आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या

प्रकाशित
1.6K
SHARES

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको ह’त्या भएको छ। प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या गरेको हो। एक जना घाइते रहेको उनले बताए।

‘६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,’ उनले भने,’एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।’ वडा नम्बर १का वडाध्यक्ष खेम नाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह’त्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।

‘मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एक लास्टमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,’उनले भने,’छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।’ घाइते भएका बृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ। घटनाबारे बिस्तृत बिबरण बाकी छ ।

त्यस्तै यता झापामा आफ्नै दाइको ह’त्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो काकाले मार्तोलले कुटपिट गरेर फरार रहेको बताएका थिए ।

प्रहरी टोलीले त्यसपछि राति ९ बजे ३७ वर्षीय रतन राजवंशीलाई आफन्तको घरबाट हत्यामा प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको थियो । प्रवक्ता थापाले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ