आज : गते

ताजा शिर्षकहरु

तालिबानले पठायो सपथग्रहणको निम्तो, कुन कुन राष्ट्र परे प्राथमिकतामा ?

प्रकाशित
1.6K
SHARES

एजेन्सी। तालिबानले अफगानिस्तान पुरै कब्जा गरिसकेता पनि हालसम्म त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया पुरा हुन सकेको छैन। सोमबार पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चाँडै सरकार गठन प्रक्रिया पुरा हुने बताएका थिए।

अन्तर्राष्ट्रिय संचारमाध्यका अनुसार तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। खबरअनुसार सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको थियो।

इन्डिया टुडेका अनुसार सरकार बनाउने प्रक्रिया पुरा हुनै लाग्दा तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई सरकारको शपथग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएको छ।

खबरअनुसार चीन, रुस, पाकिस्तान, इरान, कतार र टर्कीलाई तालिबानले कार्यक्रममा निम्तो दिएको छ। तालिबानले आफूसँग राम्रो सम्बन्ध भएका मुलुकका प्रतिनिधिलाई निम्तो दिएको हो। निम्तोको सूचीमा पश्चिमा राष्ट्रहरु नपरेको उल्लेख गरिएको छ। खबरअनुसार तालिबानले निम्तो दिएको मुलुकको सम्बन्ध अमेरिका र उसका साझेदार मुलुकसँग घनिष्ठ छैन।

यसै गरि, अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि भारतका लागि रुसी राजदूत निकोलाय कुदासेभले रुस र भारतको चीन्ता अफगानिस्तानको जमिन आतंकवादी गतिविधिको लागि प्रयोग नहोस् भन्ने रहेको बताएका छन्।

उनका अनुसार अफगानिस्तानको स्थितीलाई लिएर रुस र भारतको विचारमा अधिक अन्तर छैन। रुसी क्षेत्रसँगै भारतको कस्मिरसम्म अफगानिस्तानबाट आतंकवाद फैलिनसक्ने चिन्ता रुस र भारतकै रहेको उनको भनाइ छ।

समाचार संस्था पीटीआईसँगको कुराकानीमा उनले अफगानिस्तानमा बन्ने तालिबान सरकारलाई मान्यता दिन हतार हुनेछ। उनले भने कि तालिबान शासनद्वारा गरिएको कामको आधारमा उनीहरुलाई मान्यता प्राप्त हुनेछ।

अफगानिस्तानले उसको भूमि आतंकवादको प्रयोजनको लागि प्रयोग गर्न दिन नहुनेमा रुसको जोड रहेको छ। रुसले अफगानिस्तानमा समावेशी सरकार देख्न चाहेको उल्लेख गर्दै राजदूत कुदासेभले सुरक्षा र स्थिरताको पूर्वानुमान सुनिश्चित गर्ने सरकारको खाँचो भएको बताए।रुस र भारत अफगानिस्तानको स्थिरताको लागि मिलेर काम गर्न इच्छुक भएको पनि उनको भनाइ छ।

तेस्तै पढ्न चाहने महिलाको लागि तालिबानको ड्रेस कोडः शरीर ढाक्ने कपडा लगाउनु पर्ने नियम लागु गरेको छ।

तालिबान अफगानिस्तानको सत्तामा आएसँगै महिला अधिकार कुण्ठित हुने र उनीहरुले पढ्न नपाउने साथै घर बाहिरको काम गर्न नपाउने नियम लागू हुनसक्ने आशंका व्यक्त गरिएको थियो।

तर तालिबानले घर बाहिर महिलालाई काम गर्न दिने भएको छ। साथै महिलाले अफगानिस्तानमा विद्यालय, कलेज तथा विश्वविद्यालयमा पढ्न पाउने भएका छन्। हालै तालिबानका प्रवक्ताले अस्पतालमा काम गर्ने सबै महिलालाई काममा फर्कन निर्देशन दिएका थिए।

यतिबेला विद्यालय, कलेज र विश्वविद्यालयको सन्दर्भमा तालिबानले नयाँ नियम सार्वजनिक गरेको छ। नियमअनुसार महिलाहरुले विद्यालय, कलेज र विश्वविद्यालय पढ्न पाउनेछन्। तर उनीहरुले पहिरन सम्बन्धी नियम भने पालना गर्नुपर्नेछ।

सीजीटीएनका अनुसार तालिबानको शिक्षा मन्त्रालयले जारी गरेको सूचनाअनुसार महिलाहरु पढ्न जाँदा शरीर पुरै ढाक्ने कपडा लगाएर कक्षामा जानु पर्नेछ। उनीहरुले लगाउने कपडा कालो रङको हुनुपर्नेछ साथै मुख छोप्नलाई नकाब अथवा अबया रोब लगाउनुपर्नेछ।

महिला र पुरुषलाई पढाईने कक्षाहरु फरक हुनेछन् भने महिला शिक्षिकाले महिलालाई पढाउनेछन्। अथवा वृद्ध शिक्षक जसको आचरण ठिक छ उनलाई पनि महिला विद्यार्थीको शिक्षकको रुपमा नियुक्त गर्न सकिनेछ।

पन्जसिरका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप

हाल पन्जसिर उपत्यका आफ्नो कब्जामा आइसकेको तालिबानले बताएको छ। यसबीचमा पन्जसिरमा त्यहाँका लडाकुविरुद्ध तालिबानलाई पाकिस्तानले साथ दिएको आरोप लागेको छ। पाकिस्तानले ड्रोन आक्रमण गर्न सहयोग गरेकै कारण पन्जसिरका लडाकु तालिबानसँग हारेको आरोप लागेपछि पाकिस्तानले प्रतिक्रिया जनाउँदै आरोपहरु निराधार भएको बताएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भनेका छन्,‘अफगानिस्तानमा जे भइरहेको छ त्योसँग पाकिस्तानको कुनै सम्बन्ध छैन, चाहे पन्जसिर होस् या अन्त कतै।

यसै बीच , अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले पंजशीरबाट तालिबानको प्रतिरोध जारी रहने भन्दै आफूहरुले अफगानिस्तानभरीका जनताको हकको रक्षा गर्ने उद्घोष गरेका छन् । उनको उद्घोषपछि तालिवानीहरु झस्किएका र जनतामा आशा पलाएको समाचार स्रोत बताउँछ ।

सालेहले फेसबुकमा ‘तालिबानमाथि प्रतिक्रिया’ शीर्षकबाट एउटा पोस्ट लेखेका छन् । उनले यसमा लेखेका छन्, ‘हाम्रो प्रतिरोध सबै अफगान नागरिकको अधिकारको रक्षाका लागि हो । विरोधी पञ्जशीरमा छन् तर उनीहरुले पञ्जशीरका लागि मात्रै प्रतिरोध गरिरहेका छैनन् ।

‘आज यो उपत्यकाले सम्पूर्ण मुलुकको प्रतिनिधित्व गरिरहेका छ र ती सबै अफगान जनताका लागि एक आशा हो जसले दमन, बदला, द्वेष, मानिसहरुको सम्पत्तिमा दखलबाट जोगाउन चाहन्छ ।’

‘यदि यो देशले तिमीमाथि अलिकति पनि विश्वास गर्छ भने सीमामा मानिसहरुको लाइन किन छ, जो आफ्नो सबैकुरा छोड्न चाहन्छन् तर तिम्रो नियन्त्रणमा बस्न चाहँदैनन् ।’ अफगानिस्तानका अपदस्थ प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेह पञ्जशीरमा नै बसिरहेका छन् र उनले तालिबानविरुद्ध आफ्नो आवाज बलियो बनाइरहेका छन् ।

उनले आफूलाई कार्यवाहक राष्ट्रपति घोषित गरेका छन् र आफूले तालिबानसँग सम्झौता नगर्ने बताएका छन् । त्यहाँ हज्जारौं तालिबान विरोधी लडाकूले अहिले पनि मोर्चा बाँधिरहेको बताइन्छ।

पन्जशिर उपत्यकामा तालिबान झण्डा फहराइएको भिडियो सार्वजनिक, विरोधी समूह भन्छ ‘लडाइँ जारी छ।

तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छतालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो।उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ।

तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू ”सबै रणनीतिक स्थानमा” उपस्थित रहेको बताउँदै ”लडाइँ जारी राख्ने” जनाएको छ।उक्त समूहका नेताले तालिबानविरुद्ध ”देशैभरि विद्रोह”को आह्वान गरेका छन्। सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए।

‘तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु,” उनले भने। तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो। राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो।

भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्। यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन। सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढ बनाइदिएका छन्। बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर-पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वतशृङ्खलानजिक छ। उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत्‌का बाँधहरू र वायुऊर्जा केन्द्र रहेका छन्।

अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडिओ टावर निर्माणमा सहयोग गरेको छ। तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन। यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन।

सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो। स्थानीय कबिलाका नेता अमहम मसूदले अहिले तालिबानविरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेका छन्। यसअघि उनका पिताले सोभियत सेना र तालिबानको प्रतिरोध गरेका थिए।

तर सेप्टेम्बर ११ को घटना हुनु दुई दिनअघि उनको हत्या भएको थियो। यसअघि तालिबानविरुद्ध युद्ध गरिरहेको प्रतिरोधी समूहका नेताले आफू शान्तिवार्ताका लागि तयार भएको बताएका थिए।

वार्ताबाट समाधान खोज्न धार्मिक नेताहरूले ल्याएको एउटा प्रस्तावप्रति आफू सकारात्मक भएको जनाउ दिँदै अहमद मसूदले तालिबानलाई आफ्नो आक्रमण रोक्न आह्वान गरेका थिए। विरोधीहरूको गढ मानिएको पन्जशिरमा तालिबान तीव्र गतिमा बलियो बन्दै गरेको विवरण आएको थियो।

तालिबानले आक्रमण गर्न रोक्ने हो भने आफ्नो नेतृत्वमा रहेको एनआरएफ पनि लडाइँ रोक्न तयार हुने अहमद मसूदले फेसबुकमा लेखेका थिए। तालिबानको प्रतिरोध गर्ने एनआरएमा अफगान सुरक्षा निकाय काम गरेका पूर्वसुरक्षाकर्मी र स्थानीय लडाकु छन्।

आइतवार एनआरएफका दुई वरिष्ठ नेताहरू मारिएका थिए। एआरए‌फका अनुसार एक प्रवक्ता फाहिम दाश्ती र कमान्डर जेनरल अब्दुल वुदोद जाराको सङ्घर्षका क्रममा मृत्यु भएको थियो। उसले तालिबानका एक महत्त्वपूर्ण सैन्य अधिकारी र उनका १३ अङ्गरक्षकको पनि मृत्यु भएको दाबी गरेको छ।तालिबानले चाँडै नयाँ सरकार घोषणा गर्न लागेको हुनाले विदेशी शक्तिहरू तालिबान प्रशासनसँग कसरी व्यवहार गर्ने भनेर विचार गरिरहेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ