आज : गते

ताजा शिर्षकहरु

राष्ट्रपति नियन्त्रणमा लिएर सेनाले ह’त्याए सत्ता, राष्ट्रसंघद्वारा घटनाको निन्दा

प्रकाशित
1.5K
SHARES

एजेन्सी। गुएनामा सेनाले सत्ता ह’त्याएका छन्। यसबीचमा गुएनामा भएको राजनीतिक ‘कू’को संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन्। गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेको महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताए।

गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन्। गुएनामा सुरक्षा फौजको प्रयोग गरी शक्ति हत्याइएको र यहाँका राष्ट्रपति अल्फा कोन्डेलाई बन्दी बनाइएको छ।

महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भनेका छन्,‘गुएनामा सुरक्षा फौजका माध्यमबाट जबर्जस्ती सत्ता हत्याइएको छ, यस घटनाको म निन्दा गर्दछु र राष्ट्रपतिको तुरुन्त रिहाइको माग पनि गर्दछु।’ उनले बन्दुकका माध्यमबाट हात पारिएको सत्ता र शक्ति वैधानिक नभएको पनि बताए।

यसै गरि : अफ्रिकी मुलुक मालीमा सैन्य ‘कू’ को नेतृत्व गरेका कर्नल असिमी गोइटालाई संक्रमणकालिन राष्ट्रपति घोषणा गरिएको छ। पाँचदिन अघि सेनाले कू गर्दै मालीका राष्ट्रपति बह नडउ र अन्तरिम सरकारका प्रधानमन्त्री मोक्टर ओउनेलाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई सेनाले राजीनामा गर्न बाध्य बनाएको थियो। त्यसपछि उनीहरुलाई रिहा गरिएको थियो।

मालीको संवैधानिक अदालतले राष्ट्रपति पद खाली भएकोले कर्नल गोटालाई संक्रमणकालिन राष्ट्रपतिको जिम्मेवारी दिइएको जनाएको हो।गोटाले नै गत वर्षपनि ‘कू’को नेतृत्व गरेका थिए। मन्त्रिमण्डल हेरफेरका क्रममा गत वर्ष ‘कू’ को नेतृत्व गरेका दुईजना सैनिकलाई हटाइएपनि सेना फेरि सत्ता कब्जामा ओर्लिएको हो। ९ महिना अघिपन सेनाले ‘कू’ गर्दै तत्कालिन सरकारलाई अपदस्त गरेको थियो।

संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले सैन्य अधिकारीहरुलाई राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न चेतावनी दिएको छ। दुवै संस्थाले अन्तर्राष्ट्रिय समुदायले मालीमा सैन्य शासनलाई मान्यता नदिने बताएको छ। अमेरिका, बेलायत, फ्रान्स जर्नी र वेस्ट अफ्रिकन ब्लकले समेत यसमा सहमति जनाएको छ।

मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।मालीमा नौ महिनाअघि मात्र सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो ।

सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको यो । पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।

उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो । यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।

यसअघि मालीमा भएको सैन्य कूको फाइदा उठाउँदै इस्लामिक चरमपन्थी संगठनले मालीको एक क्षेत्रमा आफ्नो कब्जा जमाएका थिए । त्यसपछि फ्रान्सेली सेनाले उक्त जमिन फिर्ता ल्याउन मालीको सहयोग गरेको थियो ।

तर, त्यसपछि भने अहिले आक्रमण भने भइरहेको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले अहिले नियन्त्रणमा लिइएका नेताहरुलाई विनाशर्त तत्काल रिहा गर्न माग गरेका छन् ।

यसै गरि चीनको १९ युद्धक विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेको ताइवानले बताएको छ। आइतबार आफ्नो वायु रक्षा क्षेत्रमा बम्बर विमानहरु बिना अनुमति पठाएर चीनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार आइतबार आफ्नो आकाशमा देखिएको चिनियाँ युद्धक विमानहरु परमाणु हतियार सम्पन्न र बम्बर विमानहरु थिए। एक वर्षयता ताइवानको आकाशमा चिनियाँ विमानहरु यसरी नै घुसिरहेका छन्।

हिजो चारवटा चीनको शक्तिशाली एच–६ बम्बर जो पनडुब्बी पत्ता लगाएर आक्रमण गर्नसक्छ सो विमान पनि ताइवानको हवाई क्षेत्रमा देखिएका थिए। चिनियाँ विमानहरु कहाँ–कहाँ उडे भनेर ताइवानको रक्षा मन्त्रालयले एउटा चित्र नै सार्वजनिक गरेको छ जहाँ चिनियाँ विमानहरु ताइवानको तट क्षेत्रसम्मै पुगेको देखिएको छ।

मन्त्रालयका अनुसार चिनियाँ विमानलाई चेतावनी दिन ताइवानका युद्धक विमानहरु पनि आकाशमा उडेका थिए साथै चेतावनी दिँदै चीनका विमानविरुद्ध क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएको थियो।

चीनले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन। गत जुन महिनामा पनि चीनका १८ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। गतहप्ता मात्र चिनियाँ खतरा ज्यादै बढेको ताइवानले बताएको थियो।

वास्तवमा चीनले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त भएको बताउँछ। जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने बेइजिङको भनाइलाई भने ताइवानले स्वीकार गर्दैन।

झन् साई इंग–वेनको एक चीन नीति नमान्ने दृढताकै कारण उनी दोस्रोपटक ताइवानको राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। चीनबाट खतरा बढेको बताउँदै यतिबेला उनले अमेरिकाबाट अत्याधुनिक हतियार, युद्धक विमान, राडार प्रणाली, क्षेप्यास्त्रहरु खरिद गर्न थालेकी छिन्।

यी विषयले निश्चय नै चीन रुष्ट छ। चीनले आफूले चाहेमा ताइवानलाई केहीबेरमै नियन्त्रणमा लिनसक्ने बताउँदै गर्दा ताइवानले भने आफ्नो रक्षा प्रणालीलाई अमेरिकाको सहयोगमा बलियो बनाउँदै लगेको छ।

यसबीचमा चीनका विमानहरु ताइवान घुसिरहेका छन्। चीनले ताइवान कब्जा गर्ने ढाँचाका सैन्य अभ्यासहरु दोहोर्याउँदै लगेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले गतवर्ष ताइवान चीनको हिस्सा भएको र ताइवान चीनबाट अलग्याउन चाहने सक्रिय भएको भन्दै आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएका छन्। ताइवानले पनि चीनसँग हुने युद्धको लागि तयार हुनुपर्छ भनिरहेको छ।

चीन र ताइवानबारे तथ्य
सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। त्यसअघि ताइवान चीनको अधिनमा थियो। अलग निर्वाचित सरकार साथै आफ्नै संविधान भएता पनि ताइवान आफ्नो भएको बताउने बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। एससीएमपी र बीबीसीको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ