आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवाले सांसदलाई धम्की दिएपछि हंगामा

प्रकाशित
661
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदलाई धम्की दिएका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताबारे बोल्न ध्यान पुर्याउन भन्दै धम्की दिएका हुन्। उनले आफ्नो सांसदहरुलाई धम्कीको शैलीमा बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए ।

जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए । यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, ‘एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’एमसीसी सम्झौता अघिल्लो पटक देउवाकै सरकारले गरेकाले जसरी पनि पास गर्ने पक्षमा काँग्रेस छ ।

कांग्रेस, एमाले र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने अरु पार्टीहरु केही संशोधन सहित पास गर्ने अडान राख्दै आएका छन् । एमाले र कांग्रेस मिलेको खण्डमा एमसीसी सोतह पास हुन्छ।

यसै गरि , प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको सहयोग ल्याउँदैमा अमेरिकी सेना नेपाल नआउने बताएका छन् । देउवाले कम्युनिस्टहरूले अमेरिकी सेना आउन लागेको भन्दै भ्रम फैलाइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न आफू तयार रहेको बताए ।

मंगलवार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभाको भोलि बुधवार शुरू हुने अधिवेशनमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेको बताए । यसबारे संसदमा पर्याप्त छलफल हुने र पारित गर्नुपर्ने उनले बताए ।

‘एमसीसी आर्थिक सहयोग हो, देशको विकासका लागि ल्याउन खोजेको हो । एमसीसी अनुमोदन गर्दा अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइयो, त्यस्तो कहाँ लेखिएको छ रु’ देउवाको भनाइ उदृत गर्दै एक सांसदले लोकान्तरसँग भने ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा छँदा एमसीसी अनुमोदनको कुरा गरेको र प्रतिपक्षमा पुग्ने बित्तिकै विरोध गरेको आरोप लगाए । ‘सरकारमा छँदा एउटा कुरा गर्ने, सरकार बाहिर गएपछि भातृ संगठनलाई सडकमा उतार्ने ? राजनीति गर्नेले यस्तो दोहोरो कुरा गर्न मिल्छ ?’ देउवाले भने ।

देउवाले देशको विकासका लागि यसअघि आफू प्रधानमन्त्री रहेको समयमा एमसीसीमा हस्ताक्षर भएको र यो देशहितको पक्षमा रहेको दाबी गरे । ‘एमसीसीबाट नेताहरूले पैसा खाए भनेर आरोप लगाइएको छ, कुनै देशले व्यक्तिलाई पैसा दिन्छ ?’ देउवाले आक्रोशित हुँदै प्रश्न गरे ।

देउवाले संसदमा बुझेकाले मात्र एमसीसीबारे बोल्न र नबुझेकाले नबोल्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा एमसीसी पास गर्नेबारे सहमति जुटाउने समेत दाबी गरे । संसदीय दलको बैठकमा सांसद डा। नारायण खड्काले एमसीसीबारे उठेका भ्रम निवारणको कोसिस गरेका थिए ।

कांग्रेस संसदीय दलको बैठकले संसदको बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई ह्वीप लगाउने निर्णय गरेको छ । पार्टीको अधिवेशनको लागि सांसदहरू जिल्लामा गएकाले जिल्लाका कार्यक्रम छोट्याएर संसदको बैठकमा आउन निर्देशन दिने निर्णय भएको एक सांसदले बताए । बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि शुरू हुने संसदको अधिवेशनमा पेश गरिने विधेयक र अध्यादेशबारे जानकारी गराएका थिए ।

यसै गरि , प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच कुराकानी भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) पास गर्न सहयोग माग्दै देउवाले लोसपाका अध्यक्ष ठाकुरलाई फोन गरेका हुन् ।

मंगलबार दिउँसो तीन बजे देउवाले ठाकुरलाई फोन गरेका थिए। देउवाको आग्रहपछि उनले एमसीसी अनुमोदन गराउन सरकारलाई लोसपाको साथ रहने प्रतिवद्धता जनाएका थिए। भोलि संघीय संसदको दुवै सदनका बैठक शुरु हुँदै छन् । सरकारले यही अधिवेशनबाट एमसीसी अनुमोदन गराउने तयारी गरिरहेको छ ।

त्यसका लागि देउवाले सक्रियता बढाएका छन्। अनुमोदनका लागि संसदमा एमसीसी अगाडि बढाउनुअघि यसबारे उठेका विभिन्न आशंकाहरु समेटेर सरकारले एमसीसीलाई विभिन्न ११ प्रश्न पठाएको छ। एमसीसीबाट ती आशंकालाई प्रष्ट पार्ने गरि जवाफ आएमा एमसीसी सम्झौता अगाडि बढाउने तयारी सरकारको छ।

पहिलो चरण्माा अमेरिकाले नेपालमा एमसीसीको पक्षमा बहस हुनु सकारात्मक भएको भन्दै नेपाली जनतालाई धन्यावाद दिएको थियो सत्तारुढ दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले जस्ताको तस्तै एमसीसी पास हुन नसक्ने प्रतिक्रिया दिएपछि देउवाको सरकार संकटमा परेको छ ।

त्यही संकट टार्नका लागि देउवाले ठाकुरलाई फोन गरेका हुन्। ठाकुरले साथ साथ दिएको खण्डमा स्वतह एमसीसी पास हुने छ। माओवादी र एस पार्टीको साथ विनै एमसीसी पास गर्ने गरी देउवाले रणनीति बनाएका छन् ।

 

प्रतिक्रिया