आज : गते

ताजा शिर्षकहरु

गभर्नरलाई अर्थमन्त्रीको फोन: पुँजी बजारका समस्या छिटो समाधान गर्नु, नसके राजिनामा बुझाउनु

प्रकाशित
2.4K
SHARES

काठमाडौ। शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण जनाएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । शेयर लगानीकर्ताहरुले गलत नीति बनाएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन ।अहिले करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन सकिन्छ।

यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकारात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन् ।

यसै गरि  लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका प्रवक्तालाई मागपत्र बुझाएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलतरत लगानीकर्ताहरुले प्रवक्तालाई देवकुमार ढकाललाई मागपत्र बुझाएर फर्किएका हुन् ।

गभर्नर अधिकारीले नियोजित रुपमा सेयर बजार घटाउने सेयर कर्जाको नीति ल्याएको उनीहरु आरोप छ । आज सोमबार शंकरदेव कलेजबाट करिब ५ सयभन्दा बढी लगानीकर्ताको समूहले राष्ट्र बैंकका गभर्नरविरुद्ध विरोध र्याली निकालेर गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका थिए ।

यद्यपी राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार निषेधित क्षेत्र भएकाले सबै लगानीकर्ताहरु राष्ट्र बैंकमा प्रवेश गर्न पाएनन् । सिमित व्यक्तिले प्रवक्तालाई मागपत्र बुझाएका हुन् । राष्ट्र बैकले मौद्रिक नीतिमा एक जना लगानीकर्ताले एउटा बैंकबाट ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् ।

सेयर धितो कर्जाको १२ करोडको सीमाको विरोध गर्दै उनको राजीनामा मागेका हुन् । लगानीकर्ताहरुले १६ बुँदे माग राख्दै पहिलो नम्बरमा गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन् । १२ करोडको सीमा राष्ट्र बैंकको अस्तित्व नै धरापमा पार्ने गरी नियोजित रूपमा तयार गरिएको नीति, कार्यक्रमलगायतले समग्र पूँजी बजारमा समस्या पारेपछि गभर्नरको राजीनामा माग गरिएको एक लगानीकर्ताले बताए ।

४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको पनि उनीहरुको आरोप छ ।यता लगानीकर्ताले आफ्ना मागहरु सहज तरिकाले सम्बोधन नभए सोमबार राष्ट्र बैंकमा आन्दोलन गर्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

यो पनि : सभामुख सापकोटालाई ईश्वर पोखरेलले दिए अहिलेसम्म कसैले नदिएको यस्तो च्यालेन्ज, अब के गर्लान् सापकोटा ?

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाईले अहिलेसम्म कसैले नदिएको च्यालेन्ज दिएका छन् । महासचिव पोखरेलले आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका हुन्।

नेकपा ९एमाले० काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो चुनौती दिएका हुन्। सम्बोधनको अधिकांश समय सभामुखप्रति आक्रामक रुपमा प्रस्तुत भएका पोखरेलले सभामुख सापकोटा सभामुख नभइ प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी गरे।

‘सभामुखको गतिविधि हेर्नुस् त्यो संवैधानिक ओहोदा हो। तर, अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन्’, उनले भने, ‘आउँदो संसद् कसरी चलाउँछन् त्यसको हिसाबकिताब त्यहीँ गर्छौं।’ नेकपा ९एमाले०ले कारबाही गरेका १४ जना सांसदहरुको कारबाही सम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति पोखरेल आक्रोशित बनेका हुन्।

‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने,’ उनले भने, ‘तर नेकपा एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई धन्काएर राख्नेरु प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख।’

उनले आफ्नो पार्टीको नेतृत्वको सरकारबाट जसरी बाहिरिनु परेको छ त्यसको हिसाब किताब आउँदो चुनावबाट देखाउने चेतावनी दिए। भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइन काटेपछि नेपाली नागरिक जयसिंह धामी बेपत्ता घटनामा कूटनीतिक नोटिससमेत पठाउन नसक्ने अहिलेको सरकारबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ।

‘दार्चुलामा अहिले पनि नेपाली सीमा क्षेत्रभित्र भारतीय सेनाका हेलिकोप्टरहरु उडिरहेको खबर आइरहेका छन्,’ उनले भने,‘ तर, सरकारले बोल्न सकेको छैन। कम्फर्टटेबल भनिएको सरकारको गतिविधिले राष्ट्रिय स्वाधिनता कमजोर बनाएको छ।’ चीनसँग सीमाको कुनै समस्या नहुँदा पनि समिति बनाउने अहिलेको सरकारले भातरसँगका समस्याका बारेमा चूँ पनि बोल्न नसकेको उनको आरोप छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ