आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इन्डोनेसियाको जेलमा भिषण आगलागी, ४१ कैदीको मृत्यु

प्रकाशित
293
SHARES

एजेन्सी। इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको एउटा जेलमा आगलागी हुँदा कम्तिमा ४१ कैदीको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन्। बीबीसीका अनुसार टैंगरेंग जेलमा बुधबार बिहानै आगलागी भएको हो। बिहानीको समयमा अधिकतम कैदी सुतिरहेको बेला आगलागी भएको थियो।

अधिकारीहरुका अनुसार जेलको ब्लक सीमा १२२ कैदी राखिएको थियो जहाँ आगलागी भएको थियो। सो ब्लकको क्षमता भने ४० जनाको मात्र रहेको छ। यहाँका प्रायः कैदीहरु लागुपदार्थ तस्करीको मामिलामा जेल सजाय भोगिरहेका छन्। हाल जेलमा आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

यसै गरि, मेक्सिको सिटीको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो ।

तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय विद्युत अबरुद्ध हुँदा अक्सिजन आपूर्तीमा असर गरेको थियो । मृत्यु हुनेमध्ये अधिकांश बिरामी आईसीयू र भेन्टिलेटरमा उपचारार्थ थिए ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादरले बिरामीको मृत्युबाट दुःखित भएको बताए । बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने सर्वसाधरणलाई सुरक्षित क्षेत्रतर्फ जान उनले आग्रह गरेका छन् । अत्यधिक बाढीका कारण सो राज्यका गर्भनर बोकेको एउटा डुंगा डुबेको थियो । बाढीका कारण तुला सहरका तीस हजार भन्दा बढी मानिस प्रभावित छन् । बाढीले उत्तरी मेक्सिकोमा पनि ठूलो जनधनको क्षति पुर्‍यााएको छ ।

यसै गरि , भुटानका राजकुमार सोमबार दिल्लीबाट लन्डन जाँदै थिए। उनी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तयार रहेको एयर इन्डियाको विमानबाट लन्डन जानुपर्ने थियो। तर राजकुमार जिग्मे नामगेल वाङचुक चढ्ने भनिएको एआई–१११ विमानको उडान स्थगित भयो।

विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको समाचार संस्था एएनाईले जनाएको छ।। वास्तवमा विमानभित्र कमिलाको ताँती देखिएपछि यात्रुहरुको गुनासोको आधारमा उक्त विमानको उडान स्थगित गरिएको थियो।

प्रतिक्रिया