आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ज्यान जाला एमसीसी पास गर्न दिन्न : प्रचण्ड

प्रकाशित
0.9K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्यान गएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्न नदिने बताएका छन् ।

मंगलबार योङ कम्युनिष्ट लिग नेपाल वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी केही गरी पनि पास नहुने घोषणा गरेका हुन् । कार्यक्रममा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

‘ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

यस्तै योङ कम्युनिष्ट लीग नेपाल वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह–संयोजक तोकेको छ । राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुंग्याउने जनाइएको थियो ।

आज राजधानीको गौशालास्थिति अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ‘अब्दुल’ र सह–संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो । वाईसीएल नेपालका पहिलेका परम्परालाई तोड्दै यो पटक जिम्मेवारी दिने विषयमा नयाँ अभ्यास थालिएको हो ।

भेलाले पदाधिकारी टुंग्याउने तयारी अन्तिम चरनमा पुगेपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ठाडो हस्तक्षेपमा यस्तो भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुमन प्रचण्डको गृह जिल्लाका हुन् ।

प्रचण्ड आफूले निर्वाचनमा कुनै समस्या झेल्न पर्ला की भन्ने डरका कारण सुमनलाई जसरी पनि नेतृत्व दिएरै छाडेका हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन ‘रश्मी’को नेतृत्वमा गठन भएको वाईसीएल नेपालले तत्कालीन महासचिव रामचन्द्र ९आरसी० शर्मा ‘विज्ञान’लाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

त्यसपछि आरसीको नेतृत्वमा महासचिव रहेका रामप्रसाद सापकोटा ‘दिपशिखा’ले वाईसीएलको नेतृत्व पाएका थिए । तर, यो पटक भने महासचिव रहेका सुबोधराजलाई जिम्मेवारी दिनुको सट्टा उपाध्यक्ष रहेका सुमनलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

वाईसीएलको राष्ट्रिय भेलामा आएका प्रतिनिधिमा ७५ प्रतिशत बढिको समर्थन र केन्द्रीय समितिमा समेत स्पष्ट बहुमतमा रहेपनि भेलाबाट अध्यक्ष बन्न नदिन निवर्तमान अध्यक्ष दिपशिखाले ठूलै भूमिका निभाएको आरोप लाग्दै आएको छ।

भने, पार्टी अध्यक्ष प्रचण्ड समेत आफ्नो निर्वाचन क्षेत्रलाई थप बलियो र सुनिश्चित बनाउन दलित समूदायका सेर्पालीको पक्षमा रहेका प्रतिनिधि र केन्द्रीय समितिको मतलाई लत्याउन लागिपरेको स्रोतको दाबी छ।

वाईसीएलका अधिकांश केन्द्रीय समिति सदस्यहरु तत्काल राजीनामा दिएर पार्टीलाई चुनौति दिनुपर्ने मत राख्न थालेका छन्। प्रचण्डले सेर्पालीलाई खुमलटारमा बोलाएर पार्टी निर्देशन र निर्णय भन्दै सुनमलाई संयोजक मानेर जान निर्देशन दिएपछि अवस्था परिवर्तन भएको हो।

यसै गरि , अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष विजय गौतमले वर्तमान देउवा सरकारलाई कुनै पनि प्रकारको गल्ती गर्ने छूट नरहेको बताएका छन। मंगलबार चितवनको माडी नगरपालिकामा अखिल (क्रान्तिकारी)को प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले राष्ट्रिय स्वाधीनताको सवालमा गरिने गल्ती त झन सोच्नै नसकिने बताए

एमसीसीमा राष्ट्रघात सम्बन्धी प्रावधान रहेको चर्चा गर्दे उपाध्यक्ष गौतमले भने, ‘केपी ओलीको असंवैधानिक कदम र कुशासनको बदलामा खडा भएको देउवा सरकारले जनआंकाक्षा विपरीतका,राष्ट्रिय हित प्रतिकूलका काम गर्न थाले माओवादी केन्द्रले समेत गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउने छ।’

यसका निम्ती संगठनले आन्तरिक र बाह्य खबरदारी जारी राख्ने उनले बताए। सम्मेलनलाई सम्बोधन गर्दै माडी नगरपालिकाका मेयर ठाकुर ढकालले हिजो ओली सरकारको पालामा पनि प्रचण्डकै कारण एमसीसी पारित हुन रोकिएको बताउँदै फेरी पनि प्रचण्डलेनै राष्ट्रघाती एमसीसी पारित हुन नदिने बताए।

माओवादी केन्द्रका चितवन जिल्ला कार्यालय सदस्य आरसी अधिकारीले विकराल शैक्षिक समस्या हल गर्न अखिल (क्रान्तिकारी)ले अगुवाई गर्नुपर्ने बताए।

सम्मेलनलाई माओवादी केन्द्रका बागमति प्रदेश सदस्य ओबनाथ पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं बागमति प्रदेश समिति सह-संयोजक सुरजसिंह ठकुरी, चितवन जिल्ला इंचार्ज अशोक देवकोटा, सह-इंचार्ज बसन्त देवकोटा, चितवन जिल्ला संयोजक अविनाश रम्तेल लगायतले सम्बोधन गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएलको संयोजकमा सुमन देवकोटा चयन भएका छन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा आज बसेको वाइसिएल केन्द्रीय समितिको बैठकले सहसंयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ।

वाइसिएलको अघिल्लो साता सम्पन्न राष्ट्रिय भेलाले केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो। सङ्गठनलाई थप गति दिने लक्ष्यका साथ आगामी फागुनमा पुनः राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत आजको बैठकले गरेको वाइसिएलले जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक, सामाजिक क्षेत्रमा युवालाई रचनात्मकरूपले परिचालन गरी समाजवाद स्थापनाको लक्ष्यमा लाग्न निर्देशन दिए। राजनीतिक परिवर्तनमा युवाले देखाएको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रतिगमनकारी प्रवृत्ति परास्त भए पनि पूर्णरूपमा परास्त नभएकाले त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए। वाइसिएलको केन्द्रीय समिति २३१ सदस्यीय रहेको छ।

यसै गरि , बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन्। प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरू माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाइँ र पार्वती सिलवाल रहेका छन्।

यस प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन्। बाग्मती प्रदेशमा एमालेका ५६ जना सांसद् रहेकामा १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन्।

प्रतिक्रिया