आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घटनास्थलमा पुग्यो कुकुरसहितको अनुसन्धान टोली, रहस्य खुल्दै

प्रकाशित
1.4K
SHARES

काठमाडौ।  संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

‘घटनाको जानकारी प्राप्त भएलगत्तै एसपी साबको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ,’ प्रहरी प्रवक्ता राईले भने, तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ।’ घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने उनले बताए ।

प्रहरीले घटना संलग्न नउम्किउन् भनेर सतर्कता अपनाएको छ । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ । प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ ।

उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । प्रहरीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको छन्।

यसैगरी जिल्लाको प्रहरीको टोली पनि घटना स्थलतर्फ गएको छ घर । घटना भएको घर गाउँको एकान्तमा रहेको बताइएको छ । घटना गएराति नै भएको अनुमान गरिएको छ भने बिहान मात्रै प्रहरीले खबर पाएको थियो ।

छिमेकीको वयान, ‘एकै परिवारका ६ जनालाई लखेटी लखेटी मारे’ संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको हत्या भएको हो । बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको हो ।

स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ । ‘मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं ।’ उनले भने ।

‘हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।’ उनले भने ।

‘काका तेजबहादुरलाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन्,’ उनले भने, ‘उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ ।’

उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ । अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

‘बौद्धमान तेजबहादुरको बुबा बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुन्न र बोल्न सक्नुहुन्न ।’ उनले भने ।

कसले गर्यो ६ जनाको एकै चिहान, के भन्छ प्रहरी ?

संखुवासभामा ६ जनाको सामूहिक हत्या भएको छ । ६ जनाकै शव विभिन्न चार ठाउँमा भेटिएका छन् । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् । घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भेटिएको छ ।

घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ’ एक अनुसन्धान अधिकृतले भने । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए ।

‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन ।

प्रतिक्रिया