आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले मन्त्री पद बेचेको खुलासा, कतिमा भयो डिल ?

प्रकाशित
1.4K
SHARES

काठमाडौ।  माधवकुमार नेपालले मन्त्री पद बेचेको खुलासा भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले मन्त्री पद बेचेको आरोप लगाएका हुन् । मंगलबार कास्की एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालले पार्टी फुटाउन पद बाँडेको बताए।

‘मन्त्रीको पद बेच्न लागिरहेको तपाइहरुले पनि थाहा पाइरहनुभएको होला।’ उनले भने, ‘माधव नेपालका मान्छेहरु यहाँपनि मन्त्रीको पद बेच्न आइरहेका थिए। प्रदेशको पनि मन्त्री खाइदिउँ। प्रदेशमा पनि आफैँ खाउँ। खान जन्मिएकाहरु त हौं। ’

उनले माधव नेपालले मेयर, उपमेयर पद दिने भन्दै आश्वासन बाँडेको धारणा राखे। ओलीले पार्टीभित्रका पदलोलुप प्रवृत्तिका कारण पार्टी विभाजन भएको दाबी गरे। उनले भने, ‘स्वार्थका लागि पार्टी ध्वस्त पार्ने प्रवृत्तिबाट पार्टी आक्रन्त थियो। कोहि छोरी ज्वाईंका लागि मरिमेट्ने कोहि भाइ भतिजाका लागि मरिमेट्थे।’

उनले पार्टीभित्र अपवित्र गठबन्धन गरिएको बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूविरुद्ध ठूलो हमला हुँदा पनि नझुकेको स्पष्ट पारे। उनले भने, ‘लोकतन्त्र राम्ररी चल्न नदिन एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भयो। त्यसमा माधव नेपाल अगाडि थिए।’ उनले सहि कार्यकर्ताहरु खान मात्रै नजन्मेको भन्दै देश बनाउन पनि जन्मिएको बताए।

यसै गरि , माधव कुमार नेपालको साथ छाडेका नेकपा एमालेका मध्यमार्गी नेताहरुको विचल्ली हुने संकेत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै १० बुदे सहमती कार्यान्वयन गर्ने ईच्छा नदेखाएपछि केही मध्यमार्गी नेताहरुले माधव नेपाललाई हारगुहार गर्न थालेका हुन् ।

यसैबीच, नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाललाई पार्टी एकताका लागि हारगुहार गरेका छन् । नेपाल पक्षलाई फेरि पार्टीमा फर्कन उनले आग्रह गरेका छन् । नेपाल कमरेडहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन । हाम्रो आफ्नै दोष छ ।, उनले भने ।

पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् । कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ ।

माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं । तर छोडेर जानुभयो, उनले भने, हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो । एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे । २०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ ।

पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए । नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए । विदेशी शक्तिले खेलेर विभाजनमा सघायो । विदेशीहरु पनि खेल्छन् । यसपालि पनि खेले ।, उनको भनाई थियो । उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे ।

तस्तै , नेपाली कांग्रेसका र नेकपा एमाले बीच मुलुकलाई चुनावमा लैजानेगरि नयाँ शिराबाट छलफलपछि मौखिक सहमती भएको छ । स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुसँग सम्बन्ध सुधारको प्रयास थालेका छन् । उनले आफ्ना विश्वासिला नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न ओली निवास बालकोटमा पठाएका थिए ।

पछिल्लो समय सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी मन्त्रालय भागबण्डालाई लिएर सत्तापक्षीय गठबन्धनमा खटपट सुरु भएको बुझिएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने सवालमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भद्र सहमति रहेको चर्चा भैरहेको छ ।

तर, यसबारेमा ओलीले भने अहिलेसम्म सार्वजनिक रुपमा एमसीसी पारित गर्नेबारे कुनै अभिव्यक्ति दिएका छैनन् । बरु, एमसीसी के हुन्छ ? भन्दै सत्तापक्षीय गठबन्धनमा आवद्ध दलका नेताहरुलाई उनले प्रश्न गरिरहेका छन् ।

गठबन्धन सही ढंगले चल्न नसकेको अनुभव गरेका देउवाले एमालेको साथ लिएर मुलुकलाई आगामी मंसिरपछि चुनावमा लैजाने तयारी गरेको पनि गाईँगुईँपनि चलिरहेको छ । अहिले एमाले र कांग्रेस दुवै पक्षका दोस्रो तहका नेताहरुबीच यसबारेमा छलफल अघि बढेको स्रोतको दाबी छ

।प्रधानमन्त्री देउवाले चुनावमा मुलुकलाई अघि बढाए त्यसमा ओलीले पनि साथ दिने तयारी बुझिएको छ । एमालेका प्रभावशाली नेता शेरधन राईले पनि चुनावमा मुलुकलाई लैजाने प्रस्ताव आए आफ्नो पार्टीले स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । बरु, चुनावी सरकार कांग्रेस–एमालेको बनाउन सकिने र सरकारको नेतृत्वपनि कांग्रेसले नै गर्दा पनि कुनै आपत्ति नहुने राईको भनार्य छ ।

यस्तै गरि , दर्जन बढी पार्टी फुटाउन मेनरोल खेलेको आरोप लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान सत्तारुढ गठबन्धन नै फुटाउन लागेको खुलासा भएको छ । ‘प्रचण्ड’ले प्रधानमन्त्री शेर बहादुर देउवासँग सल्लाह नै नगरी एमसीसी पास नहुने सार्वजनिक घोषणा गरेपछि उनी गठबन्धन फुटाउन लागि परेको कुरालाई बल पुगेको हो ।

बालुवाटार निकट स्रोतका अनुसार प्रचण्ड र नेपाल पछिल्लो समय भित्रभित्रै सरकारविरुद्ध लागेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल ९वाईसीएल० को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ