आज : गते

ताजा शिर्षकहरु

प्रचण्डसहित संघीय सांसदलाई तीन दिने अल्टिमेटम, संसद बैठकमा खैलाबैला

प्रकाशित
1.7K
SHARES

काठमाडौ। एमसीसी खारेज अभियान संयुक्त संघर्ष समिति चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार सांसदको एमसीसीबारे धारणा माग गरेको छ । समितिले प्रचण्डसहित चितवनबाट निर्वाचित सांसदहरु सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र उमेश श्रेष्ठलाई पत्र पठाउँदै तीन दिनभित्र एमसीसीबारेको धारणा पठाउन भनेको हो ।

विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जननिर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको समितिका संयोजक फणीन्द्र आचार्यले जानकारी दिए ।

देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । उनीहरु चारै जनालाई मेलमार्फत पत्र पठाएको पौडेलले बताए । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरूका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलको भनाइ छ ।

संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति उन्मादको एक रुप भएको निश्कर्ष निकालेको छ । बुधबार एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहितका नेताहरु संसदमा उपस्थित भए संसद चल्न नदिने बताएका थिए ।

ओलीको उक्त अभिव्यक्ति मिडिया खपतको विषय मात्रै भएको विश्लेषण गरेको नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले जानकारी दिए । उनले ‘माधव नेपालसहितका नेता संसदमा उपस्थित भए संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?’ भन्दै प्रश्न समेत गरे । खतिवडाले संसदको नियमावली २१ र संविधानको धारा १०५ ले अदालतमा चलेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइने छैन भन्ने स्पस्ट व्यवस्था भएपनि ओलीले अनावश्यक आरोपहरू लगाएको बताए ।

‘ओलीको यो उन्माद हो भन्ने विश्लेषण गर्यौ’ खतिवडाले आफुहरु संसदमा सहभागी हुने र संयमता अपनाउने पनि जानकारी दिए । ‘हामी संसदमा उत्ताउलो हुँदैनौ, संयमता अपनाउँछौ । संसदीय मर्यादा पालना गर्छौ तर हामी माथि आरोप लगाइन्छ भने त्यसका लागि तयार छौ’ खतिवडाको भनाइ छ ।

पार्टी दर्ता गर्न नदिन षडयन्त्र स्वरुप पार्टीबाट निकाल्ने ओलीको षडयन्त्र पनि असफल भएको बताउँदै उनले भदौ २ गते दर्ता गरेर ९ गते पार्टीको प्रमाणपत्र पाउन पनि ओलीले षडयन्त्र गरेको बताए । स्थानीय तहका २५ प्रतिशत जनप्रतिनिधि नेकपा एसमा आएपछि त्यसको प्रतिशोध स्वरुप ओलीले आज संसदमा माधव नेपालसहित १४ जना संसदमा उपस्थित भए संसद चल्न नदिने भनेको उल्लेख गरे ।

संसदमा तोकिएको स्थानमा गएर बस्ने बताउँदै सांसद खतिवडाले सभामुखको आज्ञा लिएर सत्तापक्षको तर्फबाट एमाले सांसदहरुको कुरालाई लिएर प्रतिवाद गर्ने बताए । उनले भने–‘संसद चल्न नदिने भनेर बोलिएका कुराहरु मिडिया खपतका लागि बोलिएका कुराहरु हुन् । टाँई टाँई फिस हुनेवाला कुरा हो । संसदमा हामीहरू उत्ताउलो हुँदैनौँ, हामी संयमतापूर्वक बस्छौँ । त्यो संयतालाई पनि उल्लंघन भयो भने हामी जस्तालाई तस्तै प्रतिवाद गर्छौ । जस्तालाई तस्तै गर्नका लागि नै संसदमा हामी माननीय जम्मा भएका हौँ ।

कोही बहादुर र कोही कमजोर भन्ने हुँदैन, कोही दाह्रासिंह र कोही बंगारासिंह भन्ने पनि हुँदैन् । त्यसकारण हामी संसदभित्र संसदीय मर्यादा र अभ्यासलाई पालना गर्ने प्रयास गछौँ । त्यसलाई जबर्जस्ती उल्लंघन भएर हामीमाथि उत्तेजनात्मक गतिविधि गरिन्छ भने हामी त्यसका लागि पनि त्यसका लागि पनि तयार हुनुपर्छ भन्ने निर्णय भएको छ ।

यसै गरि ’एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुखविरुद्ध नाराबाजी गरेको छ।नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् । एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ