आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दार्चुला तुइन प्रकरण बारे सरकारले भारतलाई पठायो पत्र, के छ पत्रमा ?

प्रकाशित
1.5K
SHARES

काठमाडौ। दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता देखिएको प्रतिवेदन दिएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र स्रोतका अनुसार दार्चुला घटनाबारे भारतलाई कूटनीतिक नोट पठाइएको छ। तुइन प्रकरणमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो।

दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए। सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो। छानविन समितिले प्रतिवेदन दिएको एक सातापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र मन्त्रालयले केही दिनअघि कूटनीतिक नोट पठाएको हो । तर, यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छैन। परराष्ट्र स्रोतले कूटनीतिक नोट पठाएको सोमबार साँझ पुष्टि गरेको छ । ‘सोमबारभन्दा पहिले नै कूटनीतिक नोट पठाइएको हो,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘गृह मन्त्रालयको छानबिन प्रतिवेदनका आधारमा कूटनीतिक नोट पठाएका छौंँ ।’

गत १५ साउनमा दार्चुलास्थित महाकाली नदीको तुइनमा नेपालबाट भारततर्फ जाँदै गर्दा नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएका थिए । भारतीय सशस्त्र सीमा बल एसएसबीको घटनामा संलग्नता भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

गृह मन्त्रालयले १७ साउनमा छानबिन समिति बनाएर करिब तीन साता अध्ययन गरेको थियो । छानबिन प्रतिवेदनमा एसएसबीको संलग्नता उल्लेख छैन, तर एसएसबीको उपस्थिति रहेको उल्लेख छ ।

प्रतिक्रिया