आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी केन्द्रका जिम्मेवार नेताले जोसमा होस् गुमाएपछि जनार्दन शर्मालाई आपत

प्रकाशित
3K
SHARES

काठमाडौ। नेकपा माओवादी केन्द्रका एक नेताले बलण्डर गर्दा अर्थमन्त्री जनार्दनलाई आपत परेको छ । शर्माले तीन वर्षअघि अभिभावकत्व ग्रहण गरेकी किशोरीमाथि ब’ला’त्कार भएपछि आपत आइलागेको हो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० का वडाध्यक्ष गंगाराम चनारा र उनका छोराले बलात्कार गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए । अभिभावकत्तो ग्रहण गरेपछि छोरी मागेको अर्थ लाग्छ । गंगारामले पन्ध्र वर्षीया एक बालिकाको श्रम शोषण गरेको र उनका छोरा कुश्माखर चनारा रविले जबर्जस्तीकरणी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय आठबीसकोटमा जाहेरी दिएकी छन् ।

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले आइतबार पीडित बालिकाले जबर्जस्तीक’रणी उद्योगमा जाहेरी दिएको जानकारी दिए । कुश्माखरका बुबा गंगाराम र आमा सुनिता चनाराविरुद्ध श्रमशोषण गरेको उजुरीसमेत दिएको उनले बताए ।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेसँगै कुश्माखर फरार भएका छन् । प्रहरी निरीक्षक शाहीले उसको खोजीकार्य जारी भएको बताउँदै गंगाराम र सुनितालाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ भइरहेको जानकारी दिए।

पीडित बालिकाले वडाध्यक्षका छोराले पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन्। निवेदनमा बालिकाले दुई वर्षदेखि निरन्तर ब’ला’त्कार गरिएको र हाल पेटमा आठ दश साताको गर्भ रहेकोसमेत उल्लेख गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

अर्थमन्त्री शर्माले तीन वर्षअघि अभिभावकत्व लिएर ती बालिकालाई सिस्ने हिमाल बालगृहमा भर्ना गरेका थिए। जाहेरीअनुसार २०७७ चैतको अन्तिममा लकडाउनको बहानामा बालगृह सञ्चालिका सुनिताले ती बालिकालाई आठबीसकोट १० स्थित आफ्नो घरमा लगी काममा लगाउने गरेकी थिइन्।

वडाध्यक्षले गरेको ओखर खेतीमा पानी र बोइलर कुखुरा पालनको काममा उनलाई चारो हाल्न नियमित लगाएको जाहेरीमा उल्लेख छ। ‘कुखुरालाई चारो हाल्न खोरमा गएको मौका छोपी वडाध्यक्ष गंगाराम र सुनिताका कान्छा छोरा कुश्माकर चनारा ९रवि० ले पछाडिबाट आएर मुख थुनी जबर्जस्तीक’रणी गरेर कहीँ कतै भनेमा मारिदिने धम्की दिएको हो,’ उनले जाहेरीमा उल्लेख गरेकी छन्।

नगरपालिकाको न्यायिक समितिमा दिएको निवेदनका आधारमा १९ भदौमा उनलाई आठबिसकोटको नगर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा बालिका गर्भवती रहेको देखिएको छ। उनको पेटमा रहेको बच्चा ९ देखि १० साताको रहेको तथ्य रिपोर्टले देखाएको छ।

पीडित बालिकाले १७ भदौमा आफू कोठामा पढिरहेका बेला वडाध्यक्ष गंगारामले नराम्रो नियतका साथ टाउको थिचेर कानमा औंला राखेर रगडेको भन्दै वडाध्यक्ष, बालगृह सञ्चालिका सुनिता र बलात्कार गर्ने रविमाथि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।

२०७४ मा बालगृहमा पढ्न भनेर बसेकी ती बालिका कक्षा ३ मा भर्ना भएकी थिइन् । उनीसहित बालगृहमा बसेका १२ जना अभिभावकविहीन बालबालिकालाई २०७६ मा माओवादी केन्द्रका नेता शर्माले अभिभावक बनेर विद्यालय भर्ना गरेका थिए । वडाध्यक्ष गंगाराम चनारा पनि माओवादी केन्द्रबाटै निर्वाचित हुन् ।

यसै गरि , नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भारतका सामु लम्पसार परेको खुलासा भएको छ। नेपालले भारतीय ज्यादतीका विरुद्ध विद्यार्थीहरु गरेको आन्दोलनमा हस्तक्षप गरेपछि उनको पोल खुलेको हो।

उनले विद्यार्थीहरुलाई आक्रामक आन्दोलन नगर्न सचेत गराएको खुलासा भएपछि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी सामु लम्पसार परेको खुलासा भएको हो ।

नेपाल अध्यक्ष रहेको नेकपा एस निकट विद्यार्थी संगठनले इण्डीयन प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँने देखि आक्रामक आन्दोलनहरु सुरु गरे पछि माधव नेपाललाई तनाव भएको हो ।

माधव नेपालको पार्टी नै इण्डीया विरोधी जस्तो देखिएपछि हतार हतार सो पार्टीका प्रवक्ताले आफ्नो पार्टी इण्डीया विरोधी नरहेको प्रष्टिकरण दिएका छन् । इण्डीया असल छिमेकी मुलुक मोदी नेपालको हितैषी भन्दै उनले बचाउँ गरेका छन् ।

नेकपा एसकाका प्रचार विभाग प्रमुख एव‌ प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भारतको विरोधमा नरहेको स्पष्ट पारेका छन् । युवा र विद्यार्थी संगठनले गरेको विरोधलाई अस्वाभाविक ठान्नु नहुने पनि उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने, ‘यो भारतविरुद्धको अभियान होइन । हामी कुनै पनि व्यक्ति र शक्तिको विरोध गर्दैनौं ।’

‘कतिपय नीतिका कारण विरोध भएको हुन सक्छ । हाम्रो पार्टी जहिल्यै पनि राष्ट्रिय हितका पक्षमा उभिन्छ । अन्ध समर्थन र अन्ध विरोधमा हामी हिँड्दैनौं । सरकार र पार्टी अन्तरसम्बन्धित पनि हुन्छन्, अन्तरविरोधी पनि हुन्छन् ।’ उनले भने ।

उनले अगाडि भने, ‘सरकारले गलत गर्यो भने वा जनसेवामा चुक्यो भने आलोचना गर्ने अधिकार सबैलाई रहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हामीले संस्थागत धारणा बनाएर गरेका होइनौं । युवा र विद्यार्थीले आफ्ना असहमति स्वतन्त्र र स्वतःस्फूर्त ढंगले राखेका हुन् । विगत ७० वर्षमा यस्ता धेरै काम भएका छन् ।

नेता खतिवडाले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति नबनेको बताए । उनले थपे, “प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै सन्दर्भमा एमसीसीको कुरा गर्नुभएको होला । तर यसबारे राजनीतिक दलहरुबीच कुनै सहमति भइसकेको छैन ।

नेकपा हुँदैमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदन नै यसबारे हाम्रो आधारभूत मान्यता हो । एमसीसी परियोजनाको कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तामा खलल आउने भएकाले सच्चाउनुपर्छ भन्ने हाम्रो मत हो ।

अहिले यो हाम्रा लागि छलफल र चर्चाको विषय मात्र हो, निर्णयको तहमा पुगेका छैनौं ।उनले एक९दुई दिनमा मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो पार्टी सामेल हुने पनि बताए ।

उनले भने, ‘अहिले हामी आन्तरिक तयारी र व्यवस्थापनमा व्यस्त छौं । छौं । भदौ २२ सम्म जनप्रतिनिधिलाई जिल्ला निर्वाचन कार्यालयमा लगेर सनाखत गराउँदै छौं । त्यसपछि सरकारमा जान तयार छौं ।’

उनले सांसद पद नै माया मारेका नेताहरूलाई मन्त्रीका लागि मरिहत्ते गरेको भन्नु त्यागको अवमूल्यन हुने पनि बताए । उनले थपे, ‘हामी योग्यता, क्षमता, सन्तुलन, इतिहास र योगदान हेरेर मन्त्री बनाउँछौं । तीन वटा मन्त्रालय पाए तीनवटै पठाउँछौं ।’

उनले भने, ‘चार वटा पाए चारवटै पठाउँछौं । त्यसको व्यवस्थापनमा कुनै समस्या छैन । मन्त्री बन्न मारामार भन्नु प्रोपागान्डा हो । सबै जना राजनीतिकर्मी एकैचोटि मन्त्री बन्न मरिहत्ते गर्दैनन् । पर्खेर बस्छन् । यसचोटि नभए अर्को चोटि हुन्छन् ।’

प्रतिक्रिया

आजको ट्रेन्डिङ