आज : गते

ताजा शिर्षकहरु

जोसमा होस् गुमाउँदा एमाले नेता रङ्गेहात पक्राउ

प्रकाशित
1.2K
SHARES

काठमाडौ।  नेकपा एमालेका स्थानीय नेता रङ्गेहात पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्यसमेत रहेको नेकपाका एमालेका नेता रङ्गेहात पक्राउ परेका हुन् । उनी घुस रकमसहित रङ्गेहात पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडा सदस्य वसन्त महर्जन रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले छापा मार्ने क्रममा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट वडा सदस्य वसन्त महर्जन पक्राउ परेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख घुस माग गरेका थिए। सोही क्रममा उनी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्। वडा सदस्य महर्जनलाई घुससहित पक्राउ गरि थप अनुसन्धान र कारबाहीको लागि अख्तियार कार्यालय टंगालमा लगिएको छ।

यसै गरि , नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भारतका सामु लम्पसार परेको खुलासा भएको छ । नेपालले भारतीय ज्यादतीका विरुद्ध विद्यार्थीहरु गरेको आन्दोलनमा हस्तक्षप गरेपछि उनको पोल खुलेको हो ।

उनले विद्यार्थीहरुलाई आक्रामक आन्दोलन नगर्न सचेत गराएको खुलासा भएपछि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी सामु लम्पसार परेको खुलासा भएको हो । नेपाल अध्यक्ष रहेको नेकपा एस निकट विद्यार्थी संगठनले इण्डीयन प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउँने देखि आक्रामक आन्दोलनहरु सुरु गरे पछि माधव नेपाललाई तनाव भएको हो ।

माधव नेपालको पार्टी नै इण्डीया विरोधी जस्तो देखिएपछि हतार हतार सो पार्टीका प्रवक्ताले आफ्नो पार्टी इण्डीया विरोधी नरहेको प्रष्टिकरण दिएका छन् । इण्डीया असल छिमेकी मुलुक मोदी नेपालको हितैषी भन्दै उनले बचाउँ गरेका छन् ।

नेकपा एसकाका प्रचार विभाग प्रमुख एव‌ प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी भारतको विरोधमा नरहेको स्पष्ट पारेका छन् । युवा र विद्यार्थी संगठनले गरेको विरोधलाई अस्वाभाविक ठान्नु नहुने पनि उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने, ‘यो भारतविरुद्धको अभियान होइन । हामी कुनै पनि व्यक्ति र शक्तिको विरोध गर्दैनौं ।’

‘कतिपय नीतिका कारण विरोध भएको हुन सक्छ । हाम्रो पार्टी जहिल्यै पनि राष्ट्रिय हितका पक्षमा उभिन्छ । अन्ध समर्थन र अन्ध विरोधमा हामी हिँड्दैनौं । सरकार र पार्टी अन्तरसम्बन्धित पनि हुन्छन्, अन्तरविरोधी पनि हुन्छन् ।’ उनले भने ।

उनले अगाडि भने, ‘सरकारले गलत गर्यो भने वा जनसेवामा चुक्यो भने आलोचना गर्ने अधिकार सबैलाई रहन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हामीले संस्थागत धारणा बनाएर गरेका होइनौं । युवा र विद्यार्थीले आफ्ना असहमति स्वतन्त्र र स्वतःस्फूर्त ढंगले राखेका हुन् । विगत ७० वर्षमा यस्ता धेरै काम भएका छन् ।”

नेता खतिवडाले एमसीसीका सम्बन्धमा राष्ट्रिय सहमति नबनेको बताए । उनले थपे, “प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै सन्दर्भमा एमसीसीको कुरा गर्नुभएको होला । तर यसबारे राजनीतिक दलहरुबीच कुनै सहमति भइसकेको छैन ।

नेकपा हुँदैमा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको प्रतिवेदन नै यसबारे हाम्रो आधारभूत मान्यता हो । एमसीसी परियोजनाको कतिपय प्रावधानले नेपालको सार्वभौमसत्तामा खलल आउने भएकाले सच्चाउनुपर्छ भन्ने हाम्रो मत हो ।

अहिले यो हाम्रा लागि छलफल र चर्चाको विषय मात्र हो, निर्णयको तहमा पुगेका छैनौं ।उनले एक९दुई दिनमा मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो पार्टी सामेल हुने पनि बताए ।

उनले भने, ‘अहिले हामी आन्तरिक तयारी र व्यवस्थापनमा व्यस्त छौं । छौं । भदौ २२ सम्म जनप्रतिनिधिलाई जिल्ला निर्वाचन कार्यालयमा लगेर सनाखत गराउँदै छौं । त्यसपछि सरकारमा जान तयार छौं ।’

उनले सांसद पद नै माया मारेका नेताहरूलाई मन्त्रीका लागि मरिहत्ते गरेको भन्नु त्यागको अवमूल्यन हुने पनि बताए । उनले थपे, ‘हामी योग्यता, क्षमता, सन्तुलन, इतिहास र योगदान हेरेर मन्त्री बनाउँछौं । तीन वटा मन्त्रालय पाए तीनवटै पठाउँछौं ।’

उनले भने, ‘चार वटा पाए चारवटै पठाउँछौं । त्यसको व्यवस्थापनमा कुनै समस्या छैन । मन्त्री बन्न मारामार भन्नु प्रोपागान्डा हो । सबै जना राजनीतिकर्मी एकैचोटि मन्त्री बन्न मरिहत्ते गर्दैनन् । पर्खेर बस्छन् । यसचोटि नभए अर्को चोटि हुन्छन् ।’

यसै गरि , स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आजसम्म कमाएको सम्पति सरकरलाई बुझाउने घोषणा गरेका छन् । उनले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गरेका छन् । अबौँका मालिक श्रेष्ठले ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति कमाउन लागेकाले अब आफूले कमाएको पैसा राज्यलाई सहयोग गर्ने बताएका हुन् ।

उनले आफूले कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने घोषणा गरेका हुन्। ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पारे । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उनको भनाइ छ ।

कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उनले बताए । गएको असार १० गते प्रधानमन्त्री देउवाले उनलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । सुरुका दिनहरुमा निकै आलोचित बनेका श्रेष्ठ पछिल्लो समय आफ्नो क्विालिटी देखाइरहेका छन् ।

उनको सम्पति कति छ भन्ने उनी आफैलाई पनि थाहा छैन् । चितवनमा १०० औँ विघा जमिन उनको नाममा छन् । ललितपुरमा लिटिल एन्जिल्स स्कुलले चर्चेको जमिन मात्रै अर्बौको छ । उनको थुपै्र अप्पलात तथा सिटीइभिटीबाट सम्बन्धन प्राप्त कलेजहरु छन।

प्रतिक्रिया