आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवाले बनाए अर्को खतरनाक रणनीति, सबैभन्दा ठूलो मारमा प्रचण्ड

प्रकाशित
1.5K
SHARES

काठमाडौ। सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको दूरी घटाउने नीति लिएको छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा सघाउन एमालेलाई सरकारले अनौपचारिक प्रस्तावसमेत गरेको छ।

सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले सरकार र प्रतिपक्षबीचको दूरीलाई घटाउनेगरी रणनीति बनाएका हुन्। देउवाको उक्त रणनीतिले सत्तारुढ गठबन्धनकै नेता पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो तनाव हुने देखिएको छ।

त्यसका लागि आन्तरिक रूपमा प्रधानमन्त्री देउवाले आफूनिकट नेताहरूलाई प्रमुख प्रतिपक्षीसँगको संवादका लागि खटाएका छन् । यसअघि प्रधानमन्त्री रहँदा केपी शर्मा ओलीसमेत एमसीसीका विषयमा सकारात्मक रहेका थिए।

‘प्रधानमन्त्री देउवा सरकार र प्रमुख प्रतिपक्षबीचको दूरी कम होस् भन्नेमा हुनुहुन्छ, त्यहीअनुसार उहाँले पूर्वप्रधानमन्त्री ओलीसँगको संवादलाई आफू निकटका नेतामार्फत अघि बढाइरहनुभएको छ, मुख्य विषय संसद् र एमसीसीसँग जोडिएको छ,’ प्रधानमन्त्री देउवानिकट उच्च स्रोतले भन्यो।

देउवाले सरकार र प्रतिपक्षबीचको दूरी कम गर्ने उद्देश्यसहित १५ भदौमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमाले अध्यक्ष ओलीसँग भेट गर्न उनको बालकोटस्थित निवास पठाएका थिए ।

सोही दिन नै कार्कीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत एमाले संसदीय दलको कार्यालय पुगेर भेटेका थिए । नेम्वाङलाई भेटेपछि कार्की ओलीलाई भेट्न पुगेका थिए।

‘प्रतिपक्षसँग सम्बन्धबारे कुराकानी गर्न कानुनमन्त्रीज्यू आउनुभएको थियो, त्यसपछि अध्यक्षजीसँग पनि छलफल भयो, सरकार र प्रतिपक्षबीचको वर्किङ रिलेसनका विषयमा कुराकानी भएका हुन्, एससीसीका विषय पनि आए,’ नेम्वाङले भने। सो क्रममा नेम्वाङले एमालेले एमसीसीका विषयमा गठबन्धनमा रहेका दलहरूको धारणा आएपछि राय दिने जवाफ दिएको जानकारी दिए।

यसै गरि , मन्त्रिपरिषद् विस्तारको डेट फिक्स भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्सी बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्। सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको थियो।

तर, गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सहमतिमा प्रधानमन्त्री देउवाले यही बुधबार सरकारलाई पूणर्ता दिने भएका हुन् । मन्त्रालयको भागबण्डासमेत भैसकेको छ । कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ भने नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ६÷६ वटा मन्त्रालय पाउने भएका छन् ।

माओवादीभित्र मन्त्रीकै लागि अहिले रडाको मच्चिरहेको छ । माधव नेपालको पार्टी र माओवादीले समान मन्त्री पाउदा माओवादीभित्र नारायणकाजी लगायतका नेताहरुले मन्त्री नबनाईए पार्टी फुटाउने सम्मको चेतावनी दिएका छन् । ६ वटा मन्त्रालयले पार्टीका सबै नेताको चित्त बुझाउन नसकिने भएपछि प्रचण्डलाई तनाव भएको छ ।

नेकपा एकीकृत समाजवादी का सचिवालय सदस्य डा. विजय पौडेलले मन्त्रिपरिषद् विस्तार अब ढिलो नहुने बताए । उनले भने,‘भोलि सबै कुरा टुँगो लगाउने कार्यक्रम छ । यसबारेमा हामी भोलि फेरि बस्छौं । मलाई लाग्छ, पर्सी मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ पछिल्लो समय गठबन्धनमा आवद्ध दलहरुबीच खटपट सुरु भएको भन्ने चर्चा थियो ।

यसै गरि , प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेकपा एमाले ले संसद् चल्न नदिने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर रुष्ट रहेको एमालेले अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।

सरकारको सिफारिशमा राष्ट्रति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार ४ बजेको लागि संसद् अधिवेशन बोलाएकी छिन्। तर, प्रमुख प्रतिपक्षी एमालेले भने बैठक सहज रुपमा चल्न नदिने तयारी गरेको छ । त्यसको संकेत आज एमाले सांसद महेश बस्नेतको चेतावनीले देखाएको छ।

उनले प्रमुख प्रतिपक्षको भूमिका २३ गतेको संसद् बैठकमा देखाईदिने चेतावनी दिएका छन्। उनले आज काठमाडौंमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन्। उनले सभामुख सापकोटाको भूमिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ताको जस्तो भएको भन्दै आलोचना गरे।

उनले सभामुखले कुनै अमुक पार्टीको पक्ष लिएको पनि टिप्पणी गरे। खासगरी १४ सांसदलाई पदमुक्त गर्न सिफारिश गर्दापनि सभामुखले सोहीअनुसार कारबाही अघि नबढाएको भन्दै एमाले रुष्ट बन्दै आएको छ। उसो त विश्वस्त स्रोतका अनुसार सत्तारुढ गठबन्धनलाई बदनाम गर्नकै लागि भएपछि चर्चामा रहेको एमसीसी पनि अघि नबढाउने अडान एमालेले लिने भएको छ।

प्रतिक्रिया