आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ह’त्या प्रकरण : घटना अझै रहस्यमय, बिहानबाट अनुसन्धान सुरु

प्रकाशित
2.5K
SHARES

काठमाडौ। संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६ जनाको वीभत्स ह’त्या घटना अझै रहस्यमय नै रहेको छ । सोमबार बिहान ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । तर, घटना सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि अझै रहस्यम नै देखिएको हो ।

तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीले बताए । उनका अनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ ।

अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको ह’त्या भएको थियो ।

सामूहिक ह’त्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।

घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो ।

तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही पर खरबारीमा फेला परेको थियो ।

तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

संखुवासभा घटना, कहाँ पुग्यो छानविन ? यस्तो छ पछिल्लो अपडेट

संखुवासभामा शनिबार घटेको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेका छ । एकै परिवारका ६ जनाको ह’त्या भएको घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको हो । सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको ह’त्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक एसपी भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो ।

संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

अनुसन्धान टोलीमा ट्रयाकर डग पिकु र लैलालाई घटनास्थल लगिएको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए ।

सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुगेर सम्भावित आरोपीसम्म पुर्‍याउने काम गर्छ ।

पानी परे पनि कुकुरको प्रयोग गर्ने दाहालले बताए । ‘पानी पर्दा ट्रयाकर डगको प्रभावकारिता कम हुनसक्छ,’ दाहालले भने, ‘हामी सकेसम्म कोसिस गर्छौं ।’ सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल छन् ।

उनकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की ह’त्या भएको हो ।

प्रहरीका अनुसार पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा छ । तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । ज्याकेट र गम्बुट लगाएका उनको भाग्दा भाग्दै हत्या गरेको जस्तो देखिन्छ ।

रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा छ । दिपेन र गोमाको शव घरदेखि खरबारीमा छ । घोप्टो अवस्थामा रहेका उनीहरुको शव करिब पाँच मिटरको दूरीमा छ । पाँच जनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा ह’त्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ