आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ढुलमुले चरित्रले वामदेव अलपत्र, माधव नेपालले पनि फर्काएपछि ठूलो तनावमा

प्रकाशित
1.8K
SHARES

काठमाडौ। माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता भैसकेपछि सोही पार्टी प्रवेश गर्न गौतमले राजीनामा दिएको अनुमान गरियो । तर माधव नेपालसँग पनि पार्टीको सिद्धान्तका बारेमा विवाद बढेपछि गौतम पुन नेपाली राजनीतिमा तटस्थ देखिएका छन् । तत्कालिन नेकपामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद बढ्दादेखि तटस्थ रहेका गौतम विषेश कालखण्डमा कहिले ओली त कहिले प्रचण्ड खेमामा खुल्ने गरेका थिए ।

त्यसैले पनि उनलाई रजनीतिमा अडान लिन नसकेको भन्दै पीध नभएको लोटाको उपमा दिन थालिएको थियो । हाल आएर पार्टी विभाजन नै भइसक्दा पनि उनी लामो समय कुनै पार्टीमा खुल्न सकेनन् । अन्तत केपी ओलीलाई विभिन्न आरोप लगाउँदै राजीनामा दिएका गौतम समाजवादीमा पनि प्रवेश गर्न नसकेपछि आलोचनाको शिकार बन्दै आएका छन् । एमाले अध्यक्ष ओलीले त उनलाई उपप्रधानमन्त्री खानकै लागि एमाले छोडेको भन्दै आफूलाई आरोप लगाएर पानी माथिको ओभानो नबन्न सार्वजनीक चेतावनी नै दिएका छन् ।

यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा वामदेवकै नेतृत्वमा एमाले विभाजित भएर माले गठन भएको थियो । तर मालेले नेता कार्यकर्ताको साथ पाएपनि जनताको साथ नपाएपछि २०५८ सालमा पुनः एमालेमै माले समाहित भएको थियो । कतिपय एमालेका नेताहरु अहिले माधवको नेतृत्वमा भएको विभाजनलाई पनि मालेकै जस्तो हालत हुने भन्दै आलोचना गरिरहेका छन् । वामदेवले पनि एमाले छोडेर समाजवादीमा प्रवेश गर्ने तयारी गरेको भन्दै पहिला जस्तै उनी पुनः एमालेमा फर्कने र त्यसो नगरे उनको हालत पनि सीपी मैनालीको जस्तै हुने जस्ता अनुमान भैरहेका छन् ।

यता नेकपा मालेका महासचिव सीपी मैनाली भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीकै कारण उनीसँग इमान्दार नेताहरु टिक्न नसकेको आरोप लगाउछन् । माधव नेपाल केपी ओली र वामदेव गौतमको कार्यशैलिमा भएको विमेलको कारण उनीहरु एउटै पार्टीमा रहन नसकेको मैनालीको बुझाइ छ । पद र पैशाको लागि जे पनि गर्न पछि नपर्ने शैलीको कारण कम्युनिष्ट पार्टीहरुमा टुटफुट आउने गरेकको उनको भनाई छ ।

गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्न जनताको बहुदलीय जनवाद जवजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने, कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गर्नुपर्ने शर्त राखेका छन् । र तर सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जवजप्रति निकै अनुदार रहेकोले गौतमको माग सम्बोधन हुने सम्भावना निकै कम देखिन्छ । एमालेबाट राजीनामा दिइसकेको र नयाँ पार्टीमा पनि आफ्नो मागको सम्बोधन हुने सम्भावना नरहेकोले वामदेव गौतम आफ्नो राजनीतिक जीवनकै कठिन मोडमा पुगेका छन् ।

नेकपा एमालेमा विभाजन आइसकेपछि हाल जनप्रतिनिधिहरु दल छान्न व्यस्त छन् । माधव नेपालको नेतृत्वमा दर्ता भएको नयाँ दल नेकपा एकीकृत समाजवादीमा जनप्रतिनिधिहरुले उत्साहप्रद रुपमा सनाखत गरिरहेका छन् । तर ढुलमुले राजनीतिक गरेको आरोप खेप्दै आएका वामदेव गौतम भने पार्टी विभाजनको पछिल्लो प्रकरणमा पनि बलियो अडान लिन नसकेकोले आलोचनाको शिकार बनेका छन् । नेकपा एमालेभित्रको विवादमा तटस्थ रहँदै आएका वामदेव गौतमले गत विहिबार पार्टी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिए ।

यसै गरि , अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसका विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् ।

यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको पक्षमा छैन । उसले एमसीसीको विरोधमा देशव्यापी विरोध कार्यक्रम नै तय गरिसकेको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसद्बाट पारित हुन नसक्ने बताए ।

‘हाम्रो पार्टीको एमसीसीका विषयमा पहिले जे नीति थियो अहिले पनि त्यही छ, यथास्थितिमा एमसीसी संसद्बाट पारित हुँदैन, राष्ट्रियताका विषयमा त्यसमा केही संशोधन गर्न अमेरिका तयार हुनुपर्छ,’ माओवादी केन्द्रका नेता श्रेष्ठले भने । माओवादीका अध्यक्ष प्रचण्डले यही अवस्थामा एमसीसी पारित हुन नदिने अडान लिएको स्रोतले बतायो।

सत्तारूढ नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले यथास्थितिमै एमसीसी संसद्बाट पारित गर्न नसकिने बताए। सम्झौतामा रहेका सर्तहरू परिमार्जन तथा संशोधन गरेपछि मात्रै पारित गर्नुपर्ने उनले बताए ।

‘राष्ट्रको हितविपरीत भएकाले त्यसका सर्त परिमार्जन तथा संशोधन गर्नुपर्नेहुन्छ’ साहले भने, ‘यथास्थितिमै पारित हुनै सक्दैन्, अहिलेकै अवस्थामा पारित भयो भने आउने दिनमा अनेक समस्या आउने निश्चित छ ।’

नेकपा एकीकृत समाजवादी नेकपा एस का प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौताका सर्तहरू परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने बताए। त्यसमा रहेका सर्तहरू नेपालको हितविपरीत भएकाले संशोधन आवश्यक रहेको उनले बताए ।

यसै गरि, नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसिसीबारे चर्को बहस भएको छ। बुधबार बस्ने संसद् अधिवेशनको तयारीका लागि मंगलबार कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालमा विकासविरोधीहरूले एमसिसीबारे अनावश्यक भ्रम फैलाएको बताएका थिए।

संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा सहभागी एक सांसदका अनुसार एमसिसी ल्याउने सन्दर्भमा सबै दलका नेताहरू सहभागी भएको भन्दै देउवाले आफूलाई मात्र दोष दिन खोजिएको बताएका थिए।

‘एमसिसीले कति मुलुकले प्रगति गरिसके, यहाँ भने विकासविरोधीले भ्रम मात्रै फैलाए,’ देउवाको भनाइ उद्धृत गर्दै ती सांसदले नयाँ पत्रिकासँग भने। यसका साथै बैठकमा मन्त्रिमण्डल समावेशी बनाउने, गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति र सरकारको कार्यशैली र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागीमध्ये सांसद गगन थापाले सरकारका गतिविधिका कारण पार्टीको आलोचना सुरु भएको भन्दै सरकारको आलोचना गरेका थिए। ‘ओली सरकारले तीन वर्षमा के गरे भन्ने प्रश्न महत्वपूर्ण होइन, कांग्रेस नेतृत्वको सरकारले १७ महिनामा के गर्छ भन्ने महत्वपूर्ण हो। सरकारका कारण पार्टीको आलोचना बढ्यो,’ थापाको भनाइ उद्धृत गर्दै ती सांसदले भने।

प्रतिक्रिया