आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सङ्खुवासभा ह’त्या काण्ड झन् रहस्यमय बन्दै , कुकुरले समेत भेटाएन प्रमाण

प्रकाशित
1.3K
SHARES

काठमाडौ। बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि ह’त्या ‘रहस्यमय’ बनेको छ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि ह’त्या भएको थियो।

वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन।

खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो।

यसै गरि , संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको प्रारम्भी छानवि सक्काएको छ । हत्याको मुख्य कारण पैसा नभएको प्रहरीको निश्कर्ष छ । संखुवासभाको कार्की परिवारले झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारीमा थियो । सुरुमा मुख्य कारण पैसा होकी भनेर अनुसन्धा गरेपछि त्यसको गतिलो प्रमाण भेट्न सकेको छैन् ।

तर प्रहरीले मंगलबार साँझसम्म गरेको अनुसन्धानले घटनामा लुटपाट वा आर्थिक विषय जोडिएको आशंकालाई कमजोर बनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार घरमा कोही व्यक्ति जबरजस्ती प्रवेश गरेको देखिएको छैन ।

घरभित्र भएका सम्पत्ति जस्ताका तस्तै छन् । अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक एसपी भीमप्रसाद दाहालका अनुसार घरमा ४ लाख ७१ हजार रुपैयाँ भेटिएको छ, कानमा लगाएको मुद्री, तिलहरी लगायतका गहना पनि चलाइएको छैन ।

‘चोरी गर्ने उद्देश्य भएको भए गरगहना पनि लग्थे होला तर सबै ठिक छन्’ उनले भने । प्रदेश नं. १ का प्रहरी प्रमुख अरुणकुमार बिसी पनि आर्थिक पाटोबारे चर्चा भए पनि अनुसन्धानमा सहयोगी नभएको बताउँछन् ।

‘चोरी वा लुटपाटलाई जोडेर हेर्ने प्रयास पनि गर्‍यौं, तर त्यसलाई पुष्टि गर्ने कुनै आधार भेटिएको छैन’ उनले भने, ‘घटना पछाडि अरु नै कारण पनि हुनसक्छन्, अनुसन्धान भइरहेको छ ।’

घटनामा लुटपाट वा चोरीको विषय नजोडिएपछि अनुसन्धान थप जटिल बनेको अधिकृतहरु बताउँछन् ।सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो ।

चिकित्सकले शवको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने भनेका छन् । प्रहरी पनि खेतमा मृत भेटिएका ५१ वर्षीय तेजबहादुर कार्कीको खुट्टामा बुट भएकाले बिहान घटना भएको हुनसक्ने बताउँछ । ‘उहाँले अघिल्लो दिन बिहान धान गोड्न जाने बताउनुभएको रहेछ’ प्रहरी स्रोत भन्छ, ‘त्यसैको लागि खेतमा जानु भएको हुनसक्छ ।’

घटनाको अनुसन्धानमा संलग्न एसपी दाहाल पनि घटनास्थल घर बाहिरै रहेको बताउँछन् । ८४ वर्षीया वृद्धा पार्वती कार्कीको चाहिँ घरभित्रै हत्या भएको प्रहरी बताउँछ । प्रहरीका अनुसार ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो ।

नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो । तर बिहानको समयमा घटना हुँदा छरछिमेकले चाहिँ किन थाहा पाएनन् भन्ने प्रश्न पनि उठेको छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार कार्की परिवारका छिमेकीहरुले बिहान कुनै शंकास्पद आवाज नसुनेको बयान दिएका छन् ।

प्रहरीले बिहान पानी परेको र नजिकै खोला रहेकाले आवाज आइरहने हुँदा अरुले थाहा नपाएको हुनसक्ने पनि अनुमान गरेको छ । सोमबार साँझ संखुवासभामा कुकुर पुगेपछि स्निफिङ गराइएको थियो । तर त्यति प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

‘बेलुकी गरिएको स्निफिङ त्यति प्रभावकारी भएन, बिहान फेरि प्रयास गर्‍यौं’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर राति पानी परेकाले त्यो पनि फलदायी भएन ।’ स्रोतका अनुसार ‘पिकु’ र ‘लैला’ नामका ट्याकर डगलाई सबूत सुघाँएर छाड्दा शव छरिएका जति सबैतिर घुमेको थियो ।

तर त्यहाँबाट बाहिर कुकुरले दिशा पहिल्याउन सकेन । घटना भएलगत्तै स्थानीयको भीड जम्मा हुनु र पानी परेकाले पनि कुकुर अल्मलिएको हुनसक्ने अनुसन्धान अधिकृत बताउँछन् । यद्यपि कुकुर अनुसन्धानको एउटा सहयोगी विधि मात्र भएको र अन्य विभिन्न पाटोबाट छानविन भइरहेको अधिकृतहरु बताउँछन् ।

यसै गरि, जिल्ला अदालत मोरङमा कार्यरत न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्दै आएको कारको ठक्करबाट विराटनगरमा मंगलबार साँझ एक महिलाको मृ’त्यु भएको छ। निजी नम्बर प्लेटको बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा धनकुटाको महालक्ष्मी नगरपालिका–१ की ४२ वर्षीया लक्ष्मी दाहालको मृ’त्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतक महिला अदालत परिषरमै रहेको क्यान्टिनकी सञ्चालक हुन्। अदालत परिसरमै पार्किङ गरेर राखेको ठाउँबाट निकाल्ने क्रममा अनियन्त्रित भएको कार बार तोड्दै क्यान्टिनभित्र छिरेर महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ ५:१५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। प्रहरीका अनुसार पार्किङ गरेर राखिएको कार निकाल्ने क्रममा न्यायाधीश पराजुलीका अंगरक्षक प्रहरी हवल्दार विन्दकुमार सिंहले चलाएको खुलेको छ।

प्रहरी हवल्दारले कार चलाएर दुर्घटना गराएका बेला चालक श्रवण चौधरी पनि सँगै गाडीभित्र नै रहेको खुलेको छ। अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दुर्घटना हुँदा न्यायाधीश पराजुली भने गाडीभित्र नरहेको जानकारी दिए। ‘अदालतभित्र पार्किङ गरेर राखेको ठाउँबाट निकालेरअगाडि बढाउने क्रममा गाडी आफै अनियन्त्रित भएर क्यान्टिनभित्र छिरेर दुर्घटना गराएछ,’ धमलाले भने, ‘त्यतिबेला गाडी कसले चलाएको थियोभन्ने बारेमा हामी बुझ्दै छौँ।’

तर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने दुर्घटना गराएका बेला कार न्यायाधीश पराजुलीका अंगरक्षक हवल्दार सिंहले चलाएको खुलेको हो। दुर्घटनापछि कार, हवल्दार सिंह र न्यायाधीशका स्थायी चालक चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ