर्छौ । जस्तालाई तस्तै गर्नका लागि नै संसदमा हामी माननीय जम्मा भएका हौँ । कोही बहादुर र कोही कमजोर भन्ने हुँदैन, कोही दाह्रासिंह र कोही बंगारासिंह भन्ने पनि हुँदैन् । त्यसकारण हामी संसदभित्र संसदीय मर्यादा र अभ्यासलाई पालना गर्ने प्रयास गछौँ । त्यसलाई जबर्जस्ती उल्लंघन भएर हामीमाथि उत्तेजनात्मक गतिविधि गरिन्छ भने हामी त्यसका लागि पनि त्यसका लागि पनि तयार हुनुपर्छ भन्ने निर्णय भएको छ ।’

यसै गरि , प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ । एमालेले प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको थियो । बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए । उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राखे ।

सचेतक भट्टराइले बोलिसक्ने वित्तिकै एमाले संसदहरूले उठेर संसद बैठक सूचारु हुन दिएनन् । यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढिनुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गरे । तर एमाले सांसदहरुले नमानेपछि उनले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गरे ।

यसै गरि , नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमालेले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै सभामुखले उनलाई बोल्न समय दिएका थिए ।

उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गरे ।उनले एमालेको पार्टी कमिटीका १० जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए ।

तीसमेत पार्टीले कारवाही गरेका सांसदहरुको हस्ताक्षर सनाखत गरेर एमाले टुक्र्याइएको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘एमालेजस्तो लोकतन्त्रका लागि ७२ वर्ष संघर्ष गरेको पार्टीलाई कसैले हेप्न खोज्छ भनेर एमाले चुप लागेर बस्ने छैन ।’ उनले यथास्थितिमा एमालेले सदनको कारवाही अघि बढ्न नदिने पनि प्रस्ट पारे ।

जवाफमा सभामुख सापकोटाले प्रचलित कानुनको आधारमा आफूले निर्णय लिएको बताए । उनले संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाका सवालमा संघीय संसदको कुनै सदनमा छलफल गर्न वञ्चित गरेको पनि प्रस्ट पारे । यसका बाबजुद नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध तुल्याएका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् । बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।

उनले लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् ।

हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।

एमालेलाई सभामुख सापकोटाले आक्रोशित हुँदै भने- ‘संविधान, कानुन छ, त्यस बाहिर नजानु होला।

एमाले सांसदहरुले संसद्‌‍मा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दलले उठाएको विषयमा संसद्‌‍मा छलफल हुन नसक्ने बताएका छन् । अदालतमा सो सम्बन्धी मुद्दा विचाराधीन रहेका कारण संसद्‌‍मा छलफल हुनका लागि संविधानले बन्देज लगाएको बताएका थिए । ‘देशमा संविधान छ, कानुन छ र संसद्‌ छ,’ सभामुख सापकोटाले आक्रोशित हुँदै भने, ‘त्यसको बाहिर नजानु होला ।’ सभामुखले संसद्‌‍को नियमवलीको ‘ख’ र ‘ग’ तर्फ आकर्षित हुने बताएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७२ को नियम २१ को उपनियम, ‘ख’ र ‘ग’ पालन गर्नुपर्नेमा ध्यानाकर्षण गरेका थिए । सो नियममा प्रतिनिधसभामा बैठकमा हुने छलफलको विषयसँग सम्बन्धित रहेको छ । उपनियम (ख) मा सभामुखको पद अनुकूल आचारण गरेको छैन भने प्रस्तावको छलफलको क्रममा बाहेक अवस्थामा सभामुखको आचरणको आलोचना गर्न नहुने र(ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने।
यसै गरि , रकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेश गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ