आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ताइवान कब्जा गर्ने चीनको चे’तावनी, १९ युद्धक विमान द्वारा हमला

प्रकाशित
1.6K
SHARES

काठमाडौ। चीनको १९ युद्धक विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेको ताइवानले बताएको छ। आइतबार आफ्नो वायु रक्षा क्षेत्रमा बम्बर विमानहरु बिना अनुमति पठाएर चीनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार आइतबार आफ्नो आकाशमा देखिएको चिनियाँ युद्धक विमानहरु परमाणु हतियार सम्पन्न र बम्बर विमानहरु थिए। एक वर्षयता ताइवानको आकाशमा चिनियाँ विमानहरु यसरी नै घुसिरहेका छन्।

हिजो चारवटा चीनको शक्तिशाली एच–६ बम्बर जो पनडुब्बी पत्ता लगाएर आक्रमण गर्नसक्छ सो विमान पनि ताइवानको हवाई क्षेत्रमा देखिएका थिए। चिनियाँ विमानहरु कहाँ–कहाँ उडे भनेर ताइवानको रक्षा मन्त्रालयले एउटा चित्र नै सार्वजनिक गरेको छ जहाँ चिनियाँ विमानहरु ताइवानको तट क्षेत्रसम्मै पुगेको देखिएको छ।

मन्त्रालयका अनुसार चिनियाँ विमानलाई चेतावनी दिन ताइवानका युद्धक विमानहरु पनि आकाशमा उडेका थिए साथै चेतावनी दिँदै चीनका विमानविरुद्ध क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएको थियो।

चीनले भने यो विषयमा केही प्रतिक्रिया दिएको छैन। गत जुन महिनामा पनि चीनका १८ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा घुसेका थिए। गतहप्ता मात्र चिनियाँ खतरा ज्यादै बढेको ताइवानले बताएको थियो।

वास्तवमा चीनले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त भएको बताउँछ। जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने बेइजिङको भनाइलाई भने ताइवानले स्वीकार गर्दैन।

झन् साई इंग–वेनको एक चीन नीति नमान्ने दृढताकै कारण उनी दोस्रोपटक ताइवानको राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। चीनबाट खतरा बढेको बताउँदै यतिबेला उनले अमेरिकाबाट अत्याधुनिक हतियार, युद्धक विमान, राडार प्रणाली, क्षेप्यास्त्रहरु खरिद गर्न थालेकी छिन्।

यी विषयले निश्चय नै चीन रुष्ट छ। चीनले आफूले चाहेमा ताइवानलाई केहीबेरमै नियन्त्रणमा लिनसक्ने बताउँदै गर्दा ताइवानले भने आफ्नो रक्षा प्रणालीलाई अमेरिकाको सहयोगमा बलियो बनाउँदै लगेको छ।

यसबीचमा चीनका विमानहरु ताइवान घुसिरहेका छन्। चीनले ताइवान कब्जा गर्ने ढाँचाका सैन्य अभ्यासहरु दोहोर्याउँदै लगेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले गतवर्ष ताइवान चीनको हिस्सा भएको र ताइवान चीनबाट अलग्याउन चाहने सक्रिय भएको भन्दै आफ्ना सेनालाई हरेक समय युद्धको लागि तयार हुन निर्देशन दिएका छन्। ताइवानले पनि चीनसँग हुने युद्धको लागि तयार हुनुपर्छ भनिरहेको छ।

चीन र ताइवानबारे तथ्य
–सन् १९४९ मा समाप्त भएको चिनियाँ गृहयुद्धपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। त्यसअघि ताइवान चीनको अधिनमा थियो।

–अलग निर्वाचित सरकार साथै आफ्नै संविधान भएता पनि ताइवान आफ्नो भएको बताउने बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

–बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। एससीएमपी र बीबीसीको सहयोगमा

तालिबानको दाबीः पुरै पन्जसिर हाम्रो कब्जामा

अन्ततः पुरै अफगानिस्तान आफ्नो कब्जामा आएको तालिबानले बताएको छ। हालसम्म पन्जसिर उपत्यका मात्र तालिबानको हातमा जान सकेको थिएन।

सोमबार तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक बयान सार्वजनिक गर्दै पन्जसिर पनि आफ्नो हातमा आएको बताएका हुन्। पन्जसिरका लडाकु एनआरएफको नियन्त्रणमा रहेको अन्तिम गढ पनि आफ्नो नियन्त्रणमा आएसँगै पन्जसिर आफ्नो कब्जामा आएको मुजाहिदको भनाइ छ।

आइतबार मात्र पन्जसिरका एनआरएफ लडाकुका नाइके अहमद मसुदले तालिबानले आक्रमण बन्द गरे शान्तिवार्ता गर्ने बताएका थिए। त्यो अभिव्यक्तिको केही समयमै तालिबानले पन्जसिर पनि आफ्नो हातमा आएको बताएको हो।

तालिबान अगाडि एनआरएफ लडाकु कमजोर भएपछि मसुदले वार्ताको प्रयास थालेको बताइन्छ। यद्यपी एनआरएफ लडाकुले तालिबानको दाबी अस्वीकार गरेको छ। एनआरएफका प्रवक्ता अलि मैसमले बीबीसीसँग भनेका छन्,‘यो सत्य होइन, तालिबानले पन्जसिर नियन्त्रणमा लिएको छैन। म उनीहरुको दाबी अस्वीकार गर्छु।’ तर सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरहरुमा तालिबानका लडाकु प्रान्तीय गर्भनरको कार्यालय अगाडि देखिएका छन्।

पन्जसिर उपत्यका कहिल्यै तालिबानको नियन्त्रणमा गएको छैन र यहाँ रुसी सेना पनि प्रवेश गर्न असफल भएका थिए। त्यहाँका लडाकुले ज्यान गए माग पुरा नभएसम्म युद्ध जारी राख्ने वाचा गरेको दोहोर्याउँदै आएका छन्।

तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो। यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्।

जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको हो। माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ। पछिल्लो समय केही छलफलहरु भएता पनि त्यहाँ सहमति हुन सकेको छैन। जसका कारण दुवै पक्ष युद्धमै होमिएका हुन्।

यो पनि : पन्जसिरमा रहेका अपदस्थ उपराष्ट्रपति सालेह पनि देश छाडेर भागे, यसो भन्छ तालिबान…तालिबानले अफगानिस्तान पुरै कब्जा गर्ने भएपछि यसअघि त्यहाँका राष्ट्रपति असरफ गनी यूएईको शरणमा पुगेका थिए। गनी भागेको ३ सातापछि अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह पनि देश छाडेर भागेका छन्।

तालिबानले पत्रकार सम्मेलन गर्दै सालेह ताजकिस्तान भागेको जानकारी दिएको हो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजादिका अनुसार काबुलबाट भागेर पन्जसिर पुगेका सालेह अन्ततः पन्जसिर तालिबानको कब्जामा आएसँगै उनी देश छाडेर भागेका हुन्।

उनले पन्जसिरको शक्तिमा भएकाहरु यतिबेला गायब भएको बताउँदै पन्जसिरबाट भागेका सबैलाई देश फर्किन आग्रह गरेका छन्। अफगानिस्तान घर भएकाले जतिबेला फर्किए पनि आफूले केही नगर्ने मुजाहिदको भनाइ छ।

उनले सो क्रममा पन्जसिरका लडाकुलाई आतंकवादी भन्दै पन्जसिर आतंकवादीमुक्त भएको बताए। साथै पन्जसिरमा बरामद भएका हतियारलाई सरकारीकरण गरिने पनि जनाइएको छ। एजेन्सी

प्रतिक्रिया