आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् उत्कृष्ट १० निजामती कर्मचारीहरु नामावलीसहित

प्रकाशित
1.3K
SHARES

काठमाडौ। सरकारले उत्कृष्ट १० निजामती कर्मचारी छनोट गरेको छ । सरकारले निजामती दिवसको अवसरका प्रदान गरिने पुरस्कारका लागि उकृष्ट १० कर्मचारी छनोट गरेको हो ।

त्यस्तै, ३० जना निजामती सेवा पुरस्कारका लागि छनोट भएका छन् । पुरस्कार पाउनेहरुमा विभिन्न संबैधानिक अंग, मन्त्रालय मातहतका विभागमा कार्यरत कर्मचारी रहेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभागका कर्मचारी रहेका छन् ।

त्यस्तै, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एकएक जना कर्मचारी छन्।

मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरिएको छ। पुरस्कार पाउने सूचीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म छन्।

उत्कृष्ट कर्मचारीमा सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोग सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्र कुमार केसी रहेका छन् ।

सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ। गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ।

‘यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेका छैनन्। कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो। सरकारले हरेक वर्ष २२ भदाैमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ।

दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वाेत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो। समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन्।

 

 

प्रतिक्रिया