आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तालिबानका गृहमन्त्री अमेरिकाको मोस्ट वान्टेड सुचिमा, के हुन्छ अब ?

प्रकाशित
2.1K
SHARES

एजेन्सी। २००८ मा काबुलमा एक होटलमा भएको आक्रमणको घटनामा उनी अमेरिकामा वान्टेड छन् जुन आक्रमणमा अमेरिकी नागरिकसहित ६ जना मारिएका थिए । एफबीआइमा भएको उनको प्रोफाइलअनुसार हक्कानी नेटवर्कले नै अमेरिका नेतृत्वको नाटो सेनामाथि सीमापारबाट आक्रमण गरेको र २००८ मा तत्कालीन अफगान राष्ट्रपति हमिद कारजाइमाथि आत्मघाती आ’क्रमण गरेको उल्लेख छ ।

२ सेप्टेम्बर २०११ मा काबुलमा अमेरिकी दूतावास नजिकै नाटोको बेसमा भएको आक्रमणमा पनि हक्कानीलाई दोषी ठहर गरिएको छ। एफबीआइको प्रोफाइलमा हक्कानीको कद ५ फिट ७ इन्च भएको उल्लेख छ । हक्कानी अफगानिस्तानमा बसिरहेको र उनको समूह पाकिस्तान–अफगानिस्तान सीमामा सक्रिय रहेको भनिएको छ । उनको उमेर ४५ वर्ष उल्लेख गरिएको छ । उनको टाउकोको मूल्य ५० लाख डलर ५८ करोड रुपैयाँ तोकिएको छ।

२०१७ मा उनको समूहले एक ट्रकमा बम आक्रमण गरेको थियो जसमा १५० भन्दा धेरै मानिसहरु मारिएका थिए । यो समूहको अल कायदासँग पनि नजिकको सम्बन्ध छ । हक्कानी नेटवर्कलाई अमेरिकाले आतंकवादी संगठनको रुपमा सूचिकृत गरेको छ । अमेरिकाको संघीय ब्युरोसँग भएको हक्कानीको प्रोफाइलअनुसार उनी अमेरिकामा मोस्ट वान्टेड अपराधी हुन् ।

यो सबका बीच सबैभन्दा धेरै चर्चा भइरहेका व्यक्ति हक्कानी समुहका प्रमुख सिराजुद्दीन हक्कानी हुन् । उनलाई अखुंद सरकारमा गृह मन्त्री बनाइएको छ। यी उनै हक्कानी हुन् जसले विगत २० वर्षमा कैयौं घातक आक्रमणहरु गरेका छन् । सिराजुद्दीन हक्कानी नेटवर्ककको नामले कुख्यात चरमपन्थी समूहका प्रमुख हुन् र उनको सम्बन्ध तालिबानसँग रहिआएको छ।

तालिबानले अफगानिस्तानमा आफ्नो अन्तरिम सरकारको गठनको घोषणा गर्दै अफगानिस्तानलाई ‘एस्लामिक इमिरेट’ घोषणा गरेको छ। मुल्ला मोहम्मद हसन अखुंद देशका प्रधानमन्त्री हुनेछन् र मुल्ला अब्दुल गनी बरादर उपप्रधानमन्त्री हुनेछन्। मुल्ला अब्दुल सलाम हनफीलाई पनि उपप्रधानमन्त्री बनाइएको छ।

अफगानिस्तानको पंजशीरमा हालै तालिबानले कब्जा गरेको दावी गरेको थियो । तर, यो दावीपछिको रातमा आश्चर्यजनक घटना भयो । सोमबार अबेर राती पंजशीरमा तालिबानको अड्डामा लडाकु जहाजले बम खसाले । रिपोर्टमा तालिबानको अड्डामा भारी नोक्सान भएको दावी गरिएको छ । यो हवाइ आक्रमण गर्ने जहाजहरु अज्ञात छन् र अब यो आक्रमण कसले गरेको हो भन्ने प्रश्न उठेको छ ।

अफगानिस्तानको स्थानीय मिडिया र पत्रकारले अबेर राती पंजशीरमा तालिबानको अड्डामा हवाइ आक्रमण भएको खबर दिएका थिए । अज्ञात लडाकु विमानले यो आक्रमण गरेका थिए । मुहम्मद अल्सुल्मानीले ट्वीट गर्दै अज्ञात विमानहरुले पंजशीरमा तालिबानको अड्डामा आक्रमण गरेर रेसिस्टेन्स फोर्सको क्षेत्रमा गएको बताएका छन् ।

यसै गरि , तालिबानले अब पंजशीरमा आफ्नो नियन्त्रण भएको र अफगानिस्तानको युद्ध समाप्त भएको दावी गरेको छ। तर, पंजशीरको जमिनमा युद्ध लडिरहेका नर्दर्न एलायन्सका लाडाकुहरु र तिनीहरुमा प्रमुख अहमद मसुदले भने आफूहरु रगतको अन्तिम थोपा रहँदासम्म लड्ने बताएका छन्। यस्तोमा अहिले प्रश्न उठिरहेको छ कि तालिबानलाई यो आक्रमण कसले गर्यो ?

अफगानिस्तानका पत्रकारहरुले गरेका अनुमानहरुमा सबैभन्दा धेरै नाम ताजिकिस्तानको आएको छ किनकि अहिले अहमद मसुद ताजिकिस्तानमा भएको दावी गरिएको छ । यसबाहेक तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण बढाउँदै लैजाँदा अफगान सेनाका कैयौं सैनिकले लडाकु विमान लिएर ताजिकिस्तान पुग्न सफल भएका थिए । ताजिकिस्तानले यसअघि पनि बेलाबेलामा नर्दर्न एलायन्स र तालिबान विरोधी गुटहरुलाई साथ दिँदै आएको छ । यही कारण यो आक्रमण ताजिकिस्तानले गरेको आशंका सबैभन्दा धेरै गरिएको छ ।

ताजिकिस्तानबाहेक यदि अन्य कुनै देशलाई लिएर प्रश्न उठेको छ भने ती रुस र इरान हुन् । इरानले हालै नर्दर्न एलायन्सका लडाकुमाथि पाकिस्तानले गरेको आक्रमणको निन्दा गरेको थियो । उसले यसरी अन्य कुनै देशको आन्तरिक मामिलामा हस्तषेप गरेको भन्दै पाकिस्तानको विरोध गरेको थियो । यस्तोमा इरानले नै पाकिस्तानले नर्दर्न एलायन्सका लडाकुमाथि गरेको आक्रमणको बदला लिन यो आक्रमण गरेको समेत आशंका गरिएको छ ।

तर, इरानमाथि गरिएको आशंका एक पक्षबाट कमजोर छ किनकि तालिबानले आफ्नो सरकार गठनमा सीमित देशहरुलाई निम्ता दिएको भए पनि ती सीमित देशको सूचीमा इरान छ । रुसको हकमा पनि यही अवस्था छ । रुस र तालिबानको सम्बन्ध त्यस्तो निकटको छैन र इतिहासमा त यी दुई विरोधी नै थिए । यसका बावजुद तालिबानले रुसलाई सरकार गठन कार्यक्रममा निम्ता दिएको छ ।

अमेरिकाले तालिबानको हातमा अफगानिस्तान सुम्पिएको भन्दै रुसले कडा आपत्ति जनाएको थियो र अमेरिकाको निन्दा गरेको थियो । यस्तोमा तालिबानलाई चोट दिनको लागि रुसले नर्दर्न एलायन्सलाई साथ दिनु आश्चर्यजनक मानिँदैन ।

सोमबार राती पंजशीरमा तालिबानको अड्डामा भएको आक्रमणमा कति नोक्सानी भयो र यी आक्रमण कुन–कुन ठाउँमा गरिए भन्ने स्पष्ट छैन । स्थानीय मिडिया र पत्रकारले जति कुरा सार्वजनिक गरेका छन् त्यसमा यससम्बनधी विस्तृत विवरण छैन । पंजशीरका विषयमा दैनिकजसो नयाँ खबरहरु आइरहेका छन् । उता तालिबान काबुलमा सरकार गठनको अन्तिम तयारीमा छ ।

यसै गरि , अमेरिकाले तालिबानले घोषणा गरेको नयाँ सरकारकबारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ। मंगलबार तालिबानले सबै पुरुष र अमेरिकी सेनामाथिको आक्रमणमा सम्बन्ध भएका मानिससहितको सरकार घोषणा गरेको थियो ।

अमेरिकाको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफूहरुले अफगानिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ। त्यस्तै यसअघिको इतिहास राम्रो नरहेका मानिस पनि सरकारमा समावेश भएको विषयमा पनि आफूहरुको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाले तालिबानलाई उसको भनाइको आधारमा नभई उसको कामको आधारमा मूल्यांकन गर्ने बताएको छ ।अमेरिकी सेनाले २० वर्षभन्दा लामो समयको यु’द्ध अन्त्य गर्दै आफ्नो सेना फिर्ता ल्याउने निर्णय गरेसँगै तीन साताअघि अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेको थियो ।

मंगलबार अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा तालिबानविरुद्धको प्रदर्शनको क्रममा तीनजना मानिसको गोली हानी ह’त्या गरिएको थियो । त्यस्तै राजधानी सहर काबुलमा पनि मानिसहरुले आफ्नो अधिकारको रक्षाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

काबुलमा पनि तालिबानले प्रदर्शनमा उत्रिएका मानिसहरुलाई तितरबितर पार्न हवाई फायर गरेको थियो। तालिबानले यसअघि आफूहरुले समावेशी सरकार बनाउने बताउँदै आएको थियो । तर, मंगलबार गठन गरिएको सरकारमा भने उसले अन्य समूहका मानिसलाई समावेश गरेको छैन।

प्रतिक्रिया