आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकामा एक नेपाली चेलीको सफलता, विश्वनै चकित

प्रकाशित
701
SHARES

काठमाडौं।  एक नेपाली चेली नेपालको नाम उचो राखेकी छन् । अमेरिकामा आफ्नो कर्मथलो बनाएर बसेकी डा. विष्णुमाया परियारले नेपालको नाम उचो राखेकी हुन् ।

उनको जीवनी विश्वव्यापी कलेजको पाठ्य पुस्तकमा समावेश भएको छ । विश्वविद्यालय र हाईस्कूलका विद्यार्थीहरूको पाठ्यपुस्तकमा उनको सफलता र संघर्षसहितको जीवनी पढ्न पाइने भएको छ ।

प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित दि राईटर्स माईण्डसेट पुस्तकमा डा. परियारको जीवन संघर्षको जीवनी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी प.ष्ठ ५९१–५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएकोछ।

उनको यो पाठ्यपुस्तकमा समावेश कहानी यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा प्रकाशन गरेको थियो। विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको सय बढी मुलुकहरूका हाईस्कूल, कलेज र विश्वविद्यालयहरूमा पढाईन्छ।

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार हाल जर्सी सिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यमा सन् २०२१–२०२४ कार्यकालको निम्ति नियुक्त भएकी छिन् ।

साथै जर्सी सिटी सहरको नेपालको लागि सिस्टर सिटीको लागि ईमिसरी (विशेषदूत) पनि हून्। डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झण्डा फहराईएको थियो ।

डा. परियार एनआरएनए आईसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोवल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाकि संस्थापक अध्यक्ष पनि हुन्। राष्ट्रिय र अन्तराष्ट्रिय धेरै पुरस्कारहरूबाट सम्मानित डा. परियारलाई सन् २०१५ मा उनले पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका मेयर ग्रेग ई फिसरले प्रोक्लेमेसन पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई ड.। विष्णुमाया परियार डे घोषणा गरिएको छ ।

यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो हो । डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीस्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिकमा घरेलु र यौन हिंशा सम्बन्धी आउटरिच को–अर्डिनरकोरूपमा सेवा पुर्याउँदै आएकी छिन् ।

यसै गरि , पन्जसिरका लडाकुले अझै पनि आफूहर तालिबानसँग नहारेको दाबी गरिरहेका छन्। तर तालिबान लडाकुले सोमबार पन्जसिर कब्जा गरेको भन्दै एउटा भिडिओ पोस्ट गरेका छन्। जहाँ उनीहरुले पन्जसिरका मुख्य क्षेत्रहरुमा आफ्नो झण्डा गाडिसकेका छन्।

तालिबानले हिजै पन्जसिर कब्जा गरेको दाबी गरिसकेको छ। यसबीचमा झण्डाहरु पन्जसिरमा फहराएको देखिएपछि पन्जसिर तालिबानको कब्जामा गएको पुष्टि भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

यद्यपी मंगलबार पनि एनआरएफ लडाकुले कयौं क्षेत्रमा अझै लडाइँ जारी रहेको बताइरहेका छन्। तर तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एनआरएफ लडाकुहरु भागेको बताएका छन्। हिजै तालिबानले अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह पन्जसिरबाट ताजकिस्तान भागेको जनाएका थिए।

यसबीचमा एनआरएफका प्रमुख अहमद मसुदले सामजिक संजालमा अडियो म्यासेज सार्वजनिक गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई मान्यता दिएको भन्दै असन्तुष्टी पोखेका छन्। उनले राष्ट्रिय विद्रोहको पनि आह्वान गरेका छन्।

उनले भनेका छन्,‘तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु।’ तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो। राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो।

भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्। यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन। सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो।

पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढ बनाइदिएका छन्। बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर–पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वत शृङ्खलानजिक छ।

उक्त क्षेत्रमा बहुमूल्य धातुका खानी, जलविद्युत्‌का बाँधहरू र वायुऊर्जा केन्द्र रहेका छन्। अमेरिकाले त्यहाँ सडक निर्माण तथा काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडिओ टावर निर्माणमा सहयोग गरेको छ।

तर आर्थिक रूपमा भने यो क्षेत्र अफगानिस्तानको अत्यावश्यक क्षेत्रमा पर्दैन। एनआरएफ लडाकुसँग वार्ता गर्ने प्रयास गर्दा उनीहरुले नमानेका कारण आक्रमण गर्नु परेको तालिबानको भनाइ छ।

प्रतिक्रिया