आज : गते

ताजा शिर्षकहरु

सरकारलाई ओलीको प्रश्न-‘तालिबानलाई फोन सम्पर्क गर्नुपर्दैन?’

प्रकाशित
1.4K
SHARES

पोखरा।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले नसकेको बताएका छन्। पोखरामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाए।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ। महिनौँ दिन भइसक्यो। तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि ।

तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ।’ यस्तै, अध्यक्ष ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाए। नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकोप्टर उडाइएको विषयमा मौन बसेको उनको आरोप छ।

‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने। बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ।

यसै गरि,  अदालतले निर्वाचन आयोगलाई भन्यो, ‘माधव नेपालको पार्टी किन दर्ता गरेको ?

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी किन दर्ता गरेको भन्दै निर्वाचन आयोगसँग जवाफ माग गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो जवाफ माग गरेको हो ।

अध्यक्ष ओलीले कारबाही गरेका संघीय संसदका १४ सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई आधार मानेर नयाँ दल दर्ता गर्नु गैरकानुनी भन्दै बदर गर्न माग गर्दै छुट्टै रिट दिएका थिए ।

उक्त रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले विपक्षी निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । लिखित जवाफ प्राप्त भएपछि ३ दिनपछि नै मुद्दाको सुनुवाई राखिएको एक कानुन व्यवसायीले जानकारी दिए ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले भदौ २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पार्टीले २५ साउनमै सांसदहरुलाई दलबाट निष्कासन गरेको र सो निर्णय कार्यान्वयनका लागि संसदलाई भदौ १ मा जानकारी गराएको भन्दै रिटमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश जबराको इजलासले अन्तरिम आदेश नदिई, अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि भदौ २८ गते दुबै पक्षलाई बोलाएको बहसमा सहभागी एक कानुन व्यवसायीले जानकारी दिए ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरी संसद सचिवालयलाई जानकारी गराएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भइसकेपछि निर्णय दिँदै कारबाही गर्न नपर्ने जानकारी गराएका थिए ।

यो पनि : रसियामा आफ्नै बाबुको ह’त्या गरेका ३ दिदीबहिनीले पाउने भए सफाइ: रसियामा चार वर्षअघि बाबुको ह’त्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनबिदहरुले आशा गरेका छन्। हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ।

५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरुले चक्कु प्रहार गरी हत्या गरेका थिए। १९ बर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ बर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए। बारम्बार यौन दुव्र्यबहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए।

अभियोगीमध्येकी कान्छी छोरी म्यारि सो ह’त्या’काण्डपछि मानसिक समस्याबाट पीडित छन्। आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन्।

अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरुले माग गरेका छन्। मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुव्र्यबहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ।

‘बाबुले छोरीहरुमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए। तीनै जना युवतीहरु सन् २०१४ देखि दुव्र्यबहार र पोस्ट ट्रउमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन्।

दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिजाउने, धम्की दिने र शारीरिक तथा यौन दुव्र्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ।उनीहरुका बाबु बाल दुराचारी भएको पोस्ट मार्टमको रिपोर्टमा पनि देखिएको थियो।

 

प्रतिक्रिया

आजको ट्रेन्डिङ